२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

इराकको  हमलामा १५को मृत्यु, ४८ घाइते

इराक राजधानी बगदादमा भएको एक आत्मघाती हमलामा परी कम्तिमा १५ जनाको मृत्यु भएको छ  भने ४८ जना घाइते भएका छन् ।

बस र ट्रक ठोक्किदा कम्तिमा १२ जनाको मृत्यु

अमेरिकाको टेक्सास प्रदेशमा एउटा चर्च बस र ट्रक बुधबार एक आपसमा ठोक्कीदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् ।

जिशिका इलामको सामान बोकेको गाडी दुर्घटना, एकको मृत्यु

मेची राजमार्गको गोदक खण्डमा बुधबार दिउँसो सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। गुडिरहेको गाडी भित्तामा जोतिएर भएको दुर्घटनामा सहचालक २० वर्षीय रञ्जित सुब्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

फ्रान्सको खोलामा डुबेर नेपाली विद्यार्थीको मृत्यु

फ्रान्सको राजधानी पेरिससँगै जोडिएको ओभरभेले कृत्रिम खोलामा डुबेर एक नेपाली विद्यार्थीको मृत्यु भएको छ। काठमाण्डौं गोठाटार घर भएका सन्तोष दाहाल गत सेप्टेम्बर १७, २०१५ मा अध्ययनको लागि डेनमार्कको राजधानी कोपनहेगनको नेल्सबर्ग कलेजमा आएका थिए।

करेन्ट लागेर एकको मृत्यु

मोरङको मझारे–२ मा मंगलबार बेलुका करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मझारे–२ का ३५ वर्षीय दिपेन्द्र साह छन् ।

खोलामा डुबेर दिदी भाइको मृत्यु

रुकुममा स्कुल जाने क्रममा खोलामा डुवेर दिदी भाइको मृत्यु भएको छ। भुम्या नगरपालिका–७ धर्मशाला बस्ने ११ बर्षीया सपना बुढा र ८ बर्षीय जित बहादुर बुढाको मंगलबार रोल्पा थवाङ स्थित स्कुल जाने क्रममा रुकुम धर्मशाला बागुचौर भन्ने स्थानको खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

हवाई आक्रमणमा ३३ आइएस लडाकुको मृत्यु

अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारको कोट जिल्लामा रहेको आतङ्ककारीहरुको अखाडा लक्षित भएका हवाई आक्रमणमा परी ३३ जना इस्लामिक स्टेट (आइएस) आबद्ध आतङ्ककारीहरु मारिए छन् ।

बसको ठक्करबाट एकको मृत्यु, दुई गम्भीर घाइते

पूर्वी चितवनको खैरहनीस्थित बाबा ग्यास नजिकै राजमार्गमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

सुतेकै अवस्थामा बैंक सुरक्षागार्डकाे मृत्यु

सदरमुकाम गाईघाटस्थित लक्ष्मी बैंक शाखामा कार्यरत एक सुरक्षा गार्डको सुतेकै अवस्थामा आइतबार विहान मृत्यु भएको छ । रात्रिकालीन ड्युटीमा रहेका जिल्लाको साविक बाँसबोटे गाविस ८ हाल सुनकोसी गाउँपािलका १ का ४६ वर्षीय बलबहादुर राई बैंककै सुत्ने कोठामा बिहान मृत फेला परेका हुन् ।

ट्र्याक्टरबाट खसेर एकको मृत्यु

पूर्वी चितवनको रत्ननगरमा आज बिहान ट्र्याक्टरबाट खसेर रत्ननगर नगरपालिका वडा नं १२ का २० वर्षीय कोसिस चौधरीको मृत्यु भएको छ ।

श्रीमानको लाठी प्रहारबाट श्रीमतीको मृत्यु

खोटाङमा श्रीमानको लाठी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । दिप्रुङ गाउँपालिका–४ बतासेका ५७ वर्षीय कैलास राईको लाठी प्रहारबाट ४५ वर्षीय मैयाँ राईको मृत्यु भएको हो ।

मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको चौमाला कुचैनी सडकखण्डमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

क्यान्सरका कारण चार दिनमा दुई कैदीको मृत्यु

चार दिनमा भरतपुरस्थित जिल्ला कारागारमा कैद भुक्तान गर्दै आएका दुई कैदीको क्यान्सर रोगबाट मृत्यु भएको छ ।

गौतमको मृत्यु एसएसबीको गोलीबाट : गृहमन्त्री

गृहमन्त्री विमलेन्द्र निधिले सरकारका तर्फबाट घोषणा गरेको १० लाख शनिबार सहिद गोविन्द गौतमकी पत्नी सुशीला (लक्ष्मी) गौतमलाई हस्तान्तरण गरेका छन्। घटनाको १७ दिनपछि हेलिकोप्टरमा पुनर्वास पुगेका गृहमन्त्री निधिले सहिद गौतमको घरछेउमै आयोजित एक समारोहमा १० लाखको चेक हस्तान्तरण गरेका हुन्।

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। दुई जना घाईते भएका छन्। शनीबार दिउसो धनघाट–कोटेली सडक अन्तर्गत अमरगढी नगरपालिका–११ धनघाट नजिकै से १ त ८९०८ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्