१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

नक्कली सेयर कारोबार गर्ने तीन ब्रोकरलाई साढे २१ लाख जरिवाना

नेपाल धितोपत्र बोर्डले अग्रवाल र श्रीहरि सेक्युरिटिज प्रालिलाई हाइड्रोपावर कम्पनीहरुको नक्कली सेयर कारोबार प्रकरणमा १०–१० लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । सोही कसूरमा यी कम्पनीका कार्यकारी प्रमुखलाई जनही ५०–५० हजार रुपैयाँ जरिवाना गरेको बोर्डले जनाएको छ । सोही प्रकरणमा बोर्डले अर्को दलाल कम्पनी सिप्रवी सेक्युरिटिजलाई ५० हजार रुपैयाँ जरिवाना र यसका कार्यकारी प्रमुखलाई सचेत गराएको छ ।

प्युठानीले मागे बुटबल पावरको सेयर

आयोजना प्रभावित बासिन्दालाई बुटवल पावर कम्पनी लिमिटेड (बिपिसी)ले प्राथमिक सेयर निष्कासन (आइपिओ)  नगरेको भन्दै प्युठानका स्थानीयले सेयर माग गरेका छन् । गत साता आयोजना प्रभावितले सेयरको माग गर्दै पिपिसीको केन्द्रीय कार्यलय बुद्धनगरमा ज्ञापनपत्र बुझाएका थिए ।

‘कम्युनिष्टको बहुमतपछि सेयर बजार अस्तव्यस्त बनाउन खोजियो’

एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टको बहुमत ल्याएपछि सेयर बजार अस्तव्यस्त बनाउन खोजिएको बताएका छन्।  बिहीबार ब्रोकर कम्पनी तथा अन्य व्यवसायीहरूसँगको भेटमा ओलीले आफूलाई हाल ब्रोकरहरूलाई लगाउन खोजिएको भ्याटको बारेमा राम्ररी थाहा भएको बताउँदै सेयर बजारलाई अस्तव्यस्त बनाउन खोजिएको बताएका हुन् । उनले भने, ‘भ्याट आतंक सृजना गर्न खोजेको कुरापनि मलाई थाहा छ, निर्वाचन सम्पन्न भइसकेपछि पनि काम चलाउ बनेको सरकारले बजार अस्तब्यस्त बनाउन खोजेका छन्।’

सन्राइज बैंकको बोनस सेयर पारित

सनराइज बैंक लिमिटेडको प्रस्तावित १५ प्रतिशत बोनस सेयर पारित भएको छ । बैंकको सोमबार भएको १०औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्ताव पारित गरेको हो । सभाले पारित गरेबमोजिम बैंकले १५ प्रतिशत अर्थात एक अर्ब ६ करोड रुपैयाँ बोनस सेयर वितरण गर्ने छ । यसबाट बैंकको चुक्ता पुँजी आठ अर्ब रुपैयाँ नाघेको कम्पनीले जनाएको छ ।

सेयर बजारको संकेत

सामान्यतः निर्वाचनपछि सेयर बजारमा सकारात्मक परिवर्तन देखिने गरेकोमा यसपटक उल्लेख्य सुधार देखिएको छैन । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि लगातार तीन दिन घटेको सेयर बजार बल्ल चौथो दिन बुधबार केही बढेको छ । लगातार ओरालो लागेको सेयर बजार बुधबार उकालो लाग्दा लगानीकर्ताको मुहारमा थोरै चमक देखिए पनि खासै उत्साहप्रद भने देखिएन ।

चुनावपछि देखिएन सेयर बजारमा नयाँ रौनक

बाम गठबन्धनले प्रतिनिधि र प्रदेशसभामा बहुमत ल्याउने प्रस्ट संकेत देखिएका बेला सेयर बजार भने निरन्तर ओरालो लागेको छ । निर्वाचनपछिका दुई दिनमा सेयर बजार करिब नौ बिन्दुले ओर्लिएको छ ।

