२१ आश्विन २०८१ सोमबार
image/svg+xml

रुपन्देही उद्योग संघको अध्यक्षमा बोहोरा निर्विरोध

उद्योग संघको अध्यक्षमा बाबुराम बोहोरा निर्विरोध निर्वाचित भएका छन्। संघको २१ औं अधिवेशनबाट नयाँ नेतृत्वका लागि मंगलबार भएको मनोनयनमा अध्यक्ष पदमा बोहोराको एकल उम्मेद्वारी परेपछि अध्यक्षमा निर्विरोध भएको हो।

शुक्लाफाँटा मध्यवर्तीको अध्यक्षमा बिष्ट

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्षमा लव बिष्ट निर्वाचित भएका छन्। सोमबार भएको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको निर्वाचनमा प्रतिद्वन्दी अमरबहादुर बस्नेतलाई एक मतले पराजित गर्दै बिष्ट चौथो पटक मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

निर्वाचित तानाशाह बन्ने रहर

गएको हप्ता एकजना ‘पहुँचाहुवा फकिर’ अर्थात आध्यात्मिक गुरुसँग सौभाग्यले भेट भयो। उनी एकप्रकारको दार्शनिक जस्तै रहेछन्। जुन विषयलाई पनि दार्शनिक ढंगले विवेचना गर्ने।प्रसंगवस् एकजना मित्रले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण शासकीय अधिकार आफ्नो मातहत ल्याएर निरंकुश बन्न खोजेको कुरा उठाए। अर्को मित्रले अघिल्लो साथीलाई पुठ पुग्नेगरी तर्क गरे। कसैकसैले त प्रधानमन्त्रीले जे गरिरहेका छन्, ठीकै गरेका छन् भने।त्यस्ता आध्यात्मिक गुरुसामुन्ने यस्ता घोर सांसारिक कुराले मलाई भने अलि असजिलो महसुसगराइरहेको थियो। त्यहाँको माहोल यस्तो थियो, मानौँ संसद्भित्र ‘शून्य समय’ मा सांसदले बकम्फुसे कुरा गरिरहेका हुन्। गुरुचाहिँ सभामुखझैँ पालैपिलो वक्ताहरूको अनुहार नियालिरहेका हुन्थे। म चाहन्थेँ– यी यावत् बकवास् बन्दहुन् र स्वामीजीबाट कुनै तŒवज्ञानका २–४ वाक्य सुन्न पाइयोस्।

नेपाली मुलका शर्मा बेलायतमा मेयर निर्वाचित

पर्वतको बिहादीमा जन्मिएका एक गैरआवासीय नेपाली वेलायतमा मेयर पदमा निर्वाचित भएका छन्। बेलायतको राजनीतिमा लामो समयदेखि सक्रिय डा. जगन्नाथ शर्मा नर्थ योर्कशायरको कोलबर्न टाउन काउन्सिलको मेयरमा निर्वाचित भएका हुन्।

गैसस महासंघ काभ्रेमा सापकोटा

गैरसरकारी संस्था (गैसस) महासंघ नेपालको काभ्रेपलाञ्चोक जिल्ला शाखा अध्यक्षमा टोमप्रसाद सापकोटा निर्वाचित भएका छन्। शाखाको १६औं वार्षिक साधारणसभा एवं आठौं जिल्ला अधिवेशनमार्फत अध्यक्ष सापकोटासहित कार्य समितिका सम्पूर्ण पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन्।

प्रत्यक्ष निर्वाचित राष्ट्रपति व्यवस्था नभएसम्म समृद्धि आउँदैन : नेता भट्टराई (भिडियाे)

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था नभएसम्म मुलुक समृद्धिको दिशामा नआउने पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले बताएका छन्।

उद्योग वाणिज्य संघमा जोशी

उद्योग वाणिज्य संघ लालबन्दीको अध्यक्षमा कल्याणकुमार जोशी निर्वाचित भएका छन्। सोमबार बिहान सम्पन्न मतगणनाको नतिजाअनुसार जोशी नेतृत्वको २१ सदस्यीय प्यानल नै विजयी भएको हो।

