१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

उकालो चढ्न ‘स्कि लिफ्ट’

दोलखाको कालिञ्चोकमा सुरु नेपाल स्कि फेस्टिभलमा लिफ्टको सहायताले उकालो चढेर स्कि खेल्दै एक खेलाडी । तस्बिर : रमेश/नागरिक

दोलखा – युरोप लगायत अन्य मुलुकतिर प्राय हिउँमा रमाइलो गरी खेलिने अन्तर्राष्ट्रिय खेल स्कि। हिउँले ढाकिएको डाँडा अथवा अग्लो भागबाट खुट्टामा लगाइएको सुरक्षित बुटमा अड्काइएका पातामा चढेर ओरालोतर्फ झरेर रमाइलो गरी खेलिने यो खेल अब उकालोमा समेत खेल्न मिल्ने गरी नेपाली युवाहरूले देशमै पहिलो पटक ‘स्कि लिफ्ट’ सुरु गरेका छन्। 

सुन्दर पर्यटकीय क्षेत्र कालिञ्चोक मंगलबारबाट शुरु भएको नेपाल स्कि महोत्सवमा यो खेलको प्रवद्र्धनमा लागेका युवाहरूले स्कि लिफ्टको सफल परिक्षण गरे। लिफ्ट जडान भएपछि अब कालिञ्चोक क्षेत्रमा यो खेल व्यवसायिक रुपमै सञ्चालन हुने र बिस्तारै घासे मैदानमा ‘ग्रास स्कि’ का रुपमा समेत खेलाउन सकिने आयोजकले बताएको छ।  

स्कि एण्ड स्नोबोर्डिङ फाउण्डेसन नेपाल र स्कि गाइड्स नेपालको आयोजनामा सुरु भएको स्कि फेस्टिभल हिमपात परुञ्जेल सम्म्मका लागी यो जाडोयामभर सञ्चालन हुने स्कि एण्ड स्नोबोर्डिङ फाउण्डेसनका कोषाध्यक्ष सुरज काफ्लेले जानकारी दिए।

काफ्लेका अनुसार कालिञ्चोकमा राखिएको स्कि लिफ्ट प्रविधि नेपालमै पहिलो हो। ‘अब स्कि खेल्ने खेलाडीहरू ओरालो भागतर्फ झरेपछि अब उकालो आउन लिफ्टमा टागिएको डोरीको सहायताले स्कि खेल्दै आउनेछन’ काफ्लेले भन । उनका अनुसार स्कि खेलाइने उच्च भागबाट स्कि पुग्ने ओरालो तर्फको अन्तिम क्षेत्र सम्म डोरी टाँगिने छ। उक्त डोरीलाई डाँडामा राखिएको लिफ्टले तान्ने छ। नरम खालको उक्त डोरीमा समातेर खेलाडीहरू हिउँमा स्कि खेल्दै तलबाट माथी आउन सक्नेछन्। अहिले परिक्षणका रुपमा यो डोरी ६० मिटरको मात्र राखिएको काफ्लेले बताए। हिउँ परेको समयमा कालिञ्चोक क्षेत्रमा रहेका ओरालो खालका घाँसे मैदान भरी यो खेल खेलाइन सकिने आयोजकले जनाएको छ।

कोषाध्यक्ष काफ्लेका अनुसार युरोपका विकसित मुलुकमा स्कि खेलमा ओरालोबाट उकालो फर्किनका लागी केबलकार नै बनाइएको हुन्छ। ‘युरोपका विकसित मुलुकमा यो खेलका निम्ती राज्यले पूर्वाधार बनाइदिएको हुन्छ,’ उनले भने, ‘ओरालोबाट उकालो फर्किन केबलकार नै बनाइएको हुन्छ, हामी काहाँ चाही लिफ्ट बनाएका हौं’। काफ्लेका अनुसार स्कि एण्ड स्नोबोर्डिङ फाउण्डेसन नेपाल र स्कि गाइड्स नेपालले यो लिफ्ट स्वदेशी ईन्जिनियरमार्फत नै तयार गरेको हो। यो तयार गर्दा १३ लाख खर्च लागेको काफ्लेले जानकारी दिए।

मंगलबारबाट सुरु भएको स्कि फेस्टिभलको नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवं सांसद जिवनराम श्रेष्ठले उद्घाटन गरे। उद्घाटन समारोहमा सांसद श्रेष्ठले कालिञ्चोकलाई स्कि खेल पर्यटनको हव साथै स्विजरल्याण्ड जस्तै विकास गर्न सकिने बताए। उद्घाटन समारोहमा भीमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसीले कालिञ्चोकको बढ्दो अतिक्रमण र अस्तव्यवस्तता प्रति चिन्ता प्रकट गरे। स्कि फाउण्डेसनका अध्यक्ष उत्सव पाठकको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा कालिञ्चोक गाउँपालिकाकी उपाध्यक्ष कालिका पाठक लगायतले बोलेका थिए। स्कि खेल्नका लागी आयोजकले १५ सय रुपैयाँ प्रति व्यक्ती टिकट दर निर्धारण गरेको जनाएको छ।

प्रकाशित: २५ पुस २०७५ ०५:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App