८ वैशाख २०८१ शनिबार

चितुवाको निशानामा कलिला नानी

कात्तिक लागेपछि तनहुँको बन्दीपुर र ब्यास नगरपालिका क्षेत्रमा चितुवाको आक्रमण निकै नै बढेको छ। यो अवधिमा दुइजना बालबालिकाको ज्यान पनि गईसकेको छ। गत कात्तिक ४ गते बन्दीपुर गाउँपालिका–३ की ११ वर्षिया बालिकाको चिुतवाको आक्रमणमा परेर ज्यान गएको थियो। मंगलबार बेलुकी ब्यास नगरपालिका–१२ छिर्कनका अर्का आठवर्षका बालकको पनि चितुवा आक्रमणमा ज्यान गयो। चितुवा आक्रमण बढ्दा बन्दीपुर र ब्यास नगरपालिकाको सिमा क्षेत्रका बासिन्दा त्रसित छन्।

तनहुँः घरैबाट लैजान्छ चितुवाले बालबालिकालाई

पछिल्लो वाँचवर्षको अवधिमा मात्र तनहुँमा चितुवाको आक्रमणका २६ वटा घटना घटेका छन्। चितुवाको आक्रमणमा परेर यो अवधिमा मात्र ११ जना बालबालिकाको ज्यान गएको छ भने १५ जना बालबालिका घाइते भएका छन्। चितुवाको आक्रमणमा परेका ती सबैजसो बालबालिका ११ वर्ष भन्दा मुनिका छन्। अधिकांशलाई चितुवाले घरमै आएर आक्रमण गर्ने गरेको छ।

डोटीमा चितुवा आतङ्क, स्थानीयवासी चिन्तित

शिखर नगरपालिका–३ आलीअतुरालीको गुबाडी क्षेत्रमा चितुवाले आतङ्क मच्चाउन थालेपछि स्थानीयवासी चिन्तित भएका छन्। स्थानीयवासी तेजबहादुर बोगटीका अनुसार चितुवाले एक हप्ताको अवधिमा कम्तीमा पनि आठ चौपाया मारेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्