३ असार २०८१ सोमबार
image/svg+xml

ब्रेललिपिको किताब विमोचन गर्न पाउँदाको त्यो दिन

नमुना मच्छिन्द्र मावि, लगनखेल, ललितपुरको दृश्यविहीन शाखामा गत २०७६ असार १२ गते ६ ओटा ब्रेललिपिमा प्रकाशित बालकथासङ्ग्रह विमोचन भयो। आफैं पनि दृष्टिविहीन भएकाले सो कार्यक्रम हुँदा म फुरुङ्ङ परेकी थिएँ।

महाकविकाे सम्झनामा गोष्ठी

प्रदेशसभा सदस्य सत्यनारायण मण्डलले नेपाली भाषा र साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको विशिष्ट योगदान रहेको बताएका छन्।

सम्झनामा दशैँ

६ दशकअघि दशैँ छेक कलाकार मदनकृष्ण श्रेष्ठ पिङ बाट्नका लागि बाबियो बटुल्न हिँडिरहेका हुन्थे। हातमा चंगा लिएर राजधानीको उत्तर–पश्चिमस्थित जितपुरफेदीका धान खेतको आली–आली ‘चंगा चेट’ भन्दै कुदिरहन्थे। अथवा, खल्तीको दक्षिणा भुइँमा राखेर गन्दै गरेका हुन्थे।

मञ्जुलको ‘सम्झनाका पाइलाहरू’ सार्वजनिक

‘सम्झनाका पाइलाहरू’ मञ्जुल र गायक तथा संगीतकार रामेशले पूर्वी नेपालको सांगीतिक यात्रा गर्दाको सम्झनाको संगालो हो।

प्रधानमन्त्रीले हलो जोतेको सम्झना गरेपछि....

'म आफैँ हलो जोतेर, खेती गरेर आएको हुँ। मलाई जमीन, सिंचाइ र उत्पादनबारे राम्रोसँग थाहा छ।' प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो युवा उमेर सम्झँदै किसान नेताहरुसँग भने, 'सिंचाइ र प्रविधिको उचित प्रबन्ध गर्न सकिए सानो ठाउँमा पनि धेरै उत्पादन गराएर लाभ लिन सकिन्छ।'

लण्डनमा सम्झिए गायक खेमराज गुरुङ

वारी जमुना पारी जमुना गीतबाट चर्चित स्वर्गिय गायक खेमराज गुरुङको संझनामा वेलायतमा एक कार्यक्रम सम्पन्न भएको छ।

दुवै हात नभएकी सङ्घर्षशील सम्झना:‘कसैको साथ पाए म पनि केही गर्न सक्छु?’

दुवै हात नभएकी सम्झना राईले आइतबार दिक्तेल बहुमुखी क्याम्पसबाट कक्षा १२ को मौका परीक्षा दिइन्। खोटेहाङ गाउँपालिका–२ वाप्लुखाकी १९ वर्षीया सम्झना कक्षा १२ को नियमित परीक्षामा अङ्ग्रेजी विषयमा अनुत्तीर्ण भएपछि मौका परीक्षा दिन दिक्तेल आएकी हुन्।

पारिज्यादमः एक उच्छ्वास

खचाखच छ ती धान खेत आज कंक्रिट भवनहरुले। म मात्र कल्पना गर्न सक्छु त्यसबखत असारमासको किसानहरुको धान रोपाइँ चटारो। तर ती सब एक सुदूर विगत भइसकेको छ। तिम्रो प्रिय मित्र बारबारा निम्री अजीजले तिमीसँगको पहिलो भेटको प्रसंगमा भनेको कुरा अझै ताजै छ पारिज्यादम।

अरुण थापाको सम्झना

‘गुन मात्र हे¥यो भने, राक्षस भगवान हुन्छन् । वैगुन मात्र केलाउँदा, भगवान राक्षस हुन्छन् । कृष्णको छल र दुर्योधनको प्रेम हेर । सबैले कृष्णालाई राक्षस, दुर्योधनलाई भगवान भन्छन्,’ गीतकार सुवासचन्द्र ढुंगेलले गायक अरुण थापााको सम्झना गरे । शनिबार भक्तपुरमा आयोजित ‘अरुण थापाको २० औँ स्मृति दिवसमा सहभागि स्रष्टा र कलाकारहरूले गायक अरुण थापाको सम्झना गरेका थिए ।

