एक वर्षभित्र भान्साबाट एलपी ग्यास विस्थापित गरौँ: ऊर्जामन्त्री भुसाल
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी एक वर्षभित्र सबैखाले घरेलु उपकरण विद्युत्बाट चलाउने गरेर संरचना निर्माण गर्न अपिल गरेकी छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी एक वर्षभित्र सबैखाले घरेलु उपकरण विद्युत्बाट चलाउने गरेर संरचना निर्माण गर्न अपिल गरेकी छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नेतर्फ सरकार गम्भीर रहेको बताएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले संघीयता पूर्णरुपमा कार्यान्वयन गर्न अझै बाँकी रहेको बताएका छन्। गण्डकी प्रदेशलाई पूर्ण साक्षर घोषणा गर्दै आईतबार प्रधानमन्त्री देउवाले संघीयता कार्यान्वयनको लागि सरकार प्रतिबद्ध समेत रहेको उल्लेख गरे।
नवनियुक्त उद्योग वाणिञ्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन्। हमालले दिएको राजीनामा प्रधानमन्त्री देउवाले आइतबार बिहान स्वीकृत गरिसकेका छन्।
उद्योग मन्त्री गजेन्द्र हमालले आज राजीनामा दिँदै छन्। उनले आफूमाथि लागेको आरोपका कारण बदनाम बन्न नसक्ने भन्दै राजीनामा दिने निर्णयमा पुगेको बताए। यसै बिषयमा नागरिककर्मी देवेन्द्र बस्नेतले राजीनामा दिन थालेका मन्त्री हमालसँग संक्षिप्त कुराकानी गरेका छन्।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेका नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाउने बताएका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विकास निर्माण र कला संरक्षणमा नीति निर्माता मात्र नभई उपभोक्ता पनि जिम्मेवार हुनुपर्ने बताएकी छन्।
नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले केपी ओलीजस्तो नकच्चरो भएर संसदमा नबस्ने बताएका छन्।
शुक्रबारको मन्त्रिपरिषद् विस्तारमा योग्य साथी छुटेकामा आफूलाई दुःख लागेकोसमेत बताए। क्षमतावान् र योग्य साथीलाई आगामी दिनमा उचित जिम्मेवारी दिँदै जाने बताउँदै उनले आफ्नो बाध्यता बुझिदिन आग्रह गरे।
बाग्मती प्रदेश खेलकुद विकास परिषद्ले प्रदेश खेलकुद प्रतियोगिता पुसदेखि आयोजना गर्ने भएको छ।
मन्त्रिमण्डलमा महिलालाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिइएको छ । महिलाले नेतृत्व गरेका ६ मध्ये पूर्वाधार विकाससँग जोडिएका भौतिक पूर्वाधार, ऊर्जा र सहरी विकास आकर्षक मन्त्रालय मानिन्छन् । यी महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका महिला मन्त्रीलाई आफ्नो कार्यदक्षता प्रमाणित गर्दै पूर्वाधार विकास अघि बढाउनुपर्ने चुनौती छ ।
मन्त्रिपरिषद्मा कांग्रेसबाट प्रधानमन्त्री, एक राज्यमन्त्रीसहित १० जना छन्। त्यस्तै माओवादी केन्द्रबाट एक राज्यमन्त्रीसहित ६ जना सरकारमा सहभागी छन्।
देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दै आफू नसुध्रिएको स्पष्ट संकेत दिएका छन्। व्यापारिक पृष्ठभूमिबाट सांसद बनेका उमेश श्रेष्ठलाई राज्यमन्त्री बनाउँदा नै आलोचना खेपेका देउवाले अहिले मन्त्रिपरिषद् विस्तार गर्दा गैरसांसद गजेन्द्र हमाललाई मन्त्रीका रुपमा सरकारमा भित्र्याएका छन्।
मन्त्री यादवले आइतबारदेखि मन्त्रालयले हाल गरिरहेको कामको ब्रिफिङ लिने र कामको प्राथमिकता छुट्याएर काम गर्ने बताएकी हुन्।
बाहिर चर्चामा आउने गरेका अनियमितता, भ्रष्टाचारलगायतका कुराहरु नियन्त्रण गरेर देखाउने काममा मेरो ध्यान केन्द्रित हुनेछ,’ नवनियुक्त मन्त्री खतिवडाले भने।