९ आश्विन २०८१ बुधबार
image/svg+xml

पढ्ने उमेरमा काखमा छोेराछोरी

एक छोरा र दुई छोरीकी आमा सानुकान्छी चेपाङ २१ वर्षकी भइन्। ३ वर्षको उमेरमा भागेर बिहे गरेकी बेनिघाट रोराङ गाउँपालिका–१ चिम्माङकी उनको दैनिकी अहिले काखे बच्चा स्याहार र घरधन्दामा बित्छ। ‘१३ वर्षको उमेरमा ख्यालख्यालमै भागियो, सानैमा बच्चा जन्मिएपछि निकै गाह्रो भयोे,’ उनले भनिन्, ‘सानैमा विवाह गरियो, अहिले पढ्न मन लाग्छ तर कामधन्दा कसले गरिदेओस्, अब मेरो भाग्य यस्तै हो भन्ने लाग्छ।’

किशोरी समानताका लागि अभियान

प्लान इन्टरनेशनलको विश्वव्यापी सामाजिक अभियान गल्स गेट इक्वेल नेपालका पाँचवटा प्रदेशमा कार्यक्रम गरी शुरुवात गरिएको छ। अन्तराष्ट्रिय महिला दिवसको अवसरमा सुनसरी, रौतहट, मकवानपुर, बाग्लुङ र बाँकेमा आयोजित कार्यक्रममा किशोरीका लागि समान शक्ति प्रदान गर्नु पर्ने सन्देश सहित अभियान शुरु भएको हो।

होलीको सामान किनिदिने प्रलोभनमा सामूहिक बलात्कार, आरोपी फरार

जबरजस्तीकरणी हुनबाट रौतहटमा एक किशोरीलाई प्रहरीले उद्धार गरेको छ। रौतहट गुजरा नगरपालिका २ स्थित जंगलमा तीन अपरिचित किशोरले १४ वर्षीया किशोरीलाई जबरजस्तीको प्रयास गरेका थिए।

दुर्व्यवहार सहेर बसेका त छैनन् किशोर/किशोरी?

अपराधबिनाको समाज कल्पना गर्न सकिँदैन। समाजमा अपराध हुन्छन् तर यसलाई न्यूनीकरण गर्न भनेसम्भव छ। त्यसका लागि विद्यमान कानुनबारे जानकार भइयो भने पनि धेरै हदसम्म आफू दुव्र्यवहारबाट बच्न सकिन्छ र केही हदसम्म अरुलाई पनि बचाउन सकिन्छ।कानुनको अनविज्ञता क्षम्य हुँदैन भनिन्छ। त्यसैले कानुन सबैले जान्नु आवश्यक हुन्छ।को समाज कल्पना गर्न सकिँदैन। समाजमा अपराध हुन्छन् तर यसलाई न्यूनीकरण गर्न भनेसम्भव छ। त्यसका लागि विद्यमान कानुनबारे जानकार भइयो भने पनि धेरै हदसम्म आफू दुव्र्यवहारबाट बच्न सकिन्छ र केही हदसम्म अरुलाई पनि बचाउन सकिन्छ।कानुनको अनविज्ञता क्षम्य हुँदैन भनिन्छ। त्यसैले कानुन सबैले जान्नु आवश्यक हुन्छ।

निभा र किरणले आत्महत्या गरेको आशंका

‘हामीलाई माफ गरिदिनू, तपाईंहरूको सपना हामीले पूरा गर्न सकेनौं, सरी !’ सिमापारि रक्सौलनजिकैको कंगना ढालानजिक आइतबार रेलको लिकमा मृत अवस्थामा फेला परेका दुई किशोरीको कोठामा भेटिएको ‘सुसाइड नोट’को अन्तिम वाक्य हो यो।

किशोरीका दुःख

दउडैदउडा मिलेर बनेको गाउँ। यो दउडो कति पुस्ताबाट यसरी मिलाएर बस्न लागेको हो थाहा छैन। सबै एकै खाले छन्। उही ढुंगाको बान्नु, उही सल्लाको दरभराइनाले बनेका छर। कर्णाली सेरोफेरोमा लेखिएको बखतबहादुर शाहीको उपन्यास ‘छोट्टी’ विषयवस्तु, भाषाशैली र परिवेशका हिसाबले फरक स्वादको छ। छोट्टी अर्थात किशोरीले भोगेका शारीरिक, मानसिक र सामाजिक पीडा उपन्यासका विषय हुन्।

