१५ वैशाख २०८१ शनिबार
image/svg+xml

राष्ट्रिय योग दिवसका अवसरमा महिलाहरु कै अगुवाइमा वैदिक यज्ञ योग

राष्ट्रिय योग दिवसका अवसरमा कपिलवस्तुको तौलिहवा स्थित राधाकृष्ण मन्दिरमा महिलाहरूको अगुवाइमा सोमवार बिहान वैदिक यज्ञ योग ( हवन ) सम्पन्न गरिएको छ।

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ।

विद्यालय तहमा नै योग शिक्षाको अध्ययन गराउन आवश्यक छः प्रधानमन्त्री दाहाल

आइतबार भक्तपुरमा आयोजित ८ औं राष्ट्रिय योग दिवसको अवसरमा बोल्दै उनले मानिसलाई मानसिक रुपले पनि तन्दुरुस्त बनाउन विद्यालय तहमा नै योग शिक्षाको अध्ययन गराउनुपर्ने बताएका हुन्।

योगलाई खेलकुदसँग जोड्नुपर्छ: मन्त्री गहतराज

युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले योगलाई खेलकुदसँग जोडेर हेर्नुपर्ने बताएका छन्।

यसरी मनाइयो योग दिवस (फोटोफिचर)

मानव जीवनका लागि योग भन्ने आह्वानसहित अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ।

योगलाई विज्ञानसँग जोडौँः पोखरेल

नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलले योगलाई विज्ञानका रुपमा हेर्न अनुरोध गरेका छन्।

तनावमुक्त हुन योगको महत्व छः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले तनावमुक्त शान्त मन, रोगमुक्त स्वस्थ्य शरीर, आघात मुक्त चित्त विकासमा योगको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।

प्रहरीको तनाव कम गर्न योगाभ्यासको महत्व छः गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले विविध कारणले मानव जीवनमा उत्पन्न हुने तनाव, चिन्ता, रिस, आक्रोश, द्वेष र विचलनलाई नियन्त्रण गर्न योगाभ्यासले सहयोग गर्ने बताएका छन्।

‘शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न योग’

मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयोगी मानिने योग गर्न आह्वान गर्दै अन्तर्राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

राष्ट्रिय योग दिवसमा योगाभ्यास

राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा आज दिवस मनाइएको छ। ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने आदर्श वाक्यका साथ प्रधानमन्त्री निवास बालुवाटारमा मनाइएको दिवसमा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीगण, उच्च कर्मचारी, योगगुरु, अभ्यासकर्ता, शिक्षाकर्मीलगायत सहभागी छन्।

हरेक दिन योग दिवस !

सम्पूर्ण मानवले योगलाई आफ्नो जीवनशैली बनाउनुपर्छ। आउनुहोस् योगसँगै उचित आहार, विहार र विचारको व्यावहारिक अभ्यासबाट स्वस्थ बनेर निरोगी नेपाल निर्माण अभियानमा अघि बढौं।

आयुर्वेद र योग हाम्रा असाधारण औषधि हुन्ः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले शरीरको प्रतिरोधी क्षमता बढाउन आफूले गरेको आग्रहलाई मजाकमा नउडाउन आग्रह गरेका छन्। अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले भान्सामा हामीले प्रयोग गर्दै आएका बेसार, अदुवा, मेथीजस्ता मसला औषधिमय भएको कुरा पूर्वज ऋषिमुनी र आयुर्वेदको खोज तथा प्रयोगबाट प्रमाणित भएकाले तिनको प्रयोग बढाउन आग्रह गरे।

घरमै बसेर योगाभ्यास

कोरोना भाइरस महामारी नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउन खुकुलो भएपछि राजधानीवरपर हुने गरेका योगाभ्यासका कक्षाहरू नियमित भर्चुअल माध्यमबाट सञ्चालन भइरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्