१५ कार्तिक २०८१ बिहीबार
image/svg+xml

मौन अवधि

जुठे निकै खुसी थियो। कहिले ‘क’ को भोजमा जान्थ्यो मासुभात खान्थ्यो। कहिले ‘ख’को भोजमा जान्थ्यो सुँगुर र ठर्रा तान्थ्यो। न भोक न भकारी। दिन उसैका थिए। मनमनै भगवानसँग पुकार्थ्यो, ‘सधैं चुनाव आअ‍ोस्।’

'जीवनसँगीबाटै लेखनमा ऊर्जा थप्ने कार्य भएको छ'

साहित्यकार सुमित्रा न्यौपाने विशेषत कथा लेख्छिन्। उनको जीवनसँगी महानन्द ढकाल पनि साहित्यकार नै भएकाले अरू केही नारी लेखकलाई जस्तो उनलाई असहज छैन। यद्यपि घरपरिवार, छोराछोरी, जागिर र सामाजिक उत्तरदायित्वको कारण महिलाले हरेक चुनौतीको सामना गर्दै लेख्नुपर्ने बाध्यता छ।

सोकेसको ऐनाको विमोचन

निबन्धकार बोधराज पौडेलको ‘सोकेसको ऐना’ विमोचन भएको छ। अनामनगरस्थित निम्तो रेस्टुरेन्टमा कार्यक्रमका प्रमुख अतिथि श्रीओम श्रेष्ठ रोदन, सभाध्यक्ष डा. भागवत आचार्य, होमशंकर बास्तोला, प्रेमकुमार राई परीक्षित, दामोदर न्यौपानेले सो पुस्तक संयुक्त रूपमा विमोचन गरेका हुन्।

गुरुत्वाकर्षण, मृत्यु र हजुरबा

हजुरबा! हजुरको जस्तो अमूल्य ऊर्जा स्नेह सद्भाव अनि प्रेरणाको अभावलाई कसरी गरूँ म अनुवाद? ए ! प्रिय हजुरबा! मैले भगवान् श्रीकृष्णसँग प्रार्थना गरिरहेछु तर पनि आजकल किन म गुरुत्वाकर्षणको नियमझैँ भवसागरको चक्रमा परिरहेछु?

एक नागरिकको बकपत्र

हजुर अहिले हाजिर भएको छु तपाईंको अदालतमा मलाई जे भन्नु भए’नि हुन्छ मन परे क्रान्तिकारी/राष्ट्रवादी मन नपरे प्रतिक्रान्तिकारी प्रतिगामी वा प्रतिक्रियावादी जे भन्नु भए’नि हुन्छ अहिले हाजिर भएको छु तपाईंको अदालतमा।

बेइजिङको सञ्चार विश्वविद्यालयमा केही घण्टा

कुनै पनि सञ्चार माध्यममा कार्यरत व्यक्तिले अर्को सञ्चार माध्यममा गर्ने अवलोकन भ्रमण विशेष महत्त्वपूर्ण रहन्छ। त्यस्तो अवलोकनबाट उसले आफ्नो संस्थाका लागि नयाँ कुरा सिक्ने अवसर पाउँछ। यसबाट सञ्चारकर्मीको दृष्टिकोणलाई परिमार्जित गर्न सहयोग पुग्छ।

भोट किन?

‘हामी यो देशका नागरिक होइनौं? हामीलाई गाँस, बास कपास, शिक्षा, स्वास्थ्य, सुरक्षा र रोजगारीको अवसर चाहिंदैन?अँध्यारोमा सपनाकी रानी बनाउँछु भन्नेहरू उज्यालोमा हामीलाई घृणा गर्छन् किन?

चुनाव

हो है, तिमीले साँच्चै भन्यौ। केटाहरू जति जाँडमा बिके। काम नगरी पछि लाग्ने भतुवाजस्ता। आफ्नो जमिन बँझ्याएर अरूले देला र खाउँला! कस्ता मोरा आसे भाका! तर, सविता बुढाबुढीलाई भने राहत मिलेको छ है। राम्रोलाई त राम्रो भन्नुपर्छ।

आमा

जन्म दिने कर्म दिने सीप दिने आमा बामे सर्दै पाइला टेक्न सिकाउने आमा मिल्ने भए नानी भित्र लुकाएर राख्छिन् मुटुभित्र छातीभित्र छुपाएर राख्छिन् पिलाउँछिन् अमूल्य रस छाती सुकाएर उज्यालोमा राख्छिन् सन्तान आफू जलाएर।

चमेरो

अभिनय ऊ निकै राम्रो गर्छ तर दशर्कले अब थाहा पाइसके यो ढँटवारेको वास्तविकता यो जस्तो देखिन्छ त्यो हैन,यसले जे भन्छ त्यो सत्य हैन तैपनि चमेरो यहाँ झुन्डिन्छ चमेरो त्यहाँ झुन्डिन्छ न त यो चरा न त यो पशु भ्रमित पार्दै अरूलाई दैनन्दिन नौलो भ्रम मञ्चन गरिरहन्छ।

चस्को

चुनावको प्रचारप्रसार शुरू भएदेखि नै होटलहरूमा मासुभातका अतिरिक्त बियरमा झुम्नेहरू बढ्दै थिए।

‘स्यानी’ पढ्दा हरेक पाठकले आफ्नी आमाको उपस्थितिको झल्को पाउँछन्

आमा बितेपछि मलाई उहाँको सम्झनाले पलपल सताउन थाल्यो। प्रत्येक दिन मार्निङ वाकमा निस्कँदा टहटह जून लाग्थ्यो। हामी सानो छँदा यस्तो समयमा गोरु लिएर फाँटमा दाइँ गर्न जान्थ्यौं। मलाई त्यही समयले पोल्थ्यो। दशैं र साउने संक्रान्ति आउँदा बाल्यकाल र आमासँग जोडिएका हरकुराले सताउन थालेपछि मैले आमाको सम्झनामा स्यानी लेखें।

आशीर्वाद

भोलिपल्ट छोराले भन्यो, ‘मामु, हजुरकी बुहारीलाई ज्यादै मन पर्‍यो रे। हजुरको बाला अहिले बुहारीलाई दिनुस्। हजुरलाई म पछि बनाइदिऊँला नि।’

सेतो उल्लु र रात

थाकेका पूर्णिमाका रातहरूमा निदाएका उज्यालो नबिउँझ चूपचाप ओर्लिन्दै थियो, उत्तर दिशाबाट अनिदो बोकेका पहेंलो चन्द्रमा र सेतो उल्लुको काला आँखाहरूमा बसेका थियो।

वैकुण्ठ

यज्ञमा पण्डितहरूको बिदाई चल्दै थियो। साथमा एक सन्त महात्मा पनि थिए। उनले सितारामलाई इंगित गर्दै भने, ‘कुण्ठा नभएको ठाउँ नै वैकुण्ठ हो। आजदेखि कुण्ठा पोख्न छोड्नुस्। हजुर सधैं वैकुण्ठको अवलोकन गर्न सक्नुहुन्छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्