९ आश्विन २०८१ बुधबार
image/svg+xml

किशोरी हत्याकाण्ड बारे सरकारलाई खबदारी

दैलेखको आठबिस नगरपालिका—८ खिड्कीज्युलामा बलात्कारपछि किशोरीलाई हत्या गरिएको विषयलाई लिएर प्रशासनलाई सत्य तथ्य छानविन गर्न माग गरेका छन् । कालिकोटका प्रमुख जिल्ला अधिकारी र दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई हत्या गरिएका किशोरीका आफन्त र जनप्रतिनिधिले ज्ञापनपत्र बुझाउदै खवदारी दिएका हुन्।

किशोरी बलात्कार अभियोगमा शिक्षक पक्राउ

१४ वर्षिया किशोरीलाई फकाई बलात्कार गरेको आरोपमा महोत्तरी प्रहरीले एक शिक्षकलाई पक्रेको छ। औरही गाउँ पालिका १ घर भएका २८ वर्षिया शिक्षक पेशासँग आवद्ध प्रमोद महतोलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरी प्रवक्ता डिएसपी दिपक पोखरेलले बताएको छ।

बदलामा किशोरी बलात्कार गर्न आदेश दिने पक्राउ

दाईले एक बालिका बलात्कार गरेको अभियोगमा बदला स्वरुप बहिनीलाई बलात्कार गर्न आदेश दिने २० जनालाई पाकिस्तानको मुल्तानबाट पक्राउ गरिएको छ।

यौन तथा प्रजनन्बारे खुलेरै कुरा गर्दछन् किशोरकिशोरी

महोत्तरी बर्दिवासका किशोरकिशोरीले यौन तथा प्रजनन् स्वास्थ्यबारे खुलेरै कुरा गर्न थालेका छन् ।

दुई महिना बित्दासमेत किशोरी हत्यामा संलग्न पत्ता लागेन

दुई महिना पुग्ना लाग्दा समेत खोटाङको लिच्कीराम्चे–८ की १७ वर्षीया किशोरी रिता तामाङको हत्यामा संलग्न दोषी पत्ता लाग्न सकेको छैन। गत माघ २६ गते बुधबार छिमेकी गाबिस सिमपानी–७ स्थित कुसेऔंशी जंगलमा बिभत्स हत्या गरिएको अवस्थामा फेला परेकी रिताको हत्यामा संलग्न दोषी हालसम्म पत्ता लाग्न नसकेको हो।

वेलायतमा ११ वर्षीया किशोरी आमा बन्दै

वेलायतमा एघार वर्षीया एक किशोरी आमा बन्दैछिन्। उनी वेलायतकी सबैभन्दा कान्छी आमा हुनेछिन्। प्रहरीका अनुसार बच्चाका पिता पनि नाबालिग छन्।

१७ वर्षीय किशोरीको हत्या आरोपमा ५ पक्राउ

खोटाङको लिच्कीराम्चे–८ की १७ वर्षीया रिता तामाङको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका ५ जनाबिरुद्ध म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ।

ट्याङ्करले ठक्कर दिँदा किशोरीको घटनास्थलमै मृत्यु

पूर्वी चितवनको खैरहनीस्थित चैनपुरमा तेल बोक्ने ट्याकरको ठक्करबाट बुधबार एक किशोरीको मृत्यु भएको छ।

सर्वनाममा थारु किशोरीको सपना

पश्चिम तराईका थारु गाउँमा लोकप्रिय सखिया नाच्ने प्रचलन छ। गाउँका किशोरी मजुरासँगै मादलको तालमा सखिया नाच्छन्। गाउँमा त्यस्ता पनि परिवार छन् जसका छोरी सखिया नाच्नबाट वञ्चित हुन्छन्। नाच्नका लागि चाहिने मजुरा र भुरभुरा नहुँदा निम्न वर्गीय परिवारका छोरी नाच्न पाउँदैनन्।

किशोर–किशोरी निर्धक्कसँग यौनका कुरा गर्न थाले

बैतडी सिद्धेश्वरका किशोर–किशोरी निर्धक्क यौनका विषयमा छलफल गर्न लजाउँदैनन्। सिद्धेश्वर स्वास्थ्य चौकीमा किशोर–किशोरीमैत्री छुट्टै कक्षको स्थापना गरी परामर्श दिन थालेपछि विद्यालय उमेरका किशोर–किशोरी खुलेर यौन एवम् किशोरावस्थामा शरीरमा हुने परिवर्तनका विषयमा कुरा गर्न थालेका हुन्।

जीप दुर्घटनामा १५ किशोरकिशोरी घाईते

बोलेरो जीप दुर्घटना हुँदा खोटाङमा १५ किशोरकिशोरी घाईते भएका छन्। सिमपानीबाट यात्रु लिएर रसुवाघाट जानेक्रमममा बा १३ च ३६१७ नम्बरको जीप लिच्कीराम्चे–८ अम्बेटारमा दुर्घटना हुँदा १९ वर्षमुनिका १५ किशोरकिशोरी घाईते भएका प्रहरी चौकी सिम्पानीका प्रहरी हवल्दार रामउदगार महतोले बताए।

अभिभावक अगाडि राखेर किशोरीले भने,‘बालबिवाह गर्दैनौं’

सेखौना–३ की १४ वर्षीया रुवीकुमारी पासवान आमा गीतादेवी संगै प्रमुख जिल्ला अधिकारी प्रदिपराज कंडेल समक्ष आएर २० वर्ष पछि मात्र विवाह गर्ने प्रतिबद्धता जनाएपछि उपस्थित सर्वसधारणले थपडी बजाएर स्वागत गरे।

चिसोले किशोरीसहित तीनको मृत्यु

शीतलहर थेग्ने न्यानो लुगा अभावमा आइतबार राति १३ वर्षीयाकिशोरीले ज्यान गुमाएकी छिन्। सप्तरी,हनुमाननगर–योगिनिमाई नगरपालिका‘टापु गाउँ’ गोबरगाढाकीमुनचुन मुखियापुत्री १३ वर्षीयावन्दनकुमारीको न्यानो कपडा अभावले मृत्यु भएको हो।

मर्निङवाकमा निस्केकी किशोरीको सामूहिक बलत्कार

मर्निङवाक निस्केकी एक किशोरीलाई अज्ञात समूहले शुक्रबार बलत्कार गरेका छन्। नेपाली सेनामा भर्ति हुनका लागि शारीरिक व्याम गर्न मर्निङवाक निस्केकी उनलाई तीनजना युवाले समूहिक बलत्कार गरेका प्रहरीमा दिएको वयानमा उल्लेख छ।

२१ वर्षीया किशोरीको छाउपडी गोठमा मृत्यु

अछाम जिल्लाको तिमिल्सैन गाविस वडा नम्बर ७ की एक किशोरीको छाउपडी गोठमा मृत अवस्थामा भेटिएकी छन्। २१ वर्षीया डम्बरा उपाध्यायको गए राति गोठमा सुतेको अवस्थामा मृत अवस्थामा भेटिएको स्थानीयले जनाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्