८ आश्विन २०८१ मंगलबार
image/svg+xml

रसुवामा ७ सय ४५ मेगावाट विद्युत् उत्पादन हुने

रसुवामा जलविद्युत् आयोजना निर्माण हुने क्रम बढेको छ। जलविद्युत्का लागि प्रचूर सम्भावना रहेको जिल्लामा पछिल्लो समय आयोजना निर्माण गर्ने क्रम बढेको हो। २०७० सम्ममा २७ मेगावाट विद्युत् उत्पादन भएको थियो।

वैदेशिक रोजगारीले बढायो सम्बन्ध विच्छेद

रसुवाकी टासी तामाङ (नाम परिवर्तन) ले परिवारको आर्थिक स्तर माथि उठ्ने आसामा आफ्नी श्रीमतीलाई विदेश पठाए। उनी गाउँमै ज्याला मजदुरी गर्न थाले। तीन वर्षपछि उनकी श्रीमती विदेशबाट घर फर्किन्।

गैगए, भक्त तामाङ ‘नयाँ घर’को सपनामै

भूकम्प गएको ४५ महिना बितेछ। यसले गरेको विनाश, दिएको चोट र क्षतिको कुरा धेरै गरियो। बोलियो अनि लेखियो पनि। तर समस्याहरू खातका खात बाँकी छन्। लेखाइको माध्यमबाट सरोकारवालाहरूको ध्यानाकर्षण र पीडितलाई न्याय दिलाउन सकिन्छ कि भनेर लेख्ने प्रयास निरन्तर गरिरहेकी छु।

लालपुर्जा नदिए आन्दोलन

रसुवाका भूमिहीनले जिल्लामा रहेका भूमिसम्बन्धी समस्या समाधान गर्न सरकारसँग माग गरेका छन्। जिल्ला भूमि अधिकार मञ्च (रसुवा)ले यस्तो माग राख्दै बुधबार प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलमार्फत प्रधानमन्त्री एवं प्रदेश ३ का मुख्यमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो।

रसुवा–नुवाकोट सीमा विवाद मिल्यो

रसुवा र नुवाकोटको सीमा विवाद समाधान भएको छ। रसुवाको कालिका गाउँपालिका–१। बाँदरे र नुवाकोटको किस्पाङ गाउँपालिकाको भूभागबारे लामो समयदेखि जारी विवाद साम्य भएको हो।

स्याफ्रुबेंसी–रसुवागढी सडक स्तरोन्नति गरिने

रसुवागढी नाका जोड्ने स्याफ्रुबेंसी–रसुवागढी सडकको स्तरोन्नति गरिने भएको छ। चीन सरकारको सहयोगमा सडकको स्तरोन्नति गर्न लागिएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ। सडक सीमाभित्र रहेका घर टहरा हटाउने, विद्युत्का पोल सार्ने लगायतका काम भइरहेको छ।

अपराध न्यूनीकरणका लागि अभिमुखीकरण

रसुवामा सञ्चालित माध्यमिक विद्यालयमा सामाजिक विषय अध्यापन गराउने शिक्षक मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण तथा सामाजिक अपराध न्यूनीकरण विषयमा छलफल गर्न सदरमुकाम धुन्चेमा भेला भएका छन्।

रसुवागढी नाकामा २२ दिन कारोबार नहुने

रसुवागढी नाकामा २२ दिन व्यापारिक कारोबार नहुने भएको छ। चिनियाँ भन्सार कार्यालयले बुधबारदेखि गाडीमा शिल नलगाउने भएपछि कारोबार नहुने भएको हो। ल्होसारको कारण मंगलबारदेखि २२ दिनसम्म कारोबार नहुने रसुवागढी भन्सार कार्यालय रसुवाले जनाएको छ। चीनको स्वशासित क्षेत्र तिब्बतस्थित केरुङमा रहेका कर्मचारी घर गएसँगै कारोबार रोकिएको त्यहाँ रहेका व्यावसायी पुरुषोत्तम पौडेलले बताए।

१५ अर्ब १७ करोड राजस्व संकलन

रसुवागढी भन्सार कार्यालयले साढे तीन वर्षमा १५ अर्ब १७ करोड राजस्व संकलन गरेको छ। ४३ महिनाअघि भूकम्प गएपछि रसुवागढी नाकामा नियमित कारोबार सुरु भएको थियोे।

फलफूलका बिरुवा वितरण

रसुवाको आमाछोदिङ्मो गाउँपालिकाको कृषि शाखाले कृषकलाई फलफूलको बिरुवा वितरण गरेको छ। गाउँपालिकालाई फलफूल खेतीमा आत्मनिर्भर बनाउनका लागि बिरुवा वितरण गरिएको हो।

उत्तरगया धाम बचाउन माग गर्दै उर्जामन्त्रीलाई ज्ञापनपत्र

रसुवा र नुवाकोटको सीमा क्षेत्र बेत्रावतीमा रहेको उत्तरगया धाम संरक्षण गर्न माग गर्दै उर्जामन्त्री वर्षमान पुनलाई ज्ञापन पत्र बुझाइएको छ।

नांगो डाँडामा प्रसारण लाइन बनाउन रोक

डिभिजन वन कार्यालय, रसुवाले चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको वन क्षेत्रमा पर्ने टावर निर्माणमा रोक लगाएको छ।

चैतदेखि धसिंगरे तेल उत्पादन गरिने

रसुवाको कालिका गाउँपालिका–२ स्याउबारीमा रहेको धसिंगरे तेल उत्पादन केन्द्रले आगामी चैतदेखि तेल उत्पादन सुरु गर्ने भएको छ। तीन वर्षदेखि बन्द रहेको केन्द्र पुनः सञ्चालनमा ल्याउन लागिएको हो।२०७२ वैसाख १२ गते आएको भूकम्पको कारण केन्द्रमा क्षति पुगेपछि उत्पादन बन्द भएको थियो।

मुआब्जा माग्दै जिल्ला बन्द

त्रिशूली–मैलुङ–रसुवागढी सडक योजनाका प्रभावितले मुआब्जा माग गर्दै आइतबार नुवाकोट बन्द गरेका छन्। सडक निर्माण तथा स्तरोन्नतिका क्रममा योजनाले पिपलटार–ढुंगे सडक खण्डका प्रभावितलाई मुआब्जाको व्यवस्था गर्न आनाकानी गरेको भन्दै उचित मुआब्जा माग गर्दै नुवाकोट बन्द गरिएको हो।

एलपी ट्रक दुर्घटना हुँदा ४ जना घाइते

आइतबार रसुवाको गोसाईकुण्ड गाउँपालिका–५ बाह्रघुम्तीमा एलपी ट्रक दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। घाइते हुनेमा मकवानपुर लामिटार–३ का ३५ वर्षीय चालक बिबेक मोक्तान, १५ वर्षीय उमेश घलान, ३३ वर्षका समिर बजुँ र रसुवाको गोसाईकुण्ड गाउँपालिका–६ का ४० वर्षीय इनअफ स्याङ्तान रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्