राष्ट्रपतिद्वारा संसदको हिउँदे अधिवेशन आह्वान, पहिलो बैठक ११ पुसमा
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको हिउँदे अधिवेशन आह्वान गरेकी छिन्। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले पुस ११ गते अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालय शीतल निवासले जानकारी दिएको छ।