ब्रोकरबाटै सेयर धितो राखेर कर्जापाइने

सेयर धितो राखी बैंकबाट कर्जा लिँदै आएका लगानीकर्ताले अब बैंकसम्म धाउनु नपर्ने भएको छ । सेयर किनबेचमा सहजीकरण गर्ने ब्रोकर कम्पनीले नै सेयर धितो राखेर कर्जा दिन पाउने व्यवस्था धितोपत्र बोर्डले गरेपछि लगानीकर्तालाई बैंकसम्म पुग्नु नपर्ने भएको हो ।

सेयर बजारबाट एक वर्षमा दुई सय ४६ अर्ब गुम्यो

बैंकको चर्को ब्याज, अत्यधिक सेयर आपूर्ति, अस्थिर राजनीति लगायत कारण सेयर बजारबाट लगानीकर्ताले पछिल्लो वर्ष दुई खर्ब ४६ अर्ब रुपैयाँ गुमाएका छन् ।

सेयर बजार ओरालो लाग्ने क्रम रोकियो

केही दिनयता निरन्तर ओरालो लागेको सेयर बजारमा पछिल्ला दुई दिनमा सुधार आएको छ । मंगलबार ०.७४ बिन्दुले सुधार आएको सेयर बजार बुधबार ३.३६ बिन्दुले बढेको हो ।

मेगा बैंकले जारी गर्‍यो ६५ प्रतिशत हकप्रद सेयर

मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीका लागि हकप्रद शेयर निष्काशन गरेको छ। बैंकले मंगलबारबाट ६५ प्रतिशत हकप्रद शेयर जारी गरेको मेगा बैंकका सिइओ अनिलकेशरी शाहले जानकारी दिए।

सेयर बजार निरन्तर उकालो

लगानीयोग्य पुँजी अभाव हट्ने संकेत, बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश रकम घोषणा गर्ने समय नजिकिँदै गएको लगायत कारणले सेयर बजार मापक नेप्से निरन्तर उकालो लागेको छ। सेयर बजार करिब एक महिनायता निरन्तर रुपमा बढेको छ।  गत असार २० गते १५४१.२८ बिन्दुमा रहेको नेप्से सोमबार बढेर १६६७.९२ मा आइपुगेको छ।

व्यापार नगद, सेयर उधार

तीन वर्ष अघि फिल्म 'नाइ नभन्नू ल' को दोस्रो सिक्वेल बनाएका निर्माता तथा निर्देशक विकास आचार्यले फिल्मको समीक्षा छिटो पाए पनि फिल्म चलेवापतको सेयर पाउन भने झण्डै वर्ष दिन कुर्नुपर्‍यो।

शर्मामाथि खनिए कर्मचारी र सेयर सदस्य

अध्यक्ष एवम् महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा, सदस्यहरू पूर्वमन्त्रीद्वय दीनानाथ शर्मा र प्रदीप नेपालले न पत्रिकामा प्रकाशित समाचारको खण्डन गर्न सके न कर्मचारी र सेयर सदस्यले लगाएको आरोपको चित्तबुझ्दो उत्तर नै दिन सके।

१३ अर्ब बढीको हकप्रद सेयर आउँदै

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत विभिन्न १९ कम्पनीले हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्।

राजनीतिक अन्योलले सेयर बजार ओर्लियो

राष्ट्रिय जनता पार्टी (राजपा) ले दोस्रो चरणको निर्वाचनमा भाग नलिने र चुनाव बिथोल्न आमहडताल घोषणा गरेसँगै सेयर बजार ओरालो लागेको छ। राजनीतिक अन्योल बढ्ने सम्भावना देखेपछि लगानीकर्ता सेयर किन्नभन्दा बेच्नतिर लागे जसले गर्दा आइतबार बजार ओरालो लाग्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्