७ आश्विन २०८१ सोमबार
image/svg+xml

रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य तीव्र

आयोजनाका अधिकांश संरचना निर्माण भई कोभिड सङ्क्रमणको असरले बाँकी रहेको विद्युत्गृहका उपकरण जडान कार्य हाल धमाधम अगाडि बढेको छ। भूमिगत संरचनाबाट निर्माण भइरहेको सो आयोजनाको विद्युत्गृहमा फ्रान्सिस नामक तीन टर्वाइन जडान हुने सिनियर इलेक्ट्रिकल इञ्जिनियर महेन्द्र यादवले जानकारी दिए।

दालगाउँमा मोटर पुग्दा स्थानीय हर्षित

आयोजना प्रभावित क्षेत्रभित्र बसोबास गर्ने बासिन्दालाई सडक मार्गको सुविधा पुर्‍याई उनीहरूको जीवनमा सुधार ल्याउने उद्देश्यले पाँच किलोमिटर सडक निर्माणमा गरिएको जनाइएको छ।

रसुवामा माउन्टेन बाइक हुने

बागमती प्रदेश खेलकुद विकास परिषद् र रसुवा जिल्ला साइक्लिङ संघको संयुक्त आयोजनामा प्रथम हाइ अल्टिच्युट रसुवा माउन्टेन बाइक च्यालेन्ज हुने भएको छ।

कांग्रेस रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्गियो

पार्टीको १४औँ महाधिवेशनका लागि यसअघि ७५ जिल्लाको क्रियाशील सदस्यताको टुङ्गो लगाएको कांग्रेसले आज रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको हो।

रसुवागढी नाकाबाट ३६ कन्टेनर स्याउ नेपाल भित्रियो

शनिबार र आइतवार दुई दिनको अन्तरालमा ३६ कन्टेनर स्याउ नेपाल भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेका सूचना अधिकारी एवम् भन्सार अधिकृत नरेन्द्रप्रसाद चौधरीले जानकारी दिए।

चीनबाट आयात भएका सामग्रीको परीक्षण हुँदै

बडादसैँलाई केन्द्रित गरी व्यापारीले आयात गराएको तयारी पोशाक, जुत्ता चप्पललगायत सामग्री छिटोभन्दा छिटो बजारमा पुगोस् भन्ने अभिप्रायले भन्सार परीक्षणलाई तीव्ररूपमा अगाडि बढाइएको हो।

रसुवा भन्सारः ६ वर्षमा ३० अर्ब ४० करोड राजस्व संकलन

कार्यालयले आर्थिक वर्ष २०७२/७३ देखि नियमित कारोबार सुरु गरेको थियो। नाका सञ्चालन भएदेखि गत आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्म कार्यालयले ३० अर्ब ४० करोड ५४ लाख ३६ हजार रुपैयाँ राजस्व संकलन गरेको हो।

माथिल्लो सान्जेनको उपकरण जडानका लागि चिनियाँ टोली वैकल्पिक मार्गबाट आउने

इलेक्ट्रोमेकानिकल निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदार तोनफाङ इलेक्ट्रिक इन्टरनेशन कर्पोरेसनका टोली कोभिडका कारण उतै रोकिएपछि लामो समयदेखि कामअघि बढ्न सकेको थिएन।

रसुवाको केन्द्रबाट ४० हजार माछाको भुरा बिक्री

रसुवामा रहेको रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्रले एक वर्षमा ४० हजार माछाको भुरा बिक्री गरेको छ। गएको आर्थिक वर्ष २०७७/७८ मा केन्द्रले पालन तथा प्रविधि विस्तारको लागि रेन्बो ट्राउट माछाको आँखा उम्रेको अण्डा ७४ हजार र रेन्बो ट्राउट माछाको ४० हजार भुरा बिक्री गरेको हो।

रसुवाको करिब ११% क्षेत्रमा सिँचाइ सुविधा

खेतीयोग्य जमिनको सबै क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउन सकिने भए पनि बजेट अभाव, भौगोलिक विकटता र कमजोर भौगर्भिक अवस्था प्रमुख समस्याको रूपमा रहेको देखिन्छ। सिँचाइका कार्यक्रम सञ्चालन गर्दा विस्तृत अध्ययनबिना नै योजनामा बजेट राखिँदा ती योजना समयमा सम्पन्न हुन सकेका थिएनन्।

एक महिनामा ३१ वटा खाद्य सामग्रीको नमूना परीक्षण

स्थलमार्ग हुँदै आएका खाद्य सामग्रीको खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले नमूना परीक्षण गर्ने गरेको छ।

राजस्व संकलन बढ्यो

रसुवागढी नाकाबाट चिनियाँ सामग्रीको आयात बढेसँगै राजस्व संकलन बढेको छ। पछिल्लो केही महिनायता दैनिक ९ वटा चिनियाँ गाडीले सामग्री ल्याउन थालेपछि राजस्व संकलनमा वृद्धि भएको हो।

रसुवागढी एकीकृत जाँच चौकीः रि–डिजाइनको काम नसकिँदै समयसीमा सकियो

चीनसँगको व्यापारिक नाका रसुवागढीमा निर्माण भइरहेको एकीकृत जाँच चौकी (आइसिपी) रि–डिजाइनको काम नसकिँदै समयसीमा सकिएको छ। परिवर्तन गरिएको डिजाइन नआउँदैमा समयसीमा सकिएको हो।

रसुवागढी नाका जोड्ने गल्छी–मैलुङ सडकमा २५ किलाेमिटर कालोपत्रे

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने गल्छी–मैलुङ सडकखण्डमा २५ किलोमिटर कालोपत्रे गरिएको छ। कोभिड–१९, स्थानीयको अवरोध तथा अदालतको स्टे अडरको बाबजुद पनि २५ किलोमिटर क्षेत्रमा कालोपत्रे गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्