१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

स्वास्थ्यको बेथितिविरुद्ध सिँहदरबारमा धर्ना

नागरिक समाजले प्रेस विज्ञप्तिमार्फत् आन्दोलन हुने जनाएको छ। घोषित कार्यक्रम अनुसार आइतबार ११ बजे सिँहदरबारमा धर्ना दिने कार्यक्रम रहेको छ।

'गरिबलाई रोक्न गस्ती छ, शासकलाई मात्र मस्ती छ'

बृहत् नागरिक आन्दोलनले निषेधाज्ञाबीच सरकारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ।

म्यानमारको हिंसात्मक दमनविरुद्ध दूतावासअगाडि प्रदर्शन

म्यानमारको सैन्य सरकारले गरिरहेको हिंसात्मक दमनको विरोध गर्दै बृहत् नागरिक आन्दोलनले विरोध प्रदर्शन गरेका छन्। शुक्रबार नक्खुको भैंसेपाटीस्थित म्यानमार दूतावासअगाडि बृहत् नागरिक आन्दोलनको अगुवाइमा नागरिक अभियन्ताले विरोध प्रदर्शन गरेका हुन्।

भत्काइयो कमलपोखरीको कंक्रिट संरचना

बृहत् नागरिक आन्दोलनका अभियन्ताहरूले राजधानीको कमलपोखरीको बीच भागमा निर्माण भइरहेको कंक्रिट संरचना भत्काइदिएका छन्। शुक्रबार सडक विस्तारका नाममा स्थानीयको उठिबास लगाएको भन्दै बृहत् नागरिक समाज, बृहत् नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक संघर्ष समिति र नेवाः देः दबु लगायत संस्थाहरूले माइतीघर मण्डलमा आयोजना गरेको विरोध प्रदर्शनपछि कमलपोखरीसम्म मार्चपास गरेका थिए।

बृहत् नागरिक आन्दोलनको मार्चपास, घोषणापत्र जारी

२००७ सालमा प्राप्त प्रजातन्त्रको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ। शुक्रबार नेपाली सेनाले प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राजधानीको सैनिक मञ्चमा विशेष भइरहँदा बृहत् नागरिक आन्दोलनले भने प्रतिनिधिसभा विघटनको विरोधमा ‘टुँडिखेल मार्च’ को आयोजना गरेर घोषणापत्र जारी गरिएको छ। मार्चपासपछिको कोणसभामा लेखक तथा अधिकारकर्मी जेबी विश्वकर्माले घोषणापत्र पढेर सुनाएका थिए।

‘राष्ट्रपतिज्यू ! अहिले संविधानको हालत के छ ?’

बृहत् नागरिक आन्दोलनले प्रतिनिधिसभा विघटन र संवैधानिक निकायहरूमा भएको असंवैधानिक नियुक्तिको विरोधमा मार्चपास गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक निकायहरूमा गरेको असंवैधानिक नियुक्तिको प्रतिकारस्वरूप शुक्रबार बृहत् नागरिक आन्दोलनको आह्वानमा लैनचौरदेखि राष्ट्रपति कार्यलय शीतल निवाससम्म मार्चपास गरिएको हो।

‘शासक सेवक हुन्छन् भनेको शोषक भए’

बृहत् नागरिक आन्दोलनका अगुवा लेखक तथा सम्पादक नारायण वाग्लेले आउँदो फागुन ७ प्रजातन्त्र दिवसको दिन टुँडिखेलमा भेला हुन आह्वान गरेका छन् । मंगलबार शोभा भगवतीमा प्रतिगमनविरुद्ध भएको ‘बृहत नागरिक आन्दोलन’लाई सम्बोधन गर्दै सम्पादक वाग्लेले फागुन ७ गते काँडेतार हटाएर टुँडिखेल पुगेर नागरिक घोषणापत्र सार्वजनिक गरी जनआन्दोलनको उभार ल्याइने बताएका थिए ।

‘कानुनमाथि केपी ओली पो रहेछन्’

‘वुमन इन पोलिटिक्स’ लेखिएको टिसर्ट लगाएर मंगलबार युवतीहरूको एक समूहले फ्ल्यास मोब गरिरहेको थियो । फ्ल्यास मोब गरिरहेको उनीहरू भनिरहेका थिए, ‘कानुनमाथि को रहेछन् ? केपी ओली पो रहेछन् ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्