२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

पूर्व कम्लहरी कृष्णी थारु प्रदेश ५ को उपसभामुखमा निर्वाचित

प्रदेश नं ५ का उपसभामुखमा पूर्व कम्लहरी कृष्णी थारू निर्वाचित भएकी छन्। प्रदेशसभामा आज भएको निर्वाचनमा नेकपा एमालेबाट प्रदेशसभा सदस्य थारूलाई एमालेसहित माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनमोर्चासहितले समर्थन गरेका थिए ।

प्रदेश नम्बर ४ को उपसभामुखमा शर्मा निर्वाचित

प्रदेश नम्बर ४ को उपसभामुखमा सिर्जना शर्मा निर्वाचित भएकी छन्। आइतबार उपसभामुखको लागि भएको निर्वाचनमा उनले ३८ मत प्राप्त गर्दै विजयी भइन्।

प्रदेश नम्बर ७ : एमाले संसदीय दलको नेतामा बाजुराका शाह निर्वाचित

नेकपा एमालेले प्रदेश नम्बर ७ को संसदीय दलको नेतामा प्रकाश शाहलाई चयन गरेको छ । शनिबार (आज) बसेको संसदीय समिति प्रदेश नं. ७ को बैठकले बाजुराबाट प्रत्यक्षतर्फ निर्वाचित सांसद शाहलाई दलको नेतामा निर्विरोध चयन गरेको हो।

उपसभामुखमा उपमा देव निर्वाचित

प्रदेश २ को उपसभामुखमा संघीय समाजवादी फोरम नेपालकी उपमाकुमारी देव निर्वाचित भएकी छिन् । सप्तरीबाट समानुपातिक कोटामा प्रदेशसभा सदस्य भएकी देव राजपा समर्थनमा निर्विरोध उपसभामुख निर्वाचित भएकी हुन् ।

प्रदेश नम्बर ४ को सभामुखमा अधिकारी निर्वाचित

प्रदेश न ४ को सभामुखमा माओवादी केन्द्रका नेता नेत्रनाथ अधिकारी निर्वाचित भएका छन। बिहिबार बसेको संसदको दोश्रो बैठकले उनलाई सर्वसहमतिको आधारमा सभामुखमा निर्विरोध चयन गरेको हो।

प्रदेश २ को एमाले संसदीय दलको नेतामा मण्डल निर्वाचित

प्रदेश नम्बर २ को लागि नेकपा ९एमाले०को संसदीय दलको नेतामा सत्यनारायण मण्डल निर्वाचित भएका छन् ।

निर्वाचित राष्ट्रियसभा सदस्यलाई प्रमाणपत्र वितरण

प्रदेश नं १ बाट निर्वाचित राष्ट्रियसभा सदस्यलाई आज प्रमाणपत्र वितरण गरिएकाे छ ।मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडा र मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले संयुक्त रुपमा सातजना नव निर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण गर्नाका साथै फूलमाला र खादा ओढाइ स्वागत गरेका थिए ।

नेपाल एलडीसी विज्ञ समूहको अध्यक्षमा निर्वाचित

नेपाल जलवायु परिवर्तन सम्बन्धी महासन्धि अन्तर्गत अतिकम विकसित मुलुकहरुको विज्ञ समूहको अध्यक्षमा निर्वाचित भएको छ ।

प्रदेश ७ : थारू समुदायका ७ निर्वाचित

प्रदेश ७ मा प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्षतर्फ थारू समुदायका ७ जना निर्वाचित भएका छन् । कञ्चनपुरबाट १ र कैलालीबाट ६ जना चुनिएका हुन् । निर्वाचित हुनेमा प्रतिनिधिसभा सदस्यमा ३ र प्रदेशसभा सदस्यमा ४ जना छन् ।

प्रदेश ७ मा प्रत्यक्षतर्फ थारु समुदायबाट ७ जना निर्वाचित

प्रदेश नम्बर ७ मा थारु समुदायबाट प्रतिनिधि सभा र प्रदेश सभामा प्रत्यक्ष तर्फ ७ जना निर्वाचित भएका छन्। कंचनपुरबाट १ र कैलालीबाट ६ जना गरी ७ जना निर्वाचित भएका हुन्। प्रतिनिधि सभा सदस्यमा ३ र प्रदेश सभामा ४ जना विजयी भएका हुन्। करिब ४० प्रतिशत थारु रहेको कैलालीमा प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ चुनाव जित्नेमा थारु उम्मेवारको वाहुल्यता रहेको छ।

अन्ततः सुनसरी ३ मा गच्छदार निर्वाचित

सबैको चासोको विषय बनेको सुनसरी ३ मा काँग्रेस उम्मेद्वार विजयकुमार गच्छदार ३२१ मतान्तरले विजयी भएका छन्।  वाम गठबन्धनकी उम्मेद्वार भगवती चौधरीलाई हराउँदै गच्छदारले अन्ततः विजय हासिल गरेका हुन् । उनले ३८९७२ मत प्राप्त गर्दा चौधरीले ३८६५१ मत ल्याइन।

निर्वाचित भएपछि दाहाल घरदैलो अभियानमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आजदेखि मतदातालाई धन्यवाद ज्ञापनका लागि घरदैलो अभियान शुरु गरेका छन्।

प्रदेशसभा १ ‘क’ दीपक थापा निर्वाचित

प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट वामगठबन्धनका उम्मेदवार दीपक थापा निर्वाचित एका छन् । माओवादी केन्द्रबाट चुनावी मैदानमा उत्रिएका थापाले निर्वतमान सांसद कमल प्रसाद पंगेनीलाई २ हजार ७ सय २६ मतान्तरले पछाडी पार्दै जित हात परेका हुन् । पंगेनी नेपाली कांग्रेस जिल्ला कार्य समितिका सभापति समेत हुन् ।

पर्सा ३ मा फोरम नेपालका रौनियार निर्वाचित

पर्सा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) गठबन्धनका संयुक्त उम्मेदवार हरिनारायण प्रसाद रौनियार निर्वाचित भएका छन् । उनले निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पूर्वमन्त्री एवम् पूर्व सांसद सुरेन्द्र प्रसाद चौधरीलाई १ हजार ३ सय ५९ मतको अन्तरले पराजित गरेका छन्।

पर्सा १ मा फोरम नेपालका प्रदीप यादव निर्वाचित

पर्सा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदमा संघीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष प्रदीप यादव भारी बहुमतले निर्वाचित भएका छन्। संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) गठबन्धनका संयुक्त उम्मेदवार यादवले आफ्ना निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका पूर्व सांसद अनिल कुमार रुङ्ग्टालाई ४ हजार ६ सय ५१ मतको अन्तरले पछाडी पर्दै विजयी भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्