२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

विभागीय टिमकै वर्चस्व

इटहरीमा जारी दोस्रो सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगितामा शुक्रबार पनि विभागीय टोलीले जितलाई निरन्तरता दिएका छन्।

विभागीय टोलीको विजयी सुरुआत

दोस्रो सभामुख कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विभागीय टोलीले विजयी सुरुआत गरेका छन्। पुलिसले प्रदेश नम्बर ३ लाई, त्रिभुवन आर्मीले कर्णालीलाई तथा एपिएफले प्रदेश नम्बर ७ लाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेका हुन्।

सभामुख कप भलिबल बिहीबारदेखि

सभामुख कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको दोस्रो संस्करण आज बिहीबारदेखि इटहरीमा हुँदै छ। इटहरीमा पछिल्लो समय विशिष्ट व्यक्तित्वको नाममा ठूला खेलकुद प्रतिस्पर्धा हुने क्रममा सभामुख कप राष्ट्रिय भलिबल हुन लागेको हो।

सातै प्रदेशका सभामुखको भेला चितवनको सौराहामा

सातै प्रदेशका सभामुख, उपसभामुख र सचिवहरुको चितवनमा भेला भएको छ। प्रदेश नं ३ प्रदेशसभाको आयोजनामा अन्तर प्रदेशस्तरीय अनुभव आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो। सो भेलाको प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले उद्घाटन गरे।

संविधानसँग बाँझिएका २ सय कानुन संशोधन गर्न आग्रह

सभामुख कृष्णबहादुर महराले नेपालको संविधानसँग बाँझिएका कानुन तत्कालन संशोधन गर्न सरकारलाई आग्रह गरेका छन्।

तुलाधरकाे संघर्षशील जीवनकाे अनुसरण गर्न अावश्यक : महरा

सभामुख कृष्णबहादुर महराले आइतबार निधन भएका मानवअधिकारवादी तथा वामपन्थी राजनीतिज्ञ पद्मरत्न तुलाधरको निधनमा समवेदना प्रकट गरेका छन्।

प्रदेश ५ ले शान्ति र समृद्धिको नेतृत्व गर्छः सभामुख घर्ती

प्रदेश नम्बर ५ का सभामुख पूर्णबहादुर घर्तीले प्रदेश ५ ले शान्ति र समृद्धिको नेतृत्व गर्ने बताएका छन्। गणतन्त्र, संघीयता, लोकतन्त्र, शान्ति र समृद्धिका लागि विद्रोहको नेतृत्व गरेको प्रदेश र शान्तिका अग्रदूत गौतम बुद्ध जन्मेको प्रदेश भएकाले शान्ति र समृद्धिको नेतृत्व प्रदेश ५ ले गर्ने उनको भनाई छ।

नेपाली कामदारको पेशागत र भौतिक सुरक्षामा ध्यान दिन आग्रह

सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि साउदी अरबका कार्यवाहक राजदूत अब्दुलकरिम अल्सुलाइमनले शुक्रबार शिष्टाचार भेट गरेका छन्।

महिलाहिंसाबारे पाठ्यक्रम बनाउने तयारी

उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले समाजमा बढ्दै गएको महिलाहिंसा न्यूनीकरण गर्न विद्यालयस्तरका पाठ्यक्रमै हिंसाविरुद्धका पाठ समावेश गरिने सरकारी तयारी भइरहेको बताएकी छिन्।

जब मैदानमा उत्रियाे उर्जामन्त्रीकाे जाेडी (फाेटाे फिचर)

रोल्पा सदरमुकामस्थित कवर्ड हलमा पूर्वसभामुख ओनसरी घर्तीसंगै मन्त्री वर्षमान पुनले कार्यक्रमको उद्घाटन खेल खेलेका थिए। उर्जा मन्त्री बर्षमान पुन र रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीको विरुद्धमा पूर्वसभामुख ओनसरी घर्ती र जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढा भिडेका थिए। श्रीमान श्रीमती फरक फरक टिमबाट ब्याडमिन्टन खेलिरहेकाे दृश्य राेचक थियाे। याे दृश्यले हलमा खुसीयाली छाएको थियो।

नेपालमा चीन विरोधी गतिविधि हुँदैन : सभामुख महरा

सभामुख कृष्णबहादुर महरा र तिब्बत स्वशासित प्रदेशका कम्युनिष्ट पार्टीका सचिव यु यिंग्जेबीच भेटवार्ता भएको छ। चीन भ्रमणमा रहेका सभामुख महराले ल्हासामा सचिव यु यिंग्जेसँग शिष्टाचार भेटवार्ता गरेका हुन्।

तिब्बतमा सभामुख महराले भने : चीनविरुद्ध कुनै गतिविधि हुन दिँदैनौं

सभामुख कृष्णबहादुर महराले तिब्बतसँगको ऐतिहासिक, साँस्कृतिक सम्बन्धका कारण नेपाल–चीन सम्बन्ध प्रगाढ भएको बताएका छन्। चीनको स्वशासित क्षेत्र तिब्बतको संस्कृति तथा पर्यटन मन्त्रालयले तिब्बतको ल्हासामा आयोजना गरेको ‘चौथो चीन तिब्बत पर्यटन एवं साँस्कृतिक प्रदर्शन २०१८’ को उद्घाटन गर्दै सभामुख महराले तिब्बतसँगको सम्बन्धले चीन र नेपाल दुई देशबीचको ऐतिहासिक व्यापार मार्ग, संस्कृति आदानप्रदान तथा राजनीतिक संवादलाई जोडेको बताए।

नेपाल–अष्ट्रेलिया संसदीय मैत्री समूह घोषणा

संघीय संसद्ले विदेशस्थित नेपाली दूतावास भएका र नेपालमा आवासीय राजदूतावास रहेका मुलुकमा संसदीयमैत्री समूह गठनको प्रक्रिया शुरु गरेको छ। सभामुख कृष्णबहादुर महराले नेपाल–अष्ट्रेलिया संसदीयमैत्री समूहमा रहने सांसदको नाम घोषणा गरेर उक्त प्रक्रियाको शुभारम्भ गरेको हो।

‘भूमे दर्पण’ विमोचित

रूकुम (पूर्व)को भूमे गाउँपालिकाको पर्यटकीय जानकारी समेटिएको पुस्तक ‘भूमे दर्पण’ र तीनवटा वृत्तचित्र एकसाथ सोमबार राजधानीमा सार्बजनिक गरिएको छ। भूमे गाउँपालिकाद्वारा आयोजित कार्यक्रममा प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले सार्बजनिक गरेका हुन्।

सातै प्रदेशका सभामुख र उपसभामुखको राष्ट्रपतिसँग भेट

सातै प्रदेशका सभाभुख र उपसभामुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्। प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा र उपसभामुख शिवमायाँ तुम्बाहाम्फे सहित सातै प्रदेशका सभामुख र उपसभामुले राष्ट्रपति भण्डारीसँग सोमबार भेट गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्