९ आश्विन २०८१ बुधबार
image/svg+xml

रसुवागढी नाकाबाट २१ जना किशोरी घर फर्काइयो

रोजगारीको लागि चीनको केरुङ जान लागेका २१ जना किशोरीलाई माइती नेपालले नाकाबाटै घर फर्काएको छ।

किशोरीलाई करणी गर्ने सूर्यबहादुरलाई सात वर्ष कैद

आफ्नै घरमा आश्रय लिएर बसेकी १५ वर्षीया किशोरीलाई करणी गर्ने लालीगुराँस नगरपालिका–२ का सूर्यबहादुर सार्कीलाई जिल्ला अदालत तेह्रथुमले सात वर्ष कैदको फैसला सुनाएको छ।

किशोरीलाई गर्भवती बनाउने प्रहरीलाई सफाइ

पाँचथरकी एक किशोरीलाई गर्भवती बनाउने प्रहरी सहायक निरीक्षकले सफाइ पाएका छन्।  फाल्गुनन्द गाउँपालिका–१ स्थित नवमीडाँडा प्रहरी चौकीका इञ्चार्ज बलबहादुर ठटाललाई जिल्ला अदालतको फैसलामा सफाइ दिइएको हो।

पोषिलो आहार नपाउँदा किशोरीमा रक्तअल्पता बढ्यो

बैतडीमा गर्भवती महिला र किशोरीमा रक्तअल्पता बढ्दै गएको छ । प्रजनन उमेर समुहका महिला, किशोरी, गर्भवती आमा र बच्चामा रक्तअल्पता बढ्दै गएको तथ्याङ्क सार्वजनिक भएको छ । बैतडीका २८ हजार किशोरीमध्ये ४३ प्रतिशतमा रक्तअल्पता रहेको तथ्याङ्कले देखाएको छ।

किशोरी अवस्थामै पाठेघरको समस्या

नेपालको संविधानले २० वर्ष पूरा भएपछि मात्र महिलाको विवाहका लागि कानूनी मान्यता दिएको छ। नेपालको सन्दर्भमा यो उमेरका महिला सन्तान जन्माउन पनि शारीरिक रुपमा सक्षम हुन्छन् । तर, पोषिला खानेकुराको अभाव र शारीरिक कमजोरीका कारणले विवाहित र बच्चा जन्माएका आमाको मात्र होइन, अविवाहितको समेत पाठेघर खसेको भेटिन्छ।

किशोर–किशोरीलाई कसरी बुझ्ने ?

धेरैजसो किशोर–किशोरी बाल्यावस्थाबाट किशोरावस्थामा प्रवेश गरेपछि पहिलेको भन्दा फरक किसिमको बानी व्यवहार देखाउन थाल्छन् । जस्तो कि तपाईंसँग नजिक हुने ती छोराछोरी उमेर बढेसँगै टाढिँदै जान्छन् ।

बलात्कारपछि किशोरीलाई जिउँदै जलाएर हत्या

भारतको झारखण्ड राज्यकी एक किशोरीलाई सामूहिक बलात्कारपछि जिउँदै जलाएर हत्या गरिएको छ।

प्लान इन्टरनेशनल किशोरी शिक्षा र स्वास्थ्यमा केन्द्रित हुने

प्लान इन्टरनेशनलले नेपालमा ४० वर्ष पुरा गरेको छ। उसले आफ्ना आगामि ५ वर्ष किशोरी शिक्षा र स्वास्थ्यमा केन्द्रित हुने जनाएको छ।

बीस वर्ष नपुगेका किशोरीको दुई घरबार, दुई श्रीमानबाट दुई सन्तान

एकातिर रोल्पा जिल्लालाई बालविवाह मुक्त जिल्ला घोषणाका लागि अभियान थालिएको छ भने अर्कोतिर बालविवाह न्यूनीकरण हुन सकिराखेको अवस्था छैन।

किशोरी स्टार्सको उदय

वर्षको पहिलो ग्रान्ड स्लाममा नयाँ किशोरी स्टारको उदय भएको दिन बुधबार उपाधिका दाबेदारद्वय क्यारोलिन ओज्नियाकी र इलिना स्यिटोलिना अस्ट्रेलियन ओपनमा स्तब्धतापूर्ण नतिजाको सिकार हुनबाट जोगिए।

नेपाली किशोरीहरु बंगलादेशमा

महिला साफ यु–१५ च्याम्पियनसिप खेल्न नेपाली टोली शुक्रबार बंगलादेश पुगेको छ । गंगा गुरुङको प्रशिक्षणमा रहेको नेपालले आइतबार आयोजक बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । त्यसपछि नेपालले मंगलबार भारत र बिहीबार भुटानसँग खेल्नेछ ।

सुर्खेतमा किशोरी आमाहरु बढ्दै, ज्यान जोखिममा

सुर्खेतमा किशोरी आमाको संख्या बढ्दै गइरहेको पाइएको छ। बालविवाहका कारण किशोरी आमाको ज्यान जोखिममा पर्ने गरेको छ। उमेर नपुग्दै विवाह गर्नाले बच्चा जन्माउने क्रममा विभिन्न स्वास्थ्य समस्या आउने भएपछि किशोरी आमाको ज्यान जोखिममा परेको हो।

गर्भपतन गराउनेमा २० वर्षमुनिका किशोरी धेरै

सीमा राना (नाम परिवर्तन) अहिले २० वर्षकी भइन् । उनी काठमाडौँकै एक कलेजमा स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन्।  थापाथलीस्थित प्रसुति गृहमा भेट हुँदा उनी गर्भपतनका लागि आएकी थिइन् । अविवाहित उनले केटा साथीले परिवार नियोजनको साधन प्रयोग गर्न नमानेकाले गर्भ रहेको बताइन् ।  सीमा मात्र होइन काठमाडौँका विभिन्न क्लिनिकमा दिनहुँ जसो स्कुल÷कलेजका किशोरी असुरक्षित सम्बन्धपछि रहेको गर्भ फाल्नका लागि आउँछन्।

३ सय रेडियोमा किशोरीद्धारा बहसमूलक कार्यक्रम

छैटौं अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा नेपालमा ३ सय किशोरीले सामुदायिक रेडियोमा नयाँ भूमिकामा निर्वाह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्