९ आश्विन २०८१ बुधबार
image/svg+xml

नेपालका लागि उत्तम ३ एसयूभी मोडलः मूल्य कति, के छ विशेषता?

हिमाली भेगका मनोरम र सुन्दर डाँडाका कच्ची सडकमा गाडी चलाउँदा रोमाञ्चक मात्र नभइ समकालीन सभ्यताभन्दा परको सुखद अनुभव पनि गर्न पाइन्छ। अफरोड यात्रा नियमित रुपमा कार्यालय र घर आउजाउ गरे जस्तो हुँदैन। पछिल्लो समय धेरै अटो निर्माता कम्पनीहरूले अफरोड लक्षित सवारी साधन निर्माण गरिरहेका छन्।

नारायणगढ–मुग्लिन सडकखण्ड: क्षतिपूर्ति नदिँदा पुल निर्माणमा ढिलाइ

नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीका अनुसार पुलसँग जोडिएका २६ घरटहराको क्षतिपूर्ति सरकारले उपलब्ध गराउनुपर्नेछ। प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको मुआब्जा निर्धारण समितिले नापजाँच र मूल्याङ्कनको काम गरेर सिफारिस गरिसकेको कार्कीले बताए।

भक्तपुर-नगरकोट मुख्य सडक बन्द, सर्वसाधारण र पर्यटकलाई सास्ती

भक्तपुर–नगरकोट सडक खण्ड सैलुङ कन्स्ट्रक्सन–एआइपिएल (आरामाली इन्फ्रा पावर लिमिटेड) जेभीले २०७१ जेठ २२ मा सम्झौता गरी २०७३ साल कात्तिक ४ गते सडक निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेर काम सुरु गरे पनि ८० प्रतिशत काम सकेर कालोपत्र, नाली, पर्खाल निर्माणलगायतको २० प्रतिशत काम बाँकी राखेर सडक अलपत्र छाडेको छ।

चुनाव आयो, सडक आएन

प्रत्येक पटक चुनाव आयो कि उम्मेदवारहरु सडक बनाइदिन्छु भनेर मुद्धा लिएर मत लिएर जितेर जान्छन् पनि तर सडक भने अहिलेसम्म पूरा भएको छैन। कहिले निर्माण पूरा हुने हो अझै अनिनिश्चत नै छ। भक्तपुरको कमलविनायक भत्केकोपाटी देखि नगरकोटसम्म पुग्ने १६ किलोमिटर लामो सडक अहिले पनि निर्माणाधिन नै छ।

चार वर्षमा पनि बनेन तीन किलोमिटर सडक

सडक निर्माणको बाँकी काम कात्तिक महिनाभित्र सक्ने निर्माण कम्पनी रमण शिवशक्ति जेभीका प्रोजेक्ट म्यानेजर रञ्जन ठाकुरले बताए। उनले भने, 'नाला र सबबेसको काम सकियो अब कालोपत्र हुन्छ। एक–दुई हप्ताको काम हो, कात्तिक महिनाभर सकिन्छ।'

सिगाना–गाजादह- बरेङ सडक कालोपत्र हुने

निर्वाचन क्षेत्र रणनीतिक सडकअन्तर्गत बागलुङ बजारबाट सिगानासम्मको सडक कालोपत्र गरिने भएको छ।

पुल्चोक–गोन्द्राङ सडक विस्तारको ४५ प्रतिशत काम सकियो

भरतपुरको पुल्चोक–गोन्द्राङ खण्डको सडक विस्तारको काम ४५ प्रतिशत सम्पन्न भएको छ। सडक विस्तारका लागि २०७७ असोज २६ गते इण्डो–सगुन–रौताहा जेभी बुटवलसँग ठेक्का सम्झौता भएको थियो।

अवरुद्ध सडक एक्काइस दिनपछि खुल्यो

पाल्पाको निस्दी गाउँपालिका–१ स्थित लेखमलाङ सिद्धभन्ज्याङदेखि सहलकोट आनन्दीभन्ज्याङ जोड्ने मोटरबाटो पुनः सञ्चालन भएको छ। गत असोज १८ गतेदेखि अवरुद्ध भएको सडक सोमबारदेखि खुलेको हो।

कर्णाली राजमार्गकाे पहिरो पन्छाउने काम तीव्र गतिमा हुँदै

कर्णाली राजमार्ग पूर्णरुपमा खुल्न अब २६ किलोमिटर मात्र बाँकी रहेको छ। जुम्ला–सुर्खेत सडकखण्डको दुई सय ३२ किलोमिटरमध्ये २६ किलोमिटर कालिकोटको शेराबाडादेखि नाग्मसम्म पहिरो पन्छाउने काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ।

सडक कालोपत्रको काम २३ वर्षपछि सुरु

भौतिक पूर्वाधार मन्त्रालयले बेनी नगरपालिकाको वडा नम्बर १ रत्नेचौरको उपल्लाचौरदेखि अर्जम, वडा नम्बर २ को ज्यामरुककोट, स्यानालेक, तोराखेत हुँदै वडा नम्बर ३ भकिम्ली जोड्ने सडक स्तरोन्नतिको काम थालेको हो।

रोल्पाका ग्रामिण सडक अझै खुल्न सकेनन्

पहिरोका कारण हिड्डुल गर्न समस्या भएको रोल्पा नगरपालिकाका–९का दलबहादुर खत्रीले बताए। 'वर्षामा आएको पानीले पुरै बाटो बिग्रेर ठप्प छ', खत्रीले भने। पहिरो नखसेको ठाउँसमेतमा सडक चिरा चिरा परेर आवातजावतमा कठिनाइ भएको बताइएको छ।

दिक्तेल–दुम्ली सडकखण्ड: बीच सडकमै ढल फुट्दा आवतजावतमा समस्या

सडकको भित्तामा निर्माण गरिएको ढलमा ठेकेदार कम्पनीले फाइदा कमाउने उद्देश्यले पोलेथिन पाइप प्रयोग गरेको पाइएको छ। दुई वर्षअघि ढलान गरिएको उक्त सडक खण्डको विभिन्न ठाउँमा बिच्छ्याइएको रड निस्किएर जोखिमयुक्त क्षेत्र बनेको छ।

सडक अवरुद्ध हुँदा तराई जानेको जुम्ला विमानस्थलमा भीड

जहाजको उडान कम तर यात्रुको भीड बढी भएपछि सेवाग्राहीलाई सकस भएको छ । दशैंपछि घर आएका विद्यार्थी, कर्मचारी तथा बिरामीलाई पनि जहाजको उडान कम हुँदा कठिन भएको नागरिक उड्डयन प्राधिकरण जुम्लाले जनाएको छ।

सहरी विकास मन्त्रालयको सहकार्यमा कटारी–सिमसार सडक कालोपत्रे गरिने

'दुईवटा बजेट मिलाउन सके कालोपत्रे गर्ने तयारीमा छौँ', मेयर श्रेष्ठले भने, 'यसका लागि मन्त्रालयमा सहकार्यका आवश्यक प्रकृया अघि बढाएका छौँ।'

सडक दुर्घटनामा एकको मृत्यु, तीन घाइते

बाँकेको राप्तीसोनारी गाउँपालिका–२ झुरिखोलामा आज जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जीपमा रहेका तीन यात्रु घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्