coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

धरहरा तीन महिनाभित्रै सञ्चालनमा आउने

बहुप्रतिक्षित धरहराको सम्पूर्ण निर्माणको काम सकाएर तीन महिनाभित्रै सञ्चालनमा ल्याइने भएको छ।

निर्माण सम्पन्न नहुँदै उद्घाटनको हतारो

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको धरहरा निर्माण सम्पन्न हुनुअघि नै उद्घाटन गरेपछिको विवाद अझै जारी छ।

बालेनद्वारा सहरी विकास मन्त्रालयलाई जवाफ दिन इन्कार

धरहरा क्षेत्रमा खुला गरिएको पार्किङ एक महिनाका लागि भए पनि बन्द गर्न आग्रह गर्दै सहरी विकास मन्त्रालयले पठाएका दुईवटै चिठीको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले जवाफ दिन इन्कार गरेका छन्।

धरहराभन्दा अग्लो धरहरा पार्किङ विवाद

धरहरा क्षेत्रमा खुलाइएको पार्किङको विषयले काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयबीच टकराव सुरु भएको छ। आठ दिनअघि सञ्चालनमा ल्याइएको सो पार्किङलाई लिएर अहिले स्थानीय सरकार र संघीय सरकार आमनेसामने भएका हुन्।

सहरी विकासलाई थर्काउँदै बालेनले भने: पत्र केपी ओलीलाई लेख्नु

महानगरले न्यूरोडमा सवारी प्रवेश निषेध गरेपछि त्यहाँका सवारी साधनलाई धरहरा मुनीको पार्किङ स्थलमा राख्ने व्यवस्था गरेको थियो।

आजदेखि धरहरामा निःशुल्क पार्किङ

काठमाडौं महानगरपालिकाले न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ निषेध गरेपछि सवारी चालकहरूलाई सहज पार्किङ स्थल उपलब्ध गराउने क्रममा आजदेखि त्यहाँ निःशुल्क पार्किङ सुरु भएको हो।

आहा! राष्ट्र बैंकको नयाँ भवन, के–के छन् सुविधा? (तस्बिरसहित)

आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरेर व्यवस्थापन गर्ने र बैङ्किङ तथा वित्तीय क्षेत्रको स्थायित्व र आवश्यक तरलतालाई प्रवर्द्धन गर्नुपर्ने हुन्छ।

धरहरा तीन महिनाभित्रै सर्वसाधारणको लागि खुलाइने

सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले तीन महिनाभित्रै निर्माणाधीन धरहरातर्फको मात्रै काम सकेर सर्वसाधारणको लागि खुलाउने तयारीमा जुटेको छ।

भेरिएसनले धरहराको लागत १२ करोड थपियो

निर्माणाधीन धरहरा परिसरमा केही संरचनाको डिजाइन परिवर्तन गर्दा थप १२ करोड रूपैयाँको व्ययभार थपिएको हो।

धरहरा निर्माणमा टेलिकम पाइपको अवरोध

निर्माणाधीन धरहरा परिसरमा नेपाल टेलिकमको १६ वटा अन्डरग्राउण्ड युटिलिटिज पाइपका कारणले धरहरा निर्माणको काम रोकिएको छ।

धरहरा उद्घाटनको एक वर्ष : ठेकेदार कम्पनी चौथो पटक म्याद थपको माग गर्दै

पूर्वप्रधानमन्त्री ओलीले गत वैशाख ११ गते धरहरा वरपरका अत्यावश्यक पूर्वाधार तयार नहुँदै हतार–हतार उद्घाटन गरेका थिए। उद्घाटन गरेको एक वर्ष पुगुञ्जेलसम्ममा पनि धरहराको भौतिक प्रगति भने ७८ प्रतिशत मात्रै भएको छ।

उद्घाटनपछि धरहराको काम सुस्तायो

पहिला कहिले प्रधानमन्त्री आउने, कहिले राष्ट्रपति आउने गर्दा ठेकेदार कम्पनीले द्रुत गतिमा काम गर्थ्यो, अहिले त झारा टार्ने हिसाबले मात्रै काम गरेको देखिन्छ। पूर्वप्रधानमन्त्री ओलीले धरहराको उद्घाटन गरिसकेकाले अहिलेको सरकारको प्राथमिकतामा यो परेको छैन।

धर्मकाय बुद्ध मण्डलाको डिपिआर तयार नहुँदा अन्यौल

पोखराकै अग्लो मध्येको डाँडा काँहुधरहरा कोटमा धर्मकाय बुद्ध मण्डला बनाउने योजनाको बिस्तृत परियोजना प्रतिवेदन(डिपिआर) नबन्दा कति उचाईको बुद्ध र शिवमूर्ति स्थापना गर्ने भन्ने अन्यौल छ । डिपिआर तयार पार्न धर्मकाय बुद्ध मण्डला विकास तथा व्यवस्थापन समिति सक्रिय रहेपनि बन्न सकेको छैन् ।

धरहरा उद्घाटनमा हतारो: ४० प्रतिशत काम अझै बाँकी

प्रधानमन्त्रीलाई उद्घाटन गर्न हतार भएपछि ठेकेदार कम्पनीले काम नसकिँदै लिफ्ट जडान गरेको थियो। २० औं तलासम्म पुग्ने भर्‍याङ (सिढी) बनाउन समय लाग्ने भएपछि लिफ्ट जडान गरिएको थियो। तर राम्रोसँग लिफ्ट नराखिएका कारण फेरि खोेलेर फिटिङ गर्ने कार्य भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्