१० मंसिर २०८१ सोमबार
image/svg+xml

मकवानपुरको सिमभञ्ज्याङमा ६ इन्च बाक्लो हिउँ

त्रिभुवन राजपथको सिमभञ्ज्याङ, अघोर र दामनमा आज बिहान ४ बजे परेको हिउपातले हेटौँडा–काठमाडौंबीचको यातायात सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

कर्णालीका डाँडा हिउँमय, जनजीवन प्रभावित

पश्चिमी वायुको प्रभावका कारण देशभर मौसम बदली भइरहेका बेला कर्णालीमा पनि यसको प्रभाव परेको छ। कर्णलीका कालिकोटसहित ५ वटै जिल्लामा हिमपात र वर्षासमेत भएको छ। पानी र हिमपातका कारण धेरै चिसो बढेको छ।

तराईमा झरी, हिउँदे बालिलाई नोक्सानी, गहुँलाई फाइदा

लामो समयदेखी घेरेको बादल अन्ततः शुक्रवार पानी बनि झरेको छ। मध्यतराईका किसानहरुमा कसैको लागि यो माघेझरी हर्ष लिएर आएको छ भने कसैको लागि बिस्मात। सानोसानो बिराम लिँदै दिनभरी शुक्रबार परेको पानीपछि अब आकाश खुल्ने अनुमान गरिएको छ।

हिउँले ढाकियो जुम्ला (फोटो फिचर )

इतबार विहान ७ बजेदेखि परेको हिमपातका कारण जुम्ला सेताम्य भएको छ । जुम्ला आसपासका सुख्खा डाडाँकाडा हिउँले सेताम्य हुनुका साथै खलंगाबजार हिउँले ढाकिएको छ। शनिबार दिनभर वादल लागेपछि आइतबार विहान ७ बजेबाट हिउँ पर्न थालेको हो।

कहिले हट्छ हिउँको छानो !

'पुस लागेदेखि दुईपटक हिउँ पर्‍यो, जमेको हिउँ पग्लिएको छैन। भूकम्पयता दुई सिजन हिउँमै बितायौँ, कहिलेसम्म हिउँ थेगेर टहरामा बस्नुपर्ने हो, थाहा छैन,’ लाप्राकका माइला गुरुङले भने। लाप्राक– १ का सुरेश गुरुङको पनि पीडा उही छ। भूकम्पले घर भत्काएपछि २७ सय मिटर उचाइको गुप्सीपाखामा टहरा बनाएर १६ महिना गुजारे।

सेताम्मे हिउँले छोपियो दोलखा

दोलखास्थित लामोसाँघु–जिरी सडकखण्डको खरिढुंगा । सोमबार परेको हिमपातले यो क्षेत्रको उत्तरतर्फ बोच गाउँभन्दा माथिल्लो भाग र दक्षिणतिर निगाले, बाघखोर हुँदै डाँडैडाँडा शैलुङसम्म हिउँले ढाकिएको देखियो ।

हिउँले उज्यालिए डाँडा काँडा

दोलखा स्थित लामोसाँघु–जिरी सडक खण्डको खरिढुङ्गा। सोमबार परेको हिमपातले यो क्षेत्रको उत्तर तर्फ बोच गाउँ भन्दा माथिल्लो भाग र दक्षिण तिर निगाले, बाघखोर हुँदै डाँडै डाडा शैलुङ सम्म सेतै भएर छपक्कै ढाकिएको छ।

हिउँदमा ८० मेगावाट विद्युत् थपिँने

बहुप्रतिक्षित एवम् महत्वपूर्ण आयोजना मानिएको ढल्केबर सवस्टेसनको काम आगामी एक महिनाभित्र सम्पन्न हुने भएको छ । हिउँदमा बढदो विद्युत् माग पूरा गर्न सहज हुने सो सवस्टेसनको करिब ९० प्रतिशत काम सम्पन्न भएको जनाइएको छ । ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत हाल आइरहेको ८० मेगावाट विद्युत् बढाएर तत्काल थप ८० मेगावाट विद्युत् ल्याउन सो सवस्टेसन निर्माण सक्नैपर्ने बाध्यता छ ।

हिउँ चितुवाको राजधानी

मुस्ताङ अर्थात हिमालपारीको जिल्ला । धौलागिरी हिमाल पर्तिर पर्छ मुस्ताङ । अर्को हिमाल निलगिरीलाई मुस्ताङको श्रीपेच भन्ने कि ! त्यही निलगिरीको फेदमा छ एउटा सुन्दर बस्ती, ठिनी । जोमसोम बजारको पारिपट्टि । थकाली समूदायको आदिभूमी । जोमसोम गाविसका १ देखि ४ नम्बर वडालाई ठिनी भनिन्छ । जहाँ थकालीका सय घर छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्