९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

उपराष्ट्रपति यूएनको विशेष समारोहमा सहभागी

भियना- अष्ट्रिया भ्रमणमा रहनु भएका उपराष्ट्रपति नन्दबहादुर पुन  भियना अन्तर्राष्ट्रिय केन्द्रको ४० औं वार्षिकोत्सवको अवसरमा संयुक्त राष्ट्र संघद्वारा आयोजित विशेष समारोहमा सहभागी हुनु भएको छ। स्थानीय समयअनुसार सोमबार साँझ भएको सो समारोहमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत लगायत सहभागी भए।

भियना अन्तर्राष्ट्रिय केन्द्र संयुक्त राष्ट्रसंघको तेस्रो ठूलो कार्यालय हो। सो केन्द्र स्थापना भएको ४० औँ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमलाई संबोधन गर्दै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुट्रेसले संयुक्त राष्ट्र संघ आफ्नो लक्ष्यमा दृढ् भएर लागेको बताए। उनले विश्वको शान्तिका लागि भईरहेका प्रयासलाई सार्थक बनाउँदै लैजाने र दिगो विकासका लक्ष्यहरु प्राप्तीका कार्यहरुलाई प्रभावकारी बनाउदै लैजाने बताए।

उपराष्ट्रपति पुन अष्ट्रियाका चान्सलरले सोमबार आयोजना गरेको रात्री भोजमा सहभागी भएका थिए। उनको साथमा वनमन्त्री बस्नेत सहभागी भए। 

उपराष्ट्रपति पुन आज (मंगलबार) आर–२० विश्व शिखर सम्मेलनमा सहभागी भएर नेपालको धारणा राख्ने छन्।

 

प्रकाशित: १४ जेष्ठ २०७६ ०४:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App