सहभागितामूलक लोकतन्त्रको खाँचो

युनिभर्सिटी अफ एम्सटरड्यामका प्रोफेसर ‘मार्लियस ग्लासियस’ र लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्सका सहायक प्रोफेसर ‘आर्मिन इशकानियन’ले केही समयअघि एउटा अनुसन्धान गरे। एथेन्स, कायरो, लन्डन अनि मस्कोका जुझारु अभियान्ताहरूलाई नागरिकहरू किन आफूले चुनेका सरकारकै विरुद्ध सडकमा आइरहेका छन् भन्ने सारसहितका प्रश्न गरे।

मलेसियाको राजामा सुल्तान अब्दुल्लाह निर्वाचित

मलेसियाको राजसभाले बिहीबार नयाँ राजाका रुपमा सुल्तान अब्दुल्लाह अहमद शाह निर्वाचित भएका छन्। संवैधानिक राष्ट्रप्रमुखका रुपमा निर्वाचित सुल्तान मलेसियाको १६औं राजा भएको अधिकारीहरूले जनाएका छन्।

धादिङ उद्योग वाणिज्य संघमा खत्री

धादिङ उद्योग वाणिज्य संघको अध्यक्षमा रुद्रबहादुर खत्री विजयी भएका छन्। धादिङबेंसीमा भएको २५औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनले खत्री आगामी कार्यकालका लागि विजयी भएका हुन्। खत्रीले ६ सय ५४ मत ल्याए भने उनका निकटतम प्रतिद्धन्द्धी विष्णुप्रसाद थपलियाले ६ सय १२ मत ल्याए।

नेपाल तेस्रोपटक शान्ति निर्माण आयोगको सदस्य

नेपाल संयुक्त राष्ट्र संघअन्तर्गतको शान्ति निर्माण आयोगको सांगठानिक समितिको सदस्यमा निर्वाचित भएको छ। अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा व्यवस्थापनका क्षेत्रमा योगदान दिएबापत नेपाल एसिया प्रशान्त क्षेत्रबाट सर्वसम्मत ढंगले संयुक्त राष्ट्रसंघ महासभामा निर्वाचित भएको हो।

टर्कीको राष्ट्रपतिमा पुनः एड्रोगान निर्वाचित

टर्कीका राष्ट्रपति रेसेप तैयप एड्रोगान हालै सम्पन्न राष्ट्रपतिको निर्वाचनमा पुनः निर्वाचित भएका छन्। थप पाँच बर्षका लागि उनी फेरि शक्तिमा आएको भन्दै सोमबार देशभर खुशीयाली मनाइएको छ। उनी दोस्रो कार्यकालका लागि संसदमा समेत अत्यधिक मतका साथ विजयी भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

नेकपा प्रत्यक्ष निर्वाचित कार्यकारीतिर

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरणसँगै करिब दुईतिहाइ बहुमत नजिक पुगेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रत्यक्ष निर्वाचित कार्यकारी बनाउने बहस सुरु भएको छ। पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अबको शासकीय स्वरूप परिवर्तन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीमा जाने सार्वजनिक अभिव्यक्तिसँगै यो विषयमा सतहमा आएको हो।

मादुरो पुनः निर्वाचित

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो अर्को छ वर्षका लागि पुनःनिर्वाचित भएका छन् ।विपक्षी दलले बहिष्कार गरेको तथा धाँधली भएको आरोप लागेको निर्वाचनमार्फत् वर्तमान राष्ट्रपति मादुरो पुनः निर्वाचित भएको बताइएको छ । भेनेजुएलाको राष्ट्रिय इलेक्ट्रोल काउन्सिल (सिएनई)ले निर्वाचनमा ४६ प्रतिशत मतदान भएको बताए पनि विपक्षीले भने त्योभन्दा कम मद खसेको जिकिर गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्