९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

रसुवागढी नाकाबाट २१ जना किशोरी घर फर्काइयो

चीनको व्यापारिक क्षेत्र केरुङ बजार। तस्बिर : नागरिक

रसुवा – रोजगारीको लागि चीनको केरुङ जान लागेका २१ जना किशोरीलाई माइती नेपालले नाकाबाटै घर फर्काएको छ।

नौ महिनामा संस्थाले वेचविखनको जोखिमलाई मध्यनजर गर्दै २१ जना किशोरीलाई घर फिर्ता गरेको हो। २०१७ सेप्टेम्बरदेखि २०१८ मेसम्ममा उनीहरुरूलाई घर फिर्ता गर्नुका साथै ८ सय ४१ किशोरीलाई परामर्श दिएको छ।

वेचविखनमा परेका नभई अभिभावक बिना केरुङ जान लागेका किशोरीलाई घर फिर्ता गरेको माइती नेपाल रसुवाकी संयोजक सुभद्रा भण्डारीले जानकारी दिइन्। माइती नेपालले शनिबार सदरमुकाम धुन्चेमा आयोजा गरेको बदलिँदो बेचविखन र लैङ्गिक हिंसा सम्बन्धी सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा भण्डारीले नाका सञ्चालनमा आएसँगै वेचविखनको जोखिम बढ्दै गएको बताइन्।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार रसुवा लगायत छिमेकी जिल्लाहरू नुवाकोट, धादिङ, सिन्धुपाल्चोक लगायतका क्षेत्रबाट कामका लागि केरूङ पुगेका छन्।

चीन प्रवेश गर्नका लागि रसुवाबासीलाई पास उपलब्ध गराउने भएकाले बढ्दो जोखिम न्यूनीकरणका लागि माइती नेपालको समन्वयमा कार्य गरिरहेको प्रहरी नायव उपरिक्षक शरतकुमार थापा क्षेत्रीले बताए। जनचेतना फैलाउने, परामर्श गर्ने र अभिभावकबिना पुगेकालाई फर्काउने गरेको क्षेत्रीको भनाई छ।

जिल्लाको यार्सा, राम्चे, सरमथली, हाकु, थुमन डाँडागाँउ लगायतका क्षेत्रका किशोरी केरूङको होटलमा कार्यरत छन्।  जिल्लावासीलाई चीन प्रवेशका लागि सहज वातावरण भएकाले पनि जाने क्रम बढ्दो छ।

मानव वेचविखनको न्यूनीकरणको लागि माइती नेपालले रसुवागढी नाकामा हेल्प डेक्स स्थापना गरेर परामर्श दिँदै आएको छ। ‘नाका सुचारु भएपछि केरुङमा काम गर्न जानेको संख्या बढ्दै गएको छ, संयोजक भण्डारीले भनिन्, हामीले फिर्ता गरेका किशोरी पछि अभिभावक लिएर जाने गरेका छन्।’रसुवागढी नाका सञ्चालनमा आएसँगै रसुवाबाट चीनको व्यापारिक शहर केरूङमा रोजगारीका लागि जाने नेपाली किशोरीको संख्या बढेको छ।

केरूङ जानका लागि खर्च कम लाग्ने र पासर्पोट वनाउने झन्झट वेर्होन नपर्दा उनीहरू खाडीका देशहरू र मलेसियाको साटो केरूङतिर आकर्षित हुन थालेका जान थालेका छन्। केरूङमा सञ्चालित होटलमा काम गर्नका लागि रसुवा लगायत छिमेकी जिल्लाबाट समेत जाने गरेका छन्।

होटलमा काम गर्ने युवतीहरूले त्यहा १५ हजारदेखि २५ हजारसम्म मासिक पारिश्रमिक पाउने गरेका केरूङमा कार्यरत शान्ति तामाङले बताइन्। तामाङका अनुसार नेपाली तथा चिनियाँ होटलमा न्यूनतम तीन जनादेखि सात जनासम्म नेपाली किशोरीले काम गरिरहेका छन्।

प्रकाशित: १९ जेष्ठ २०७५ ०९:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App