![मन्त्रीहरुले सिंहदरबाबाट निर्देशन दिने होइन, कार्यस्थल पुगेर गुनासो सुन्नुपर्छः श्रममन्त्री अर्याल](https://images.nagariknewscdn.com/thumbs/third-party/1712039451_dp aryal-600x400.jpg)
कानुनमन्त्री तामाङले माफी मागे
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/media/Sher_Bhadur_Tamang_Kanoon_Mantri-1200x560-wm.jpg)
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/news_images/5b5461c11ebb6-1200x560-wm.jpg)
काठमाडाैं - कानुनमन्त्री शेरबहादुर तामाङले आफुले केहि दिनअघि बङलादेशमा अध्ययनरत नेपाली छात्राहरुको विषयमा दिएको अभिव्यक्तिप्रति माफी मागेका छन्।
आइतबार प्रेस विज्ञप्ती जारी गर्दै कानुनमन्त्री तामाङले आफुले साउन ४ गते एक विद्यालयमा दिएको अभिव्यक्तिले बङलादेशमा अध्ययन गरिरहेका र अध्ययन गरी फर्केका छात्राहरुमा पर्न गएको चोट प्रति माफी मागेका हुन् । आफुले बङलादेशमा अध्ययन गर्न गएका केहि नेपाली चेलीहरुले आत्महत्या गरेका घटनाबारे जानकारी पाएको र केहि नेपाली चेलीहरुले त्यहाँ विविध समस्या भोग्नु परेकाले घटना उजागर गर्न त्यस्तो अभिव्यक्ति दिएको मन्त्री तामाङले विज्ञप्तीमा उल्लेख गरेका छन्।
मन्त्री तामाङले आफु महिलाको आत्म सम्मान ,हिंसा मुक्त समाज र नारी अस्मिताको रक्षामा प्रतिवद्ध रहेको समेत बताएका छन्।
मन्त्री तामाङले बङलादेशमा डाक्टरको सर्टिफिकेट लिन छात्राहरुले आफुलाई कही न कही बेच्नै पर्ने बताएपछि विवादमा तानिएका थियो । उनको यस अभिव्यक्तिको सामाजिक सञ्जाल लगाएतमा व्यापक विरोध भएको थियो ।
कानुनमन्त्री तामाङले जारी गरेको प्रेस विज्ञप्ती :