१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

सेयरको अर्थ सरोकार

सेयर बजार सूचकांक उकालो लाग्नु र ओरालो लाग्नुका पछाडि खासै ठूला कारण हुँदैनन् । बजारका उडन्ते खबरले पनि यसमा धक्का लाग्छ । कहिले सामान्य कारणले अचानक सकारात्मक प्रभाव पनि देखिन्छ । निर्वाचन, सरकार परिवर्तन, कम्पनीहरूको वार्षिकोत्सव र लाभांश घोषणा गर्ने समय आदिले सूचकांक उकालो लाग्छ।

सेयर बजार झर्ने क्रम रोकिएन

निरन्तर ओरालो लाग्दै आएको सेयर बजार सोमबार पनि रोकिएन । सोमबार सेयर बजार मापक नेप्से १६.६९ बिन्दुले घटेको छ।

अर्थमन्त्रीको अभिव्यक्तिले सेयर बजारमा पहिरो

सेयर बजारप्रति नकारात्मक धारणा बनाउँदै आएका अर्थमन्त्री युवराज खतिवडाले सेयर बजारलाई अनुत्पादक क्षेत्र भन्दै त्यस्तो क्षेत्रमा लगानी गर्नु अर्थहीन भएको अभिव्यक्ति दिएपछि सेयर बजारमा ठूलो गिरावट आएको छ । साताको पहिलो दिन आइतबार नेप्से ४१.५६ बिन्दुले घट्दा लगानीकर्ताले एकै दिन ४८ अर्ब रुपैयाँ गुमाउन पुगे।

सेयर बजार ६ बिन्दुले उकालो लाग्यो

निरन्तर ओरालो लाग्दै आएको सेयर बजार मंगलबार भने ५.८६ बिन्दुले उकालो लागेको छ । नयाँ अर्थमन्त्रीमा पूर्वगभर्नर युवराज खतिवडा नियुक्त भएको भोलिपल्ट सेयर बजारमा केही सुधार आएको हो।

सेयर घरपरिवारको अंश बण्डा जस्तै हो: सरोज भट्टराई

सेयर भनेको सामान्य भाषामा घरपरिवारको अंश बण्डा जस्तै हो । कुनै पनि कम्पनीलाई पुँजी आवश्य हुन्छ र पुँजी संकलन गर्न कम्पनीले सेयर निष्कासन गर्छ ।

३६ बिन्दुले बढ्यो सेयर परिसूचक

बामपन्थीको सरकार बन्दा प्रायजसो घट्ने गरेको सेयर बजार यसपाली भने बढ्न पुगेको छ । नेकपा एमालेका अध्यक्ष केपी ओली दोस्रो पटक प्रधानमन्त्री भएकै दिन बिहीबार बजार ३६.०१ ले बढेर नेप्से परिसुचक १४२४.९५ विन्दुमा पुगेको छ ।

कृषि विकास बैंकको २०% बोनस सेयर

कृषि विकास बैंकले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर तथा १.०५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) दिने प्रस्ताव पारित गरेको छ । सोमबार सम्पन्न बैंकको ११औं वार्षिक साधारणसभाले कम्पनीको सञ्चालक समितिको उक्त प्रस्ताव पारित गरेको हो।

११ करोडको सेयर लिन ५० करोड जम्मा

अप्पर माई जलविद्युत् आयोजनाको ११ करोडको सेयर लिन प्रभावित क्षेत्रका बासिन्दाले बैंकमा ५० करोड रुपैयाँभन्दा बढी जम्मा गरेका छन् । आयोजनाको प्रवद्र्धक पञ्चकन्या माई हाइड्रो पावर लिमिटेडले आह्वान गरेको सेयरका लागि सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाबाट यो रकम जम्मा भएको हो ।

रसुवागढी–सान्जेनको अढाइ अर्बको सेयर आउँदै

रसुवागढी र सान्जेन जलविद्युत कम्पनी लिमिटेडले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र कम्पनीका संस्थापक संस्थाहरु (नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी लिमिटेड र रसुवा जिल्लाका तत्कालीन जिविस र गाविसहरु¬) का कर्मचारी तथा ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष)का कर्मचारीका लागि छुट्ट्याइएको सेयर निष्कासन गर्न लागेको हो ।

माथिल्लो तामाकोसीको दुई अर्ब ६३ करोडको साधारण सेयर आउँदै

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले आयोजना प्रभावित र सर्वसाधारणका लागि दुई अर्ब ६३ करोड ८५ लाख रुपैयाँ बराबरको साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा राखेको यो आयोजनाले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लावासी र सर्वसाधारणका लागि साधारण सेयर बिक्री गर्न लागेको हो ।

बुटबल पावरको सेयरमा लगानीकर्ता डुबाउने खेल

नेपाल धितोपत्र बोर्डले बुटवल पावर कम्पनी लिमिटेड (बिपिसी)लाई साधारण सेयर निष्कासन (आइपिओ) नगरी थप निष्कासन (एफपिओ) गर्न अनुमति दिएपछि सर्वसाधारणलाई मर्का परेको त छँदछ, दोस्रो बजारमा पनि लगानीकर्ता डुबाउने खेल सुरु भएको छ । दोस्रो बजारमा केही सीमित व्यक्तिले चलखेल गरी बुटबल पावरको सेयर मूल्य घट्न नदिने अभियानमा लागेका छन् ।

गृहिणीको पहुँचमा सेयर बजार

नेपालको सेयर बजारमा कस्तो–कस्तो आयआर्जन भएका व्यक्ति तथा परिवारले सेयरमा लगानी गर्न सकिन्छ र सेयरमा लगानी गर्नु फाइदा वा घाटाको अवस्था कस्तो छ ? सेयरमा लगानी गर्दा कस्ता–कस्ता जोखिम छन् वा छैनन् जान्न अब गाह्रो छैन । यहाँ थोरै भन्दा थोरै आम्दानी हुने र वचतमा रुचि हुने महिला तथा परिवारले पनि सेयर बजारमा लगानी गर्ने अवसर दिनदिनै बढिरहेको छ ।

दोलखावासीलाई तामाकोसीको घटीमा ३० देखि बढीमा ३०० कित्ता सेयर

अर्को वर्ष निर्माण सम्पन्न हुने बहुप्रतीक्षित चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजना निर्माण गरिरहेको अपर तामाकोसी हाइड्रोपावर कम्पनी लिमिटेडले दोलखाबासीलाई ३० देखि ३०० कित्तासम्म सेयर दिने भएको छ । कम्पनीले आयोजनाबाट अति प्रभावित, प्रभावित र कम प्रभावित गरी तीनवटा वर्गीकरण गरिएको छ । अति प्रभावितलाई बढी र कम प्रभावितलाई थोरै सेयर दिने कम्पनीको योजना छ ।

अपि पावरको आठ प्रतिशत बोनस सेयर

अपि पावर कम्पनी लिमिटेडले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर (कर बाहेक) दिने भएको छ । पुस ३० गते राजधानीमा भएको कम्पनीको १४औं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।

टेलिकमका सेयरधनीले पाए प्रतिसेयर ५५ रुपैयाँ लाभांश

नेपाल टेलिकमका सेयरधनीहरूले प्रतिसेयर ५५ रुपैयाँ नगद लाभांश पाउने भएका छन् । आइतबार टेलिकमले १०औं वार्षिक साधारण सभा सम्पन्न गर्दैै आर्थिक वर्ष २०७३÷७४ को मुनाफा रकममध्येबाट ५५ रुपैयाँ प्रतिसेयरका दरले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त सभाले कम्पनीको नियमावली संशोधन लगायतका विभिन्न प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्