१२ आश्विन २०८१ शनिबार
image/svg+xml

प्रदेशमा फेरि फुट्यो मन्त्रालयः ४९ बाट ७० पुगे

भागबन्डा पुर्‍याउन बिनातयारी र बिनाअध्ययन प्रदेश सरकारहरूले धमाधम मन्त्रालय फुटाइरहेका छन्। अहिले देशभर प्रदेश मन्त्रालय ७० पुगेका छन्। प्रदेश १ र सुदूरपश्चिम प्रदेशबाहेक सबैले मन्त्रालय फुटाएका छन्। सबैभन्दा बढी मन्त्रालय वाग्मती प्रदेश सरकारले फुटाएको छ। वाग्मतीले अहिले १४ वटा मन्त्रालय पुर्‍याएको छ।

मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयले प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार दिउँसो छापा मारेको छ। टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारेर कागजपत्र लिएको छ।

मन्त्रीमाथि बलात्कार आरोप: बर्खास्त गर्न माग गर्दै मुख्यमन्त्री कार्यालय घेराउ

बलात्कार आरोपी कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई बर्खास्त गर्न माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) र राष्ट्रिय युवा संघले मुख्यमन्त्री कार्यालय घेराउ गरेका छन्।

कटारी नगरपालिका फुटाउने सिफारिस मुख्यमन्त्री कार्यालय पुग्यो

उदयपुरको कटारी नगरपालिकालाई टुक्राएर अलग्गै गाउँपालिका बनाउने विषयको प्रस्ताव १ नं. प्रदेशका मुख्यमन्त्रीसमक्ष पुगेको छ। नगरपालिकाका पहाडी भेगका ५ वटा वडाहरुले अलग्गै गाउँपालिका गठन गर्न पाउँ भन्ने मागदावीसहितको प्रस्ताव प्रदेश सरकारसमक्ष पुगेको हो।

६ दिनदेखि बादी समुदाय धर्नामा

फागुन १० गतेदेखि कर्णालीका बादी समुदायका अगुवाहरु मुख्यमन्त्री कार्यालयअगाडि धर्नामा छन्। राजनीतिक शक्ति संघर्ष र पदका लागि होइन, संविधानमा नागरिकका मौलिक हकका रूपमा व्यवस्था गरिएको गाँस, बास र रोजगारी माग गर्दै उनीहरू धर्नामा बसेका हुन्।

संघमा नआउँदै प्रदेशमा निजामती सेवा ऐन लागु

संघमा नआउँदै प्रदेश २ मा निजामती सेवा ऐन लागु भएको छ। प्रदेश २ का प्रदेश प्रमुखले बिहीबार प्रदेश निजामती सेवा ऐन, २०७७ लाई प्रमाणीकरण गरेपछि उक्त ऐन कार्यान्वयनमा आएको मुख्यमन्त्री कार्यालयका प्रवक्ता भूपाल बरालले बताए।

मुख्यमन्त्री कार्यालयको स्कारपियोको ठक्करबाट टेम्पो चालकको मृत्यु

प्रदेश २ मा सञ्चालित मुख्यमन्त्री स्वच्छता अभियानको प्रदेश २–०२००१ झ ००५७ नम्बरको स्कारपियो गाडीले स१ह ३०४३ नम्बरको टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालक सिरहाको कल्याणपुर नगरपालिलका–१२ निवासी ४० वर्षीय जयप्रकाश साहको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्