१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

करातेमा सन्तोष र कविता च्याम्पियन

पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रथम पोखरा महानगर राष्ट्रिय फुल कन्ट्याक्ट करातेको खुला पुरुषतर्फ काठमाडौंका सन्तोष विश्वकर्मा च्याम्पियन बनेका छन्।

इन्डो नेपाल करातेमा श्रीयांश र लक्ष्मी सर्वोत्कृष्ट

नवौं इन्डो नेपाल कराते प्रतियोगितामा नेपाल टिम च्याम्पियन भएको छ। पुरुष खुला तौलसमूहमा स्वर्ण विजेता मित्रपार्क डोजोका श्रीयांश शाही र महिला ३५ केजीमुनि तौलसमूहकी स्वर्ण विजेता कालिका शरण स्कुलकी लक्ष्मी वाइबा प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी बने।

गौरिका र मन्देकाजी सर्वोत्कृष्ट खेलाडी

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा पौडीतर्फ नेपाललाई चार स्वर्ण पदक दिलाएकी गौरिका सिंह तथा करातेमा दुई स्वर्ण दिलाएका मन्देकाजी श्रेष्ठलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले वर्ष २०७६ को सर्वोत्कृष्ट खेलाडी घोषित गरेको छ।

मनमोहन स्मृति करातेमा श्रीयन्त्र च्याम्पियन

प्रथम मनमोहन स्मृति कराते प्रतियोगिताको उपाधि श्रीयन्त्रले क्लबले जितेको छ।  नेपाल सितोरियो कराते संघ, शाखा डोजो घण्टाघरद्वारा शनिबार आयोजित प्रतियोगितामा श्रीयन्त्रले सात स्वर्ण, चार रजत र आठ काँस्य पदक जितेको छ।

करातेमा नेपाललाई ३ स्वर्ण

अस्ट्रेलियाको सिड्नीमा सञ्चालन भैरहेको सिडनी ओपन कराते प्रतियोगितामा नेपाली टोलीले पहिलो दिन ३ स्वर्ण, १ रजत र १ कास्य पदक हात पारेको छ।

श्रीयालाई करातेमा स्वर्ण

आयोजक लिटिल एन्जल्स स्कुल (एलए) की श्रीया लामाले दोस्रो एलए अन्तरविद्यालय कराते प्रतियोगिताको ग्रल्स२० केजीमा बिहीबार स्वर्ण जितेकी छन् । फाइनलमा श्रीयाले आफ्नै स्कुलकी जीविका भण्डारीलाई हराइन्।

करातेमा जारी विवाद समाधान हुने दाबी

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले करातेमा थाती रहेको विवाद चाँडै समाप्त हुने दाबी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्