१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विश्व व्यापार संगठनलाई दबाब दिनु अमेरिकाको अभिमानपूर्ण व्यवहार : चीन

बेइजिङ – चीनलाई विश्व व्यापार संगठन (डब्लुटिओे) को ‘विकासोन्मुख राष्ट्र’ सम्बन्धी मान्यता प्राप्त अवस्थाबाट हटाउने अमेरिकी चेतावनीको चीनले सोमबार विरोध गर्दै यसलाई वासिङ्टनको ‘अभिमानी तथा स्वार्थी’ धारणा भनेको छ।

यसै साता महŒवपूर्ण व्यापार वार्ता गर्ने तयारी भइरहेको अवस्थामा अमेरिकाले चीनलाई डब्लुटिओको विकासोन्मुख राष्ट्रको मान्यता प्राप्त अवस्थाबाट हटाउने चेतावनी दिएकोमा चीनद्वारा सशक्त प्रतिकार भएको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत शुक्रबार चीनलाई लक्षित गर्दै सबै उपाय लिएर विकासोन्मुख सदस्यमाथि विश्व व्यापार संगठनको सुधार निश्चित गर्न अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजरसमक्ष आग्रह गरेका थिए। साथै ९० दिनभित्र स्पष्ट प्रगति नदेखिए अमेरिकाले एकपक्षीय कदम चाल्ने चेतावनी पनि ट्रम्पले दिएका थिए।

यसै साता महत्वपूर्ण व्यापार वार्ता गर्ने तयारी भइरहेको अवस्थामा अमेरिकाले चीनलाई डब्लुटिओको विकासोन्मुख राष्ट्रको मान्यता प्राप्त अवस्थाबाट हटाउने चेतावनी दिएकोमा चीनद्वारा सशक्त प्रतिकार भएको हो।  

चिनियाँ विदेश मन्त्रालयले यसको प्रतिवाद गर्दै भनेको छ, ‘अन्तिम समयसीमा दिएको अमेरिकाको उक्त गतिविधिबाट विश्व व्यापार संगठनको नियममाथि उसले सार्वजनिक रूपमा घृणा फैलाएर कुल्चिएको स्पष्ट रूपमा देखिन्छ, यो नै ठेट व्यवहारिकता र प्रभुत्ववाद हो।’ ‘अमेरिकी ट्रम्प प्रशासनको डब्लुटिओमा चीनबारे पछिल्लो मागले ‘उसको अभिमान तथा स्वार्थीपनलाई थप प्रस्ट्याएको छ,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुन्निङले सञ्चारकर्मीसँगको नियमित भेटघाटमा बताए। ‘कुन देशलाई विकासोन्मुख राष्ट्रमा राख्ने र कुनलाई विकशित मुलुकमा राख्ने भन्ने निर्णय एउटा वा केही मुलुकको ‘भनाइ अन्तिम हुन सक्दैन,’ उनले भने, ‘विकासोन्मुख अर्थतन्त्रका रूपमा स्थापित गरिरहन चीनले आफ्नो अवस्था र व्यापारमा वास्तविक निष्पक्षता अपनाउनुपर्छ।’

‘सबैलाई जानकारी छ कि विश्व व्यापार संगठनका विकासोन्मुख सदस्य स्थानको स्व–वर्गीकरण नै लामो समयसम्म चलिरहेको गतिविधि हो जसले सदस्य मुलुकको आन्तरिक सुधार र बजार खुलापन बढाउन नैतिक स्थान प्रदान गरेको छ,’ प्रवक्ता हुवाले बताए। ‘संगठनका विभिन्न कार्यक्रमलाई व्यवहारमा उतार्दा सबैभन्दा फाइदा पुग्नसक्छ। विकासोन्मुख सदस्यले पाएको विशेष र भिन्न उपचारले आ–आफ्नो स्थिर आर्थिक वृद्धि हुनुपर्ने आवश्यकता छ। यो नै धेरै पहिलादेखि व्यापारिक प्रणालीमा अस्तित्वमा रहेको छ र विश्व व्यापार प्रणालीको महŒवपूर्ण आधार पनि यही हो,’ पत्रकार भेटघाटमा उनले भने।

यद्यपि अमेरिकाले विश्व व्यापार संगठनको उक्त आधारभूत सिद्धान्त अस्वीकार गरिरहेको चीनको दाबी छ। अमेरिकाले यस्तो प्रणालीबाट चीनले आर्थिक विकास गर्दै फाइदा लिइरहेको विचार लिइरहेको छ र त्यसको सुधार गर्न आग्रह गरिरहेको छ। सन् २०१० मा चीन विश्वको दोस्रो ठूलो आर्थिक समूह बनेपछि चीनको विकासोन्मुख मुलुकको स्थान हटाउने अमेरिकी आग्रह चर्कदै आएको छ।

‘अमेरिकी सरकारले विश्व व्यापार संगठनले चीनलाई पक्षपात गरेकोमाथि धेरै पटक झुटो आरोप पनि लगाएको छ। अब ह्वाइट हाउसले फेरि दबाब दिएबाट अन्तर्राष्ट्रिय नैतिकता र जिम्मेवारीको पूर्ण विपरीत भएको छ साथै विश्व व्यापार संगठनको सुधारमा कठिनाइ थपिएको छ,’ चीनले भनेको छ। चीन र अमेरिकाबीचको खाडलको प्रकृति सबभन्दा ठूलो विकासोन्मुख मुलुक र सबभन्दा ठूलो विकसित मुलुकबीचको खाडल भएको र अमेरिकाले चीनको कूल आर्थिक मात्राको आधारमा मात्रैे विकासोन्मुख मुलुकको स्थान अस्वीकार गर्नुको कारण स्पष्टतः सही नभएको प्रवक्ता हुवाले बताएका छन्।

प्रकाशित: १४ श्रावण २०७६ ०१:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App