देउसी भैलोको पौने दुईलाख रकम मृगौला पीडितलाई
तिहारमा देउसी भैलो खेलेर जम्मा भएको रकमले कतै पिकनिक खाएर रमाईलो गरिन्छ भने कतै सामुहिक भाँडावर्तन अनि बाजागाजा किनमेल गर्ने प्रचलन छ। कतिपय देउसे भैलो समुहले भने संकलित रकम दामाशाहीले आपसमा बाँड्ने पनि गर्दछन्। तर जिल्लास्थित बागमति नगरपालिका पानीट्यांकी चोकका युवाले भने देउसी भैलोबाट संकलित रकम दुवै मृगौला खराब भएर उपचाररत स्थानिय एक युवालाई सहयोग गरेका छन्।