१२ आश्विन २०८१ शनिबार
image/svg+xml

कांग्रेसमा श्रमिकको सम्मानजनक उपस्थिती हुनुपर्छ : कोइराला

पूर्व उपप्रधानमन्त्री कोइरालाले मुलुकमा प्रजातन्त्र ल्याउनदेखि हरेक आन्दोलनमा श्रमजीवी वर्गले महत्वपूर्ण भूमिका खेलेको बताउँदै आगामी महाधिवेशनमा श्रमिकको सम्मानजनक उपस्थिती हुनुपर्ने बताइन्। वर्तमान सरकारले श्रमिकको समस्या समाधान गर्न नसकेको उनको भनाइ थियो।

नेपाली कांग्रेस: सदस्यता छानबिन मापदण्डमा सहमति

नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीसहित शुक्रबार बसेको बैठकले प्रक्रिया नपुर्‍याईकन क्रियाशील सदस्यता सिफारिस गरिएको पाइए अस्वीकार गर्नेगरी छानबिन मापदण्ड टुंगो लगाएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको थियो।

फेरियो कांग्रेस

आफूलाई ‘मास बेस’ पार्टी भन्ने कांग्रेस ०४६ पछि कम्युनिस्ट पार्टीको सिको गर्दै बिस्तारै ‘क्याडर बेस’ पार्टीमा रूपान्तरण हुँदै गएको छ।

कांग्रेसद्वारा अध्यादेश अस्वीकारका लागि सूचना पेश

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले राष्ट्रियसभा बैठकमा पेश गरेका अध्यादेश अस्वीकारका लागि सूचना पेश गरेको छ।

गिरिजा काँग्रेसको कुशल सङ्गठनकर्ता : महामन्त्री कोइराला

नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले गिरिजाप्रसाद कोइराला पार्टीको कुशल सङ्गठनकर्ता भएको बताएका छन्।

कांग्रेस पदाधिकारी बैठक शुक्रबार बस्ने

नेपाली कांग्रेसको पदाधिकारी बैठक शुक्रबार बस्ने भएको छ। आवश्यक तयारी नपुगेको जनाउँदै आज बस्ने भनिएको बैठक स्थगित गरिएको थियो।

चित्र नष्ट गर्नु कलाकारको अपमान होः कांग्रेस

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत युवा डुजाङ शेर्पाको परिकल्पना र स्थानीय वडा कार्यालयको लिखित अनुमतिमा एक साता लगाएर निर्माण गरिएको उक्त चित्रलाई नष्ट गरिनुबाट कला र कलाकारको समेत अपमान भएको बताएका छन्।

ठूला नेताकै जिल्लामा सदस्यता विवाद

आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गर्दै कांग्रेसले यही असार ३० गतेभित्र सदस्यता टुंगो लगाई सभापति शेरबहादुर देउवाको हस्ताक्षर सकेर निर्वाचन समितिलाई दिने निर्णय गरेको छ। तर उक्त दिन आउन दुई साता मात्र बाँकी रहँदा कांग्रेसले सदस्यता छानबिनको मापदण्ड नै तय गर्न सकेको छैन।

बी.पी. कोइराला अध्ययन तथा अनुसन्धान केन्द्र शिलान्यास

बी.पी. कोइराला स्मृति ट्रष्टका महासचिव रामचन्द्र पोखरेलका अनुसार सो भवन करिब नौ करोडको बजेटमा सम्पन्न हुनेछ।

प्रधानमन्त्री ओलीलाई काँग्रेस सभापति देउवाको चेतावनी : धम्काउन र तर्साउन बन्द गर्नूस्

उनले ओलीको धम्कीबाट कोही पनि नडराउने बताउँदै भने, ‘ओलीजीले धम्काउने तर्साउने काम गर्नुभएको छ। को छ यहाँ डराउने?’

कांग्रेस महाधिवेशन: झन् मजबुत बन्दै ‘गुट’

जिल्ला नेतृत्व चयनका लागिसमेत मतदाता (क्षेत्रीय प्रतिनिधि) चुनिने महत्वपूर्ण मानिएको वडा एकाइ समितिको निर्वाचनलाई लक्षित गर्दै कांग्रेस जिल्लास्तरका नेता अहिले गाउँ केन्द्रित बनेका छन्। फरक टिमबाट चुनिएका सक्रिय सदस्यहरूलाई कसरी आफ्नो गुटमा प्रवेश गराउन सकिन्छ भन्ने रस्साकस्सी पनि जिल्लाका कांग्रेसीभित्र चलेको छ।

विमलेन्द्र, शशांक र प्रकाशमानबीच चाक्सीबारीमा छलफल

नेपाली कांग्रेसको १४ औं महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल भएको शशांक कोइरालाको सचिवालयले जनाएको छ।

कांग्रेसमा ‘फेसन’ बन्दै ‘लन्च मिटिङ’, नेताहरूको कुदाकुद

संस्थापन पक्षबाट उपसभापति विमलेन्द्र निधि र पूर्वउपसभापति गोपालमान श्रेष्ठले पनि नेतृत्वका लागि आकांक्षा देखाएपछि केही राहतको महसुस गरेको संस्थापन इतरका नेताहरू साझा उम्मेदवार बनाउनेभन्दा आ–आफ्नो शक्ति देखाउन सक्रिय भएका हुन्।

वरिष्ठ नेता पौडेल, सिटौला र कोइरालाबीच मण्डिखाटारमा छलफल

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबारे पार्टीका तीन नेताबीच आज छलफल भएको छ । पार्टीका केन्द्रीय सदस्य एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला निवास मण्डिखाटारमा भएको भेटमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी थिए ।

काँग्रेसमा वडादेखि केन्द्रसम्म महिला सहभागिता बढाउन माग

नेपाली काँग्रेसका नेताहरुले वडा तहदेखि केन्द्रसम्म महिला सहभागिता बढाउँदै लैजानुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्