सम्झनामा खोपासी भ्रमण

विभिन्न विद्यालयमा विद्यार्थीलाई किताबी शिक्षा मात्र नदिएर उनीहरूलाई विभिन्न ठाउँको अवलोकन गर्ने अवसर प्रदान गरी शिक्षा प्रदान गर्न शैक्षिक भ्रमणको व्यवस्था मिलाइन्छ। त्यसैगरी हाम्रो विद्यालय ‘विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय’ले पनि समयको व्यवस्था मिलाई कक्षाको तहअनुसार विद्यार्थीलाई विभिन्न ठाउँ घुमाउन लगिरहन्छ।

सम्झनामा दुःखीराम

२०५७ साउन २७ गतेगाउँमा लक्ष्मी चौधरीको पाडो म¥यो।त्यसपछि स्थानीय सदा समुदायलाई सधैँझै मरेको पाडो फाल्न तत्काल आउनू भन्ने निर्देशन आयो। एकातिर पुर्खौँदेखि सिनो फ्याँक्दा पनि आफ्नो जीवन र जीविकामा कुनै अन्तर नआएकाले अब यो काम नगर्ने कि भनेर सदा गाउँमा छलफल चलिरहेको थियो। अर्कोतिर मरेको पाडो फ्याँक्न २–४ जनाले पुग्दैनथ्यो। यसका लागि कम्तीमा पनि १०–१२ जना चाहिन्थ्यो। त्यसैले तत्काल यति मानिस जुटाउनु सहज थिएन।

सम्झनामा दुःखीराम

२०५७ साउन २७ गतेगाउँमा लक्ष्मी चौधरीको पाडो म¥यो।त्यसपछि स्थानीय सदा समुदायलाई सधैँझै मरेको पाडो फाल्न तत्काल आउनू भन्ने निर्देशन आयो। एकातिर पुर्खौँदेखि सिनो फ्याँक्दा पनि आफ्नो जीवन र जीविकामा कुनै अन्तर नआएकाले अब यो काम नगर्ने कि भनेर सदा गाउँमा छलफल चलिरहेको थियो। अर्कोतिर मरेको पाडो फ्याँक्न २–४ जनाले पुग्दैनथ्यो। यसका लागि कम्तीमा पनि १०–१२ जना चाहिन्थ्यो। त्यसैले तत्काल यति मानिस जुटाउनु सहज थिएन।

कुशल समालोचक

सूर्यविक्रम ज्ञवालीको जन्म विसं १९५५ जेठ २९ गते भएको हो। प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित ‘साहित्यकार–कलाकार परिचय कोश’मा यिनको जन्म १९५५ असार लेखिएको छ, जुन त्रुटिपूर्ण छ। उनकै पारिवारिक स्रोतले जेठ २९ गते जन्म भएको जनाएको छ। डिट्टा तिलविक्रम र पार्वतीदेवीका पुत्रका रूपमा सूर्यविक्रम बनारसमा जन्मेका हुन्।

सम्झौताको सम्झना

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद यसपटक अलि अनौठो किसिमले सतहमा आएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल दुई पाइलट भएको नेकपाले आर्जन गरेको अहिलेको दुई तिहाइको शक्तिभित्रको अन्तरविरोध हो यो विवाद। दुई अध्यक्षबीच भएको भनिएको ‘गोप्य’ सम्झौता केही अघि दुवैले सार्वजनिक गरेको एउटा पुस्तकभित्र समेटिएको हो।

मुसायरामा आमाको सम्झना

संयोगले माता सम्मान दिवस (मातातीर्थ औंसी) का दिन परेको काव्य–मुसायराको १६ औं शृंखलामा गजलगो दिग्गज धौरालीले आमा सम्झेर प्रस्तुत गजल सुनाउँदा घोस्ट राइटिङ नेपालको कुञ्ज थिएटरमा उपस्थित सबैले वाहवाहीमात्र गरेरनन् आमाको माया सम्झेर संवेदित पनि भए। शनिबार एकपछि अर्को मन छुने गजल प्रस्तुत गर्ने क्रममा धौरालीले आयोजकको आग्रह र दर्शक–श्रोताको फर्माइस गरी छानिएका १३ वटा गजल सुनाएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्