९ मंसिर २०८१ आइतबार
image/svg+xml

उपराष्ट्रपति यूएनको विशेष समारोहमा सहभागी

अष्ट्रिया भ्रमणमा रहनु भएका उपराष्ट्रपति नन्दबहादुर पुन भियना अन्तर्राष्ट्रिय केन्द्रको ४० औं वार्षिकोत्सवको अवसरमा संयुक्त राष्ट्र संघद्वारा आयोजित विशेष समारोहमा सहभागी हुनु भएको छ। स्थानीय समयअनुसार सोमबार साँझ भएको सो समारोहमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत लगायत सहभागी भए।

अष्ट्रियाका राष्ट्रपति बेलेन र उपराष्ट्रपति पुनबीच भेटवार्ता

उपराष्ट्रपति नन्दबहादुर पुनले अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनसँग शिष्टाचार भेट गरेका छन्। राष्ट्रपति भवन होफवर्गमा भएको भेटमा दुई देशको सम्बन्ध र आपसी सहयोग तथा सहकार्यका विभिन्न विषयमा छलफल भएको छ।

उपराष्ट्रपति र सेनालाई नारायणहिटी संग्रहालयका गाडी, मर्मतमै तीन करोड खर्च

संविधानसभाको पहिलो बैठकले दुई सय ४० वर्ष लामो राजतन्त्र अन्त्यसँगै तत्कालीन सरकारले ‘नारायणहिटी राजदरबार’लाई नारायणहिटी दरबार संग्रहालयमा परिणात ग¥यो। योसँगै ऐतिहासिक सम्पदा बनिसकेको नारायणहिटी दरबारका सबै संरचनाहरू संरक्षित हुँदै राजतन्त्रका विषयमा अध्ययन गर्ने थलो बन्न पुगे। तर, तत्कालीन राजा ज्ञानेन्द्र शाह, रानी कोमलसहित राजपरिवारका सदस्यहरूले प्रयोग गरेका ११ वटा बुलेटप्रुफ गाडी भने त्यहाँ छैनन्।। पुराना गाडीहरू भने उचित संरक्षण गरेर संग्रहालयमै राख्नुपर्ने ऐतिहासिक महŒव बोकेका सवारीसाधन सरकारी निर्णयबाटै उपराष्ट्रपति नन्दबहादुर पुन र नेपाली सेनालाई हस्तान्तरण गरिएको छ। संग्रहालयको सम्पत्ति भोगविलास प्रयोजनका लागि उपराष्ट्रपति र सेनालाई दिने सो सरकारी कदमको संस्कृतिविद्हरूले आलोचना गरेका छन्। पाँच वर्षअघि मात्रै राजा वीरेन्द्रले प्रयोग गर्ने बुलेटप्रुफ मर्सिडिज गाडी नेपाल प्रहरीलाई दिइएको थियो।

भ्रष्टाचार जनस्तरबाट समाप्त पार्नुपर्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले सीतालाई महान नारीको संज्ञा दिएका छन्। रामायणको पात्र सीताको त्याग र समर्पणले उनलाई विश्वमा महान नारीको रुपमा स्थापित गराएको बताउँदै उपराष्ट्रपति पुनले आदर्श, त्याग, समर्पण, तपस्या, सतित्व र मातृत्व वात्सल्यका कारण माता सीताको आदर्श विश्वमा स्थापित भएको बताए।

उपराष्ट्रपति पुनको निवास अब 'ग्रीनहाउस’मा

उपराष्ट्रपति नन्दबहादुर पुनले निवास सरेका छन्। बुधबार उनले अहिले बस्दै आएका गैह्रीधारास्थित सरकारी निवासबाट लैनचौरस्थित उपराष्ट्रपतिको भवन ‘ग्रीनहाउस’मा सरेका हुन्।

उपराष्ट्रपतिका पिता रामसुर भन्छन्- ‘माइलो छोराको डेरा कारागार जस्तै’

चैतको पहिलो हप्ता रोल्पाको राङ्सी भनभने पुग्दा यस्तै थियो दृश्य। थवाङ, मिरुल, कुरेली, इरिवाङ, चुनवाङ हुँदै फर्कँदै थिएँ। शहीद मार्गमै पर्ने चप्काबाट १५÷२० मिनेट उकालो चढेपछि राङ्सी भनभने पुगियो।  यो त्यहीँ ठाउँ हो, जहाँ उपराष्ट्रपति नन्दकिशोर पुन (पासाङ) का पिता रामसुर पुन अहिले पनि एक्लै बस्छन्। यी दुई घर कुरेर। एउटा घरमा आफैँ बस्छन्। सधैँजसो बन्द हुने अर्को घर उनै उपराष्ट्रपति पुनको हो।

