रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रु सडक खुल्यो
वर्षाको कारण दुई महिनादेखि अवरुद्ध रहेको मैलुङ–स्याफ्रु सडक मंगलबारदेखि खुलेको छ। बेत्रावतीदेखि छोक्कलसम्मको पहिरो हटाउनुको साथै खोलामा ह्युमपाइप राखिएपछि सडक खुलेको हो। शनिबारदेखि मर्मत भएको सडक खुलाउन सफल भएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए।