२१ आश्विन २०८१ सोमबार
image/svg+xml

माओवादीबाट निर्वाचित प्रदेश सांसद कुश्वाहालाई १ वर्ष कैद

राष्ट्रिय वन क्षेत्रबाट काठ ओसार पोसार मुद्दामा माओवादीका प्रदेश सदस्य कुन्दन कुश्वाहालाई एक वर्ष कैद जरिवना गरेको पाइएको छ। अबैधानिक तरिकाले वन पैदावार ओसार पसार गरेको मुद्दामा आरोप ठहर भएका प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य  कुश्वाहालाई एक बर्ष कैद सजाय एवम् दण्ड जरिवाना कसुर ठहर भएपछि लगत कट्टा गर्न रौतहट जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्राचार गरेको छ।

रूसी संसदद्वारा मेदभेदेवलाई पुनः प्रधानमन्त्रीमा निर्वाचित

रूसको संसदले पूर्व प्रधानमन्त्री दिमित्री मेदभेदेभलाई नयाँ कार्यकालका लागि भारी मत दिएर मङ्गलबार पुनः निर्वाचित गरेको छ।

एन्फा अध्यक्षमा कर्माछिरिङ शेर्पा निर्वाचित

अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा कर्माछिरिङ शेर्पा निर्वाचित भएका छन्। एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको १६औं साधारणसभाबाट निर्वाचनमा शेर्पाले अर्का प्रत्यासी मणि कुँवरलाई ५१ मतले पराजित गर्दै निर्वाचित भएका हुन्। शेर्पाले ६३ र कुँवरले १२ मत प्राप्त गरेका थिए।

पौडेल समूहको विरोधपछि निर्वाचित कांग्रेस केन्द्रीय सदस्य बैठक स्थगित

पदाधिकारी मनोनयन गर्ने तयारिका साथ आज बस्ने भनिएको नेपाली कांग्रेसको निर्वाचित केन्द्रीय सदस्यहरुको बैठक स्थगित भएको छ।

मुस्लिम संघको अध्यक्षमा  सत्तार निर्वाचित

नेपाली काँग्रेसको भ्रातृ संस्था मुस्लिम संघ नेपालको अध्यक्षमा पुनः अब्दुल सत्तार निर्वाचित भएका छन्।  संघको वैशाख १५ र १६ मा काठमाडौँमा सम्पन्न दोस्रो महाधिवेशनबाट आइतबार राति सत्तारको नेतृत्वमा ५२ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो।

राष्ट्रसंघीय महासभा समितिमा नेपाल निर्वाचित

संयुक्त राष्ट्रसंघीय महासभाअन्तर्गतको सम्मेलन समितिको अध्यक्षमा नेपाल निर्वाचित भएको छ।

नवनिर्वाचित अर्मेनियाली प्रधानमन्त्रीद्वारा राजीनामा

हालै प्रधानमन्त्रीमा निर्वाचित भएका अर्मेनियाली सरकार प्रमुख सेर्ज सार्गस्यानले आफूविरूद्ध राजधानीलगायतका प्रमुख शहरहरूमा भएका प्रदर्शनपछि सोमबार पदबाट राजीनामा गरेका छन्। “वर्तमान अवस्थामा समस्या समाधानका कैयाैं उपाय थिए तर मैले ति कुनै पनि रोज्न चाहिन,” सार्गस्यानले भने, “मैले राष्ट्रप्रमुख तथा प्रधानमन्त्रीको पदबाट विदा लिदैछु।”

इक्यानमा पाण्डे निर्वाचित

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा विष्णुहरि पाण्डे निर्वाचित भएका छन्। आइतबार बिहान सम्पन्न भएको मतगणनामा पाण्डेले सरोजकुमार बस्नेतलाई १२ मतको अन्तरले पराजित गर्दै निर्वाचितभएको इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए।

युएन वुमन कार्यकारी बोर्ड सदस्यमा नेपाल निर्वाचित

लैंगिक समानता तथा महिला सशक्तीकरणसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय युएन वुमनको कार्यकारी बोर्डका सदस्यमा नेपाल निर्वाचित भएको छ।

राजदूत सुवेदी उपाध्यक्षमा निर्वाचित

नेपाल अन्तर्राष्ट्रिय कफी संगठन अन्तर्गतको प्रवद्र्धन तथा बजार विकास समितिको उपाध्यक्षमा निर्वाचित भएको छ।

बाओको अध्यक्षमा बान की मुन निर्वाचित

बाओ फोरम फर एसिया (बिएफए) को अध्यक्षमा संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान की मुन निर्वाचित भएका छ।  सोमबार चीनमा भएको निर्वाचनबाट मुनले जापानका पू्र्व प्रधानमन्त्री यासु फुकुदालाई विस्थापित गरेका हुन्। फुकुदा यसअघि अध्यक्ष थिए।

फोनिजको अध्यक्षमा गुरुङ निर्वाचित

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को अध्यक्षमा डण्ड गुरुङ निर्वाचित भएका छन्। शनिबार सम्पन्न फोनिजको छैटौं संघीय महाधिवेशनबाट गजुरधन राई वरिष्ठ उपाध्यक्ष, लक्की चौधरी उपाध्यक्ष, देविका घर्तीमगर उपाध्यक्ष (महिला), मनोज घर्तीमगर महासचिव, मिलन लिम्बु सचिव (संगठन) , जगत दोङ सचिव (संस्थागत) , कमन देवान सचिव (अल्पसंख्यक) , अमरध्वज लामा कोषाध्यक्ष , अञ्जना शिल्पकार सह–कोषाध्यक्षमा निर्वाचित भएकाछन्।

निजामतीको कर्णाली प्रदेश अध्यक्षमा गिरी निर्वाचित

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको कर्णाली प्रदेश अध्यक्षमा देवेश्वर गिरी सर्वसम्मत निर्वाचित भएका छन्।

म्यानमारका नवनिर्वाचित राष्ट्रपतिद्वारा मन्त्रीमण्डलको पुनर्गठन

म्यानमारका नवनिर्वाचित राष्ट्रपति यू विन मिन्टले शुक्रबार यहाँको मन्त्रीमण्डलको पुनर्गठन गरेका छन्।  राष्ट्रपतिको कार्यालयले दिएको जानकारी अनुसार यू मिन्ट स्वे तथा यू हेनरी भान थाइयो उपराष्ट्रपति रहेको २७ सदस्यीय नयाँ मन्त्रीमण्डल बनाइएको छ।

म्यानमारको राष्ट्रपतिमा उ विन मिन्त निर्वाचित

म्यानमारको राष्ट्रपतिमा उ विन मिन्त निर्वाचित भएका छन् उनी सत्तारुढ दलका तर्फबाट उम्मेदवार थिए।  सन् १९४८ पछि उनी म्यानमारको १० औँ राष्ट्रपतिमा निर्वाचित भएका हुन्। संसदमा ६३६ जना सांसदले मतदान गरेकोमा उनले ४०३ मत प्राप्त गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्