coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

‘कालिञ्चोक दर्शन’को आइपिओ खुला

कम्पनीले पहिलो चरणमा आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा दुई लाख २८ हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) को निष्कासन तथा बिक्री खुला गरेको हो।

कालिञ्चोक यात्रा

दोलखा जिल्लाको कालिञ्चोक गाउँमा रहेको कालिञ्चोक भगवती मन्दिर धार्मिक, प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण छ। विशेषगरी पुस, माघ र फागुनमा हिउँपर्ने भएकाले कालिञ्चोकको सौन्दर्य थप मनोरम बन्छ। यहाँको प्राकृतिक रमणीय दृश्यले जो–कोहीलाई मन्त्रमुग्ध बनाउँछ।

कालिञ्चोक दर्शन गर्न गएकी महिलाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु

प्रसिद्ध कालिञ्चोक भगवती मन्दिर दर्शन गर्न गएकी एक तिर्थालु महिलाको चिसोका कारण मृत्यु भएको छ।

कालिञ्चोक खचाखच, चरिकोट सुनसान

प्रसिद्ध दोलखा भीमेश्वर मन्दिर, चरिकोट, महांकाल, पर्यटकीय नगरी जिरीलगायत पर्यटकीय स्थलको प्याकेज नबनाइएका कारण ती स्थान ओझेलमा पर्नसक्ने चिन्ता पर्यटन व्यवसायीको छ।

शक्तिको आडमा कालिञ्चाेक ‘कब्जा’

कालिञ्चोकको जग्गा गुठी संस्थानको नाममा नाप–जाँच गराउन पाए थप जग्गा भाडामा लिएर सुविधासम्पन्न होटल र अन्य व्यवसाय सञ्चालन गर्न सकिने दाउमा केबुलकार सञ्चालकहरू छन्।

कालिन्चोकमा जंगल फँडानी तीव्र

अतिक्रमणको चपेटामा परेको पर्यटकीय क्षेत्र कालिञ्चोकमा तीव्र रूपमा वन फँडानी भइरहेको छ। पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा कालिञ्चोक पर्न थालेपछि यहाँको सम्भावना देखेका टाठाबाठाले सार्वजनिक जग्गा अतिक्रमणसँगै व्यापक वन फँडानी गरिरहेका छन्। कालिञ्चोकमा सार्वजनिक जमिन अतिक्रमण गरेर बिनाअनुमति संरचना तयार गर्न वरपरको जंगलका रूख काटिएका छन्।

उकालो चढ्न ‘स्कि लिफ्ट’

युरोप लगायत अन्य मुलुकतिर प्राय हिउँमा रमाइलो गरी खेलिने अन्तर्राष्ट्रिय खेल स्कि। हिउँले ढाकिएको डाँडा अथवा अग्लो भागबाट खुट्टामा लगाइएको सुरक्षित बुटमा अड्काइएका पातामा चढेर ओरालोतर्फ झरेर रमाइलो गरी खेलिने यो खेल अब उकालोमा समेत खेल्न मिल्ने गरी नेपाली युवाहरूले देशमै पहिलो पटक ‘स्कि लिफ्ट’ सुरु गरेका छन्।

डाँडैमाथि कालिञ्चोक

कुरी बजारमा पुग्नै लाग्दा जापानिज नागरिक युको सानुले ‘आछु ! कति जाडो, कहाँनिर हो कालिञ्चोक ? हामी कहाँबाट जाने, केबुलकार चढेर जाने हो ?’  उनको प्रश्न टुंगिन नपाउँदै पर्यटन व्यवसायी राजुमान महर्जनले भने, ‘उत्ताबाट जाने। माथि हेर्नुस् बादल खुल्यो। त्यही डाँडामाथि कालिञ्चोक मन्दिर छ।’

सयौं रोपनी सार्वजनिक जग्गा स्थानीयको कब्जामा

पर्यटकीय क्षेत्र कालिञ्चोकमा सयौं रोपनी सार्वजनिक जग्गा व्यक्तिको अतिक्रमणको चपेटामा परेको छ।

निर्माण अगावै कालिञ्चोक केबलकार विवादमा

प्रसिद्ध कालिञ्चोक मन्दिरमा निर्माण हुन लागेको केबलकार वननु अगावै विवादमा तानिएको छ । २६ करोड लागतमा कालिञ्चोक दर्शन प्रालिले निर्माण थालेको केबलकारको अनुमति, जग्गा स्वामित्व लगायत प्रक्रिया गैरकानुनी रहेको भन्दै जिल्ला वनले निर्माण प्रक्रिया रोकेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्