८ वैशाख २०८१ शनिबार
समाज

सडक दुर्घटनामा एकको मृत्यु, तीन घाइते

बाँकेको राप्तीसोनारी गाउँपालिका–२ झुरिखोलामा आज जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जीपमा रहेका तीन यात्रु घाइते भएका छन्।

सो दुर्घटनामा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ का ५५ वर्षीय कृष्णप्रसाद खतिवडाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत काठमाडाँैतर्फ जाँदै गरेको सो गाडी अनियन्त्रित भएर पल्टिँदा चालकसहित चारजना घाइते भएका थिए।  

घाइते सबैलाई उपचारका लागि मेडिकल कलेज कोहलपुरमा लैजाने क्रममा चालकको मृत्यु भएको हो। घाइतेमध्ये वीरेन्द्रनगर नगरपालिका– ७ का २२ वर्षीय शिशिर ज्ञवालीको अवस्था गम्भीर रहेको छ भने अन्य दुईजना सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

प्रकाशित: २६ आश्विन २०७९ १०:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App