१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

‘रचनात्मक’ भएको चिनियाँ प्रतिक्रिया

एक वर्षदेखि जारी अमेरिका–चीन व्यापार युद्ध अन्त्य गर्नका लागि सम्भावित उपाय निकाल्न दुई देशका व्यापार प्रतिनिधिबीच चिनियाँ सहर सांघाईमा बुधबार भएको बैठक ‘रचनात्मक’ भएको बेइजिङले जनाएको छ। चिनियाँ र अमेरिकी व्यापार मध्यस्थकर्ताबीच सांघाईमा बुधबार भएको संक्षिप्त बैठकबारे अमेरिकी धारणा भने बाहिरिएको छैन।

अमेरिका–चीन व्यापार वार्ता साङ्घाईमा शुरु

एक वर्षदेखि जारी अमेरिका–चीन 'व्यापार युद्ध'को अन्त्यको उपाय निकाल्न चिनियाँ र अमेरिकी व्यापार मध्यस्थकर्ताहरुको वार्ता साङ्घाईमा बुधबार पुनः शुरु भएको छ। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका पछिल्ला ट्वीटले वार्तालाई नै ओझेलमा पारेको छ।

आयातभन्दा निर्यातमा जोड गरौं : उपराष्ट्रपति

सोमबार राजधानीमा २५ औं कार्गाे दिवसको अवसरमा नेपाल फ्रेड फरवार्डर्स एसोसियसनद्वारा आयोजित कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले मुलुक व्यापार घाटामा रहेका बेला वस्तु निर्यातमा जोड दिन आग्रह गरे।

विश्व व्यापार संगठनलाई दबाब दिनु अमेरिकाको अभिमानपूर्ण व्यवहार : चीन

चीनलाई विश्व व्यापार संगठन (डब्लुटिओे) को ‘विकासोन्मुख राष्ट्र’ सम्बन्धी मान्यता प्राप्त अवस्थाबाट हटाउने अमेरिकी चेतावनीको चीनले सोमबार विरोध गर्दै यसलाई वासिङ्टनको ‘अभिमानी तथा स्वार्थी’ धारणा भनेको छ।

शिक्षा व्यापारमुखी भएकोमा चिन्ता

सरकारी स्कुल कलेज बन्द गराई नाफामुखी स्कुल कलेजहरुलाई प्रोत्साहन गर्ने काम सरकारीस्तरबाटै हुने गरेको चर्चा गर्दै यस्ता कुरा पुँंजावादी व्यवस्थाका विशेषताहरु रहने गरेकोमा उनले जाेड दिए। उनले विश्वविद्यालयहरुमा भागबन्डा, भ्रष्टाचार, घुसखोरी यसका उदाहरण रहेको बताए।

इसिटिएसको शुल्क धेरै लिएको आरोप

भारतीय बन्दरगाहबाट आउने नेपाली कार्गोमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम (इसिटिएस) आवश्यकभन्दा बढी रकम असुली गरेको आरोप व्यवसायीले लगाएका छन्।

जर्जिया र नेपालका व्यवसायीबीच समझदारी

जर्जिया र नेपालका व्यवसायीका दुई संस्थाबीच लगानी, व्यापार र आर्थिक वृद्धि गर्ने समझदारी भएको छ। नेपाल चेम्बर अफ कमर्स र जर्जिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका पदाधिकारीबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।

गाउँमै तरकारी किन्न पुग्छन् एकाबिहानै व्यापारी

जुम्ला लिही गाँउका हर्कबहादुर रावत यो समयमा निकै व्यस्त छन्। उनी गाउँघरमा उत्पादित तरकारी खरिद गर्न लागेका हुन्। एकाबिहानै गाउँका किसानको बारीमै पुगेर तरकारी खरिद गर्नु र सदरमुकाम खलंगामा ल्याएर व्यापारीलाई बिक्रि गर्नु उनको दैनिकी जस्तै हो। यो समयमा जुम्लामै गोलभेडा, खुर्सानी, काउली, बन्दा, प्याज, लसुन, मुला र काक्रा तयार भइसकेको छ।

चुराको व्यापार घट्यो

साउन महिना सुरू भएसँगै हरियो पहिरन, चुरापोते र मेहन्दी लगाउने प्रचलन बढ्ने गरेको छ। हरियो पहिरन, चुरापोते र मेहन्दीले यसपटक साउनको व्यापारको रौनक बढाउन सकेको छैन्। साउन महिनामा हरियो पहिरन र चुरा लगाउने ट्रेन्ड स्थापित भइरहेको अवस्थामा यस वर्ष व्यापार बढ्न नसकेको व्यवसायीहरू बताउँछन्।

मलंगवामा व्यापारीको जुलुस

सरकारले मुलुकभर साउन १ गतेदेखि लागू गरेको ‘भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम’ (भीसीटीएस), कामदारले अनिवार्य प्यान नम्बर बनाउनु पर्ने, कामदारलाई बैंकमार्फत भुक्तानी गर्नुपर्नेलगायत व्यवस्था विरुद्ध उद्योग वाणिज्य संघ मलंगवाको आयोजनामा विरोध जुलुस प्रदर्शन भएको हो।

राष्ट्रिय अर्थतन्त्रका परिसूचक खस्कँदै

मुलुकमा स्थायी र बलियो सरकार बने पनि आर्थिक परिसूचकहरु क्रमशः खस्कँदै जाँदा अर्थतन्त्र बलियो अवस्थामा नभएको देखिएको छ।

देह व्यापारको आरोपमा सात जना पक्राउ

विकास होटल र होटल रोयल प्लेसमा यौन व्यापार गराउने कार्यमा संलग्न रहेको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

चीनको वैदेशिक व्यापार ३.९ प्रतिशतले वृद्धि

चालू वर्षको पूर्वार्ध चीनको वैदेशिक व्यापारसँग सम्बन्धित कूल १४६ खर्ब ७० अर्ब चिनियाँ युआन बराबर भएको चिनियाँ भन्सार विभाग (व्यूरो) ले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कमा जनाइएको छ। गत वर्षको सोही अवधिको तुलनामा यो ३.९ प्रतिशतको वृद्धि हो।

अमेरिका–चीनबीच व्यापार वार्ता पुनः सुरु

संयुक्त राज्य अमेरिका र चीनका उच्च व्यापार मध्यस्थकर्ताबीच मंगलबार टेलिफोनमा कुराकानी भएको छ। दुवै मुलुकबीच विश्वासको वातावरण रहेको भन्ने घोषणाको करिब एक सातापछि नै व्यापार युद्धको चित्त बुझ्दो समाधानका लागि वार्ताको पहल सुरु भएको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्