३ मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

चालकहरुलाई एक वर्षे केरुङ पास दिइने

रसुवा - चीनको केरुङबाट सामग्री आयात तथा निर्यात गर्ने कन्टेनरका चालक तथा सहचालकले एक वर्षे अस्थायी अनुमति पत्र पाउने भएका छन्।

अध्यामगन कार्यालय रसुवाबाट एक वर्षे अस्थायी प्रवेश अनुमति पाएका चालक तथा सहचालकलाई प्रवेश अनुमति दिन कुनै कठिनाइ नभएको चिनियाँ पक्षले जनाएको छ। चिनियाँ पक्षले तीन महिनाअघि नै प्रवेश अनुमति दिएको भए पनि नेपालबाट यसको प्रक्रिया टुंगिएको थिएन।

अध्यागमन कार्यालयले पास जारी गरेमा उनीहरू केरुङ जान पाउने चीनको केरुङ फ्रन्टायर इन्सपेक्सन स्टेसन, पिपुल रिपब्लिक चाइनाले जनाएको छ। चीनसँग सीमा जोडिएका जिल्ला बाहेकका जिल्लाका राहदानी बाहक चालक तथा सहचालकलाई केरुङ प्रवेशका लागि एक वर्षे अस्थायी प्रवेश अनुमति पाउने अध्यागमन अधिकृत विष्णु घर्तीले बताए।

चीनसँग सिमाना जोडिएका जिल्ला बाहेकका अन्य जिल्लाका चालकलाई अध्यामगन कार्यालय रसुवागढीको सिफासिमा चिनियाँ अध्यागमनले अस्थायी अनुमति दिनेछ। जिल्ला बाहिरको व्यापारी, चालक तथा सहचालक केरुङसम्म जान नपाउँदा कारोबारमा कठिनाइ हुने गरेको व्यापारी बुद्धराज बस्नेतले बताए। ‘

बाहिरको चालक र सहचालकलाई अस्थायी प्रवेश अनुमति दिने भनिएको थियो,’ उनले भने, ‘यसको काम चाँढै भए हुन्थ्यो।’ व्यापारमा सहजीकरण गर्नका लागि अस्थायी प्रवेश अनुमति दिने निर्णय भएको भएपनि चिनियाँ पक्षले आधिकारिक पत्र नपठाएको कारण पास दिने काम सुरु नभएको अध्यागमन अधिकृत विष्णु घर्तीले बताए।

नेपालीहरूको सहज प्रवेश अनुमतिको व्यवस्था गरी अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ। रसुवाका नागरिकले भने एक वर्षका लागि नेपाल चीन आगमन प्रस्थान अनुमति पत्र (चाइना पास) पाउने गरेका छन्। चीनसँग सीमा जोडिएका १५ जिल्लाका नागरिकले जिल्ला प्रशासन, इलाका प्रशासन, सीमा प्रशासन वा अध्यागमन कार्यालयबाट एक वर्षे पास पाउँछन्।

नेपाल चीन सीमा क्षेत्रमा बस्ने नागरिकलाई चीन सरकारले दिँदै आएको एक वर्षे प्रवेशाज्ञा रसुवाका १० हजार ३७ ले पाएका छन्। यो २०७२ असोज २८ गतेदेखि यही फागुन १६ गतेसम्मको तथ्यांक हो। रसुवागढी नाका सञ्चालनमा आएपछि रोजगारका लागि केरुङ जाने व्यापारी, व्यावसायी र चालक बढ्दै गएका छन्।

प्रकाशित: ८ चैत्र २०७५ ०२:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App