साहूको ऋणमा थिचिएको जीवन । मर्ने इच्छा छैन ।

जो धेरै बाच्न चहान्छन् । जो साहुको ऋण तिर्न नसकेर शरिर साट्न चहादैनन् । जो भोट पछिको नोट होइन । अवसर खोजीरहेका छन् ।

छाउपडी : केही अनुभव, केही सुझाव

महिनावारी हुँदा महिला तथा किशोरीलाई सधैँ बस्दै आएको घरमा बस्न नदिई घरभन्दा बाहिर अलग्गै स्थानमा बस्न बाध्य बनाउने कुरीति वा कुप्रथा नै सामान्य भाषामा ‘छाउपडी’ हो। खासगरी महिनावारीको यस अवस्थामा घरभन्दा बेग्लै महिला वा किशोरीका लागि बस्न बनाइएको सुविधाविहीन वासस्थानलाई नै ‘छाउघर’ वा ‘छाउगोठ’का रूपमा बुझिन्छ। महिनावारी भएको अवस्थामा घरमा बस्दा देउता रिसाउने र यसको कारण अन्नबाली बिग्रने, पशु—चौपायालाई हानि—नोक्सानी पुग्ने, आपूm मात्र नभएर परिवारका सदस्यहरूसमेत बिरामी पर्ने जस्ता कुतर्कहरू यसको पछाडि विद्यमान छन्।

उमेर नपुग्दै आमा

कानुनले बाल विवाहलाई बर्जित गरे पनि हुम्लामा भने प्राय उमेर नपुग्दै किशोरीहरु विवाह गर्ने र कलिलै उमेर आमा बन्दै आएका छन्। बाल विवाह गर्नु कानुन विपरित भए पनि यसको वेवास्ता गर्दै यहाँ बाल विवाह रोकिएको छैन्।

उद्यमी बन्दै मकवानपुरका किशोरी

गाउँमा गठित किशोरी समूहलाई घुम्ती कोषका लागि रकम उपलब्ध गराइएपछि किशोरीहरु उत्साही भएका छन्। किशोरी समूहलाई घुम्ती कोषका लागि एक लाख रुपैयाँको चेक हस्तान्तरण गरिएपछि किशोरीहरु योजना निर्माणमा लागेका छन्।

किशोरी केरुङ लान गिरोह सक्रिय

चीनको स्वशासित क्षेत्र तिब्बतस्थित केरुङ बजारमा जान कडाइ गरिएपछि दलालले यसको फाइदा उठाउन थालेका छन्। उमेर नपुगेका, अभिभावकबिना जाने तथा बाहिरी जिल्लाका किशोरीलाई केरुङ जान रोक लगाइएपछि दलाल सक्रिय भएका हुन्। केरुङमा किशोरी लैजान गिरोह सक्रिय भएको माइती नेपालले जनाएको छ।

यात्रामा रम्दै, सिक्दै युवतीहरु...

यात्राबाट किशोरीहरुलाइ शशक्तीकरण गर्ने भनेको सुन्दा तपाइ हामीलाइ केहि अचम्म पनि लाग्न सक्छ । यात्रा त तपाइ हामी सबैले गर्ने गर्दछौ । तर शशक्त हुने तरिकाले कतिले गरेका होलान् ? समान्य सोच, समान्य योजना र समान्य किशोरीहरु । यस्तै समान्य हुँदा हुदै कहिले काहि विशेष बन्ने गर्दछ ।

छैन जानकारी पहिलो महिनावारी

पछिल्लो जनगणनाअनुसार १० देखि १५ उमेर समूहका ३० लाख किशोरी रहेका छन्। तीमध्ये अधिकांशलाई पहिलो पटक महिनावारी हुँदा के हुन्छ ? भन्ने जानकारी छैन।

बर्दियामा सामूहिकरुपमा किशोरी बलात्कृत, दुई भारतीय पक्राउ

बढैयाताल गाउँपालिकामा बसोबास गर्ने साबित्रा (नाम परिवर्तित) दिनहुँ जस्तै गरी आईतवार साँझ घर नजिक बाख्रा चराउन हिँडेकी थिईन। घरदेखि ५ सय मिटरको दुरीमा  नजिकको अडहर बारी र लिस्टिकका बिरुवा रोपिएको ठाउँमा बाख्रा चराउन जान थालेको करिब एक महिना  भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्