सिरेन वान्तावा
नांगै सुतिरहेका रातबाट
सेतो उल्लुलाई कुनै डर थिएन,
किनकि उसलाई वसन्तको प्रकाशसँग
निदाएको छ रात भनिएका थिएन।
टहटह चाँदनी छ भन्ने भ्रममा
उसले सक्दो वेग मायो,
अँध्यारोमा खालि प्वाँख खोल्यो
र सानी मायालाग्दी पुतली रानी भएर
थरथर काम्यो।
थाकेका पूर्णिमाका रातहरूमा
निदाएका उज्यालो नबिउँझ
चूपचाप ओर्लिंदै थियो,
उत्तर दिशाबाट
अनिदो बोकेका पहेंलो चन्द्रमा
र सेतो उल्लुको
काला आँखाहरूमा बसेका थियो।
प्रकाशित: २२ वैशाख २०७९ ०७:५६ बिहीबार