सर्लाही – उद्योग वाणिज्य संघ लालबन्दीको अध्यक्षमा कल्याणकुमार जोशी निर्वाचित भएका छन्। सोमबार बिहान सम्पन्न मतगणनाको नतिजाअनुसार जोशी नेतृत्वको २१ सदस्यीय प्यानल नै विजयी भएको हो। नेपाली कांग्रेस निकट जोशीले चार सय ७८ मत प्राप्तगरी विजयी भएका हुन्।
त्यस्तै संघको प्रथम उपाध्यक्ष, द्वितीय उपाध्याक्ष, तृतीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सह–कोषाध्यक्षमा क्रमशःजोशी प्यानलकै लालबाबु साह, श्रीनारायण साह, सूर्यकुमार श्रेष्ठ, दीपक बलम्पाकी, भरतबहादुर खड्का, रामप्रसाद देवकोटा र पूर्णप्रसाद चौलागाईं निर्वाचित भए।
प्रकाशित: २१ फाल्गुन २०७५ ०२:११ मंगलबार