काठमाडौँ – सबैको चासोको विषय बनेको सुनसरी ३ मा काँग्रेस उम्मेद्वार विजयकुमार गच्छदार ३२१ मतान्तरले विजयी भएका छन्।
वाम गठबन्धनकी उम्मेद्वार भगवती चौधरीलाई हराउँदै गच्छदारले अन्ततः विजय हासिल गरेका हुन् । उनले ३८९७२ मत प्राप्त गर्दा चौधरीले ३८६५१ मत ल्याइन।
दोश्रो संविधान सभा निर्वाचनमा चौधरी १५० मतले पारजित भएकी थिइन। गच्छदारको यो छैठौँ विजय हो ।
प्रकाशित: २७ मंसिर २०७४ ०५:४२ बुधबार