३ असार २०८१ सोमबार
image/svg+xml

४३४ कैदीको सजाय माफ

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ४ सय ३४ कैदीलाई सजायँ माफी दिइकी छन् । सरकारको सिफारिसमा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका ४ सय ३४ जनाले कैद माफी पाएका हुन्।

कार्यालय रित्याएर भ्रमणमा जाने जनप्रतिनिधिले माफी मागे

रुकुम (पश्चिम)को सानीभेरी गाउँपालिकाले सार्वजनिक रुपमा माफी मागेको छ। कार्यालय रित्याएर जनप्रतिनिधि तथा कर्मचारी भ्रमणमा गएको भन्दै चर्काे विरोध भएपछि गाउँपालिकाले माफी मागेको हो।

क्यानेडेली नागरिकलाई माफी दिन आग्रह

लागूऔषधको ओसारपसारमा संलग्न रहेको भन्दै चीनमा मृत्युदण्ड सुनाइएका एक क्यानडेली नागरिकलाई माफी दिन क्यानडाले बेइजिङसमक्ष आग्रह गरेको छ।  चीन र क्यानडाबीच जारी कूटनीतिक तनावकै बीच चीनको एक अदालतले ती क्यानेडेली नागरिकलाई मृत्युदण्डको फैसला गरेको थियो। फैसलापछि दुई देशबीचको कूटनीतिक विवाद झनै बढेको छ। चीनमा आफ्ना नागरिकमाथि बिना कसुर एकपक्षीय कानुनी कारबाही भएको क्यानडाले आरोप लगाएको छ।

युएईद्वारा आममाफीको समयावधि एक महिना थप

संयुक्त अरब इमिरेट्स (युएई)ले गैरकानूनी हैसियतमा बसोबास गर्दै आएका आप्रवासीलाई वैधरुपमा सोही देशमै रहन वा स्वदेश फर्कन पाउने व्यवस्था एक महीनाका लागि थप गरेको छ। यसअघि युएई सरकारले गैरकानूनी हैसियतमा रहेका विदेशी नागरिकका लागि गत साउन १६ देखि कात्तिक १४ गतेसम्म लागू हुने गरी तीनमहीने आममाफीको घोषणा गरेको थियो । उक्त आममाफीको समयावधि बुधवार सकिँदै थियो।

प्रधानमन्त्रीले माफी माग्नुपर्ने सुनुवाइ समितिका सदस्यको माग

संसदीय सुनुवाई विशेष समितिका सदस्य भीमसेनदास प्रधानले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएका छन्।

युएईमा आममाफीको सुविधा सदुपयोग गर्न आग्रह

संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले युएईमा गैरकानूनी हैसियतमा बसोबास गर्दै आएका नेपालीलाई युएई सरकारले दिएको आममाफीको भरपुर सदुपयोग गर्न आग्रह गरेको छ।

कानुनमन्त्री तामाङले माफी मागे

कानुनमन्त्री शेरबहादुर तामाङले आफुले केहि दिनअघि बङलादेशमा अध्ययनरत नेपाली छात्राहरुको विषयमा दिएको अभिव्यक्तिप्रति माफी मागेका छन्।

माफी माग्न तयार छु : कानुनमन्त्री तामाङ

झापा स्थित बी एण्ड सी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाद प्रसाई विवादमा परेकै दोश्रो दिन कानुनमन्त्री शेरबहादुर तामाङ समेत एकाएक विवादमा तानीए । केहि दिन अघि भएको एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा कानुनमन्त्री तामाङले हाम्रा छोरीहरुले शरिर नबेच्दा सम्म शैक्षिक प्रमाणपत्र पाउदैनन भनेर भनेका थिए।

ढु‌ंगेललाई माफी दिने निर्णयमा सर्वोच्च लाचार

पूर्व माओवादी नेता बालकृष्ण ढुंगेलको बाँकी कैद मिनाहा गर्ने सरकारको सिफारिसमा राष्ट्रपतिबाट भएको माफीको निर्णयप्रति सर्वोच्चले लाचार व्यक्त गरेको छ । व्यक्ति हत्याजस्तो गम्भीर अपराधमा कैद मिनाहा दिन नहुने भन्दै सर्वोच्च अदालतमै परेको मुद्दामा सर्वोच्चले अन्तरिम आदेश दिन नपर्ने ठहर गरेको हो ।

ढुंगेललाई कैद माफी दिने विषयको फाइल पेश गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले पूर्व माओवादी नेता बालकृष्ण ढुंगेललाई सरकारले कैद माफी दिने विषयको फाइल भोलि (मंगलबार) पेश गर्न आदेश गरेको छ। आज दुवै पक्षको सुनुवाई नसकिएको भन्दै सरकारले गरेको निर्णयको फाइल माग गरेको हो।

ढुंगेल ‘माफी’ प्रकरण, सर्वोच्चमा आज सुनुवाइ

बालकृष्ण ढुंगेललाई सरकारले दिन लागेको कैद सजाय माफी रोक्न माग राखी दायर रिटको सर्वोच्च अदालतले आज सुनुवाई गर्ने भएको छ। रिटमाथि पहिलो सुनुवाइ गर्दै शुक्रबार न्यायाधीश दीपककुमार कार्कीको इजलासले छलफलका लागि आइतबार सरकारलाई बोलाएको थियो।

सर्वोच्चले माग्यो कारण: ढुंगेललाई किन माफी दिने?

सर्वोच्च अदालतले पूर्व माओवादी नेता बालकृष्ण ढुंगेललाई आममाफी दिने नदिने विषयमा नेपाल सरकारलाई आइतबारका लागि छलफलमा बोलाएको छ।

ढुंगेललाई माफी विरुद्ध सर्वाेच्चमा रिट

सर्वाेच्च अदालतको फैसलाले जन्मकैदको सजायँ भोगिरहेका माओवादी नेता बालकृष्ण ढुंगेललाई आममाफी दिने तयारी गरिरहेको सरकारी कदमका विरुद्धमा सर्वाेच्च अदालतमा रिट दायर भएको छ।

बालकृष्ण ढुंगेललाई 'माफी'

कर्तव्य ज्यान मुद्दामा जेलसजाय भोगिरहेका नेकपाका नेता बालकृष्ण ढुंगेललाई बाँकी कैद मिनाहा गर्न सिफारिस गरिएको छ । डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका नेता ढुंगेललाई गणतन्त्र दिवसका अवसरमा कैद मिनाहा गर्न कारागार व्यवस्थापन विभागले गृह मन्त्रालयसमक्ष सिफारिस गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्