६ आश्विन २०८१ आइतबार
image/svg+xml

सत्ताको आडमा सांसद किनबेचको खेल हुँदैछ : घनश्याम भुसाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भुसालले सत्ताको आडमा सांसद किनबेचको खेल चलिरहेको दाबी गरेका छन्। प्रेस संगठन नेपाल रुपन्देहीले बिहीबार तिलोत्तमामा गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता भुसालले प्रधानमन्त्री केपी शर्मा ओली पक्षले सत्ताको आडमा विभिन्न प्रलोभन देखाएर सांसद किनबेच गरिरहेको आरोप लगाएका हुन्।

‘अबको तीन महिनाभित्र विघटित प्रतिनिधि सभा पुनःस्थापित हुन्छ’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल पक्षका नेता घनश्याम भुसालले अबको तीन महिनाभित्र विघटित प्रतिनिधि सभा पुनःस्थापित हुने दाबी गरेका छन्।

विदेशमा रहेका नेपालीलाई मतदान गर्न पाउने व्यवस्था मिलाइनेछ: मन्त्री भुसाल

कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले देशबाहिर रहेका मतदान गर्न योग्य नेपालीले विदेशबाटै नेपालको मतदान प्रक्रियामा भाग लिन पाउने व्यवस्था मिलाउन लागिएको बताएका छन्। उनले अब आउने चुनावमा देशबाहिर रहेका नेपालीले सम्बन्धित मुलुकबाटै मतदान गर्न पाउने व्यवस्था मिलाउने गरी सरकारले काम गर्ने बताएका हुन्।

किसानको विश्वास गुमाउँदै सरकार

आफ्नै पार्टी नेतृत्वले गरेका गलत कामको आलोचना गर्ने घनश्याम भुसाल अहिले आफू कृषि मन्त्री हुँदा पनि रासायनिक मलको जोहो गर्न नसकेर आलोचित भएका छन्। मलको जोहो गर्न नसक्दा अन्ततः सरकारले किसानको जनविश्वास गुमाएको छ।

रोपाइँ गर्न कृषिमन्त्री उदयपुरमा

धान दिवसका अवसरमा कृषि तथा पशुपन्छीमन्त्री घनश्याम भुसाल उदयपुर आएका छन् । असार १५ मा मनाइने धान दिवसमा आयोजित रोपाइँ कार्यक्रममा सहभागी हुन मन्त्री भुसाल उदयपुर आएका हुन् ।

कृषिमन्त्रीको घोषणा र केही यथार्थ

मन्त्री भुसालले तीन महिना लगाएर सार्वजनिक गरेका पाँच नीतिगत आधारहरू कृषिका लागि नयाँ होइनन्। कृषि क्षेत्रमा केही गर्छु भनेर आएका मन्त्रीले ती कुरालाई मनन गरेर पुनर्जागृत गर्नुचाहिँँ नौलो हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्