नेपालमा लगानीकाे वातावरण बनेको छः अमेरिकी राजदूत

उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि अमेरिकी राजदूत रेण्डी डब्लु बेरीले शिष्टाचार भेट गरेका छन्। बुधबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय बहादुर भवनमा भएको भेटमा उपराष्ट्रपतिले नेपाल र अमेरिकाको सम्बन्ध प्रगाढ रहेको बताए। उनले दुई देशबीचको सम्बन्धलाई अझै घनिष्ठ बनाउनुपर्नेमा जोड दिए।

मौलिकता नरहे पहिचान गुम्न सक्छ : उपराष्ट्रपति पुन

अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले मौलिकता नरहे पहिचान गुम्न सक्ने खतरा रहेको बताएका छन्।

उपराष्ट्रपतिसँग साउदी राजदूतको भेट

उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि साउदी अरबियाका नवनियुक्त राजदूत मुसद बिन सुलेमान अल मारवानीले शिष्टाचार भेट गरेका छन्। मंगलबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेर राजदूत मारवानीले उपराष्ट्रपतिसँग शिष्टाचार भेट गरेका हुन्।

आजबाट हिमालयन हाइड्रो एक्स्पो

हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन शुुक्रबार (आज) हुने भएको छ। भृकुटीमण्डपको प्रदर्शनीस्थलमा ११ बजे उपराष्ट्रपति नन्दबहादुर पुनले एक्स्पो उद्घाटन गर्ने आयोजकले जनाएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट मेनेजमेन्ट सर्भिसेज प्रालिले संयुक्त रुपमा आयोजना गर्न लागेको दोस्रो संस्करणको एक्स्पोको तयारी पूरा भएको छ।

आप्रवासी कामदारका बारेमा एकअर्काबाट सिक्न सकिन्छ

फिलिपिन्सकी उपराष्ट्रपति मारिया लेनोर रोब्रेडो एसिया प्यासिफिक समिट २०१८ मा भाग लिन यति बेला काठमाडौंमा आइपुगेकी छन्। नागरिकका प्रधानसम्पादक गुणराज लुइँटेल र रिपब्लिकाका सम्पादक सुबास घिमिरेले उनीसँग नेपाल र फिलिपिन्सबीचको आर्थिक सहयोगलगायतका सामयिक विषयमा शुक्रबार साँझ गरेको कुराकानी।

रारा तालमा उपराष्ट्रपति पुनको 'बोटिङ' (फोटो फिचर)

उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध नेपाल बन्नका लागि समृद्ध कर्णाली बन्नुपर्ने बताएका छन्। प्राकृतिक स्रोत साधनले सम्पन्न कर्णाली प्रदेशलाई समृद्ध बनाउन सके नेपाल आफै समृद्ध बन्ने उनको भनाई छ।

जुम्ला कर्णाली प्रदेशको मेडिकल हब बन्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले जुम्ला कर्णाली प्रदेशको मेडिकल हब बन्ने बताएका छन्। उनले आर्थिक, सामाजिक, सास्कृतिक, पर्यटनका हिसावले सम्पन्न कर्णाली पछिल्लो समयमा स्वास्थ्यका क्षेत्रमा फड्को मार्दै गईरहेको बताए।

सरकारको प्रष्टीकरण : राष्ट्रपतिलाई १८ करोडको एउटै गाडी होइन

सरकारले राष्ट्रपति र उपराष्ट्रपतिलाई उपलवव्ध गराउन लागेको आवास तथा सवारी साधानबारे गरिएका प्रचार लोकतन्त्रलाई कमजोर बनाउने किसिमबाट भएको बताएको छ।

उपराष्ट्रपति पुनले लगाए भाइटीका

उपराष्ट्रपति नन्दबहादुर पुनले भाइटीका लगाएका छन्। उनले शुक्रबार बिहान ११ः५५ बजे उपराष्ट्रपति निवास कपुरधारामा भाइटीका लगाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्