३ मंसिर २०८१ सोमबार
image/svg+xml

तातोपानी नाका खुलाउन तीव्र गतिमा काम

२०७२ को भूकम्पपछि चार वर्षदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका खुलाउन तीव्र गतिमा काम भइरहेको छ। आगामी जेठ तेस्रो साता सम्ममा नाका खुलाउने कार्यक्रमअनुसार अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी खण्डको सडक तथा पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ।

'सहरमा मानवीयता हराउँदै गएको छ'

जनसंख्या बढी भएको सुविधायुक्त व्यवस्थित बस्ती नै सहर हो। सहरमा हरेक सुख सुविधा पाइन्छन्। त्यहाँको प्रशासनले आम जनताको आवश्यकतालाई केन्द्रमा राखेको हुन्छ।

खुल्यो पूर्वीपहाडको ढोका

पूर्वीपहाडकै एकमात्र सहज भारतीय नाका पशुपतिनगरमा अध्यागमन कार्यालय खुलेको छ। स्थानीयको वर्षाैंको दबाब र प्रतीक्षापछि सरकारले पशुपतिनगरबाट तेस्रो मुलुकका पर्यटकको आउ–जाउ सहज बनाएको हो।

सीमानाकाबाट प्रहरीले बरामद गर्‍याे हतियार

नेपाल प्रहरीले बुधवार मध्यरातमा सीमानाकाबाट हतियारसहित गोली बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक पप्पु नायकको कमाण्डमा खटिएको एम्बुस टोलीले एक थान कटुवा पेस्तोल र एक थान गोली बरामद गरेको हो ।

६ महिनादेखि भन्सार राजस्व ओरालोमा

वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको चैतसम्ममा लक्ष्यभन्दा ३५ प्रतिशत कम राजस्व असुलेको छ। मुलुककै प्रमुख नाकामा रहेको यो भन्सार तालुक निकाय भन्सार विभागले सम्भावना आँकलन गर्दै दिएको मासिक लक्ष्यमा पुग्न लागतार ६ महिनादेखि असफल छ।

तातोपानी नाका जेठ १७ बाट सञ्चालनमा आउने

उत्तरी चीन जोड्ने मुख्य नाका तातोपानी आगामी जेठ महिनाबाट सञ्चालनमा ल्याउने तयारी भएको छ। २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि यो नामा झण्डै चार वर्षदेखि बन्द रहँदै आएको छ ।

पाैने दुई अर्बको चिनियाँ स्याउ आयात

रसुवागढी नाकाबाट चिनियाँ स्याउ आयात बढेको छ। नेपालमा चिनियाँ स्याउको माग बढ्दै जाँदा आयात पनि बढेको हो।

चालकहरुलाई एक वर्षे केरुङ पास दिइने

चीनको केरुङबाट सामग्री आयात तथा निर्यात गर्ने कन्टेनरका चालक तथा सहचालकले एक वर्षे अस्थायी अनुमति पत्र पाउने भएका छन्। अध्यामगन कार्यालय रसुवाबाट एक वर्षे अस्थायी प्रवेश अनुमति पाएका चालक तथा सहचालकलाई प्रवेश अनुमति दिन कुनै कठिनाइ नभएको चिनियाँ पक्षले जनाएको छ। चिनियाँ पक्षले तीन महिनाअघि नै प्रवेश अनुमति दिएको भए पनि नेपालबाट यसको प्रक्रिया टुंगिएको थिएन।

उत्तर काेरियाले आणविक कार्यक्रम नत्यागे नाकाबन्दी लगाउने अमेरिकाकाे चेतावनी

संयुक्त राज्य अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले उत्तर कोरियाले आणविक कार्यक्रम त्यागेर निशस्त्रीकरणमा नगए अमेरिकाले पनि नाकाबन्दी लगाउने चेतावनी दिएका छन्। ‘फक्स बिजनेस नेटवर्क’सँगको अन्तर्वार्तामा उनले निशस्त्रीकरणको विषयमा उत्तर कोरिया के कति गम्भीर छ भनेर अमेरिकाले हेरिरहेको बताए। यसअघि अमेरिका र उत्तर कोरियाबीच गतवर्ष भएको पहिलो चरणको शिखर वार्तामा उत्तर कोरिया निशस्त्रीकरणको विषयमा सहमत भएको थियो।

मैलुङ–स्याफ्रुबेंसी सडकमा ब्लास्टिङ सुरु

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेंसी सडक खण्डमा मंगलबारदेखि ब्लास्टिङको काम सुरु भएको छ। ब्लास्टिङ गर्नका लागि अनुमति नपाउँदा सडक खुल्न सकेको थिएन। १७ किलोमिटर सडकमध्ये दुई सय मिटर सडकको काम मात्रै बाँकी छ।

रसुवाबाट ३६ हजार पर्यटक

रसुवागढी नाका हुँदै नेपाल आउने चिनियाँ पर्यटक बढेका छन्। सडक मार्ग हुँदै नेपाल आउने चिनियाँ पर्यटकको रोजाइमा रसुवागढी परेको हो। अन्य नाका सञ्चालनमा नआएका कारण यो नाकाबाट पर्यटक आउने क्रम बर्सेनि बढ्दै गएको छ।

सामान नियन्त्रणमा पर्छन् तस्करीमा संलग्न उम्कन्छन्

पुसको दोस्रो साता अवैध ढंगले सीमावर्ती ठाढी नाका हुँदै भारततर्फ मरिच र हरियो केराउ लैजान लागिएको थियो। सोही बेला प्रहरीले ३२ सय ३६ किलो मरिच र २६ सय किलो मटरसहित ट्याक्टर र मिनी ट्रक नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझायो तर तस्करीमा संलग्नहरू भने उम्किन सफल भए।

व्यापारिक कारोबार सुरु

रसुवागढी नाकामा व्यापारिक कारोबार सुरु भएको छ। ल्होसारको कारण २२ दिनदेखि कारोबार रोकिएको थियो। चीनको केरुङमा सामग्री लिन पुगेका ८० वटा कन्टेनरमा सिल लगाइएको छ। स्याउ लिन गएका गाडीमा सिल लगाउन सुरु गरिएको केरुङमा रहेका व्यापारी पुरुषोत्तम पौडेलले बताए।

रसुवागढी नाका जोड्ने दुबै सडकलाई प्राथमिकता : मुख्यमन्त्री पौडेल

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने दुवैतर्फको सडकको व्यवस्थापन गर्नुपर्ने प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन्। नाका अवलोकनका लागि आइतबार रसुवागढी पुगेका मुख्यमन्त्री पौडेलले दुवै सडकलाई प्राथमिकता दिएर स्तरोन्नति गर्नुपर्ने आवश्यकता औंल्याएका हुन्। वार्षिक रूपमा अर्बौं राजस्व उठ्ने गरे पनि सडकको दुरवस्था देखेर उनले दुःख व्यक्त गरे।

कास्मिर आक्रमणका योजनाकारको तीव्र खोजी

४४ जना अर्धसैनिक बलका अधिकारीको ज्यान जाने गरी गराइएको कार बम आक्रमणका प्रमुख योजनाकार मानिएका पाकिस्तान आधारित लडाकु समूहका कास्मिर प्रमुखको भारतीय फौजले आइतबार व्यापक खोजी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्