४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मकवानपुरमा चितुवाको छालासहित दुईजना पक्राउ

मकवानपुर प्रहरीले चितुवाको छालासहित दुईजनालाई पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) काठमाडौं र मकवानपुर जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले आइतबार दिउँसो तीन बजे हैटौंडा उपमहानगरपालिका–२५ को दोभनचौरबाट समाएको हो ।

टोरेन्ट सधैँका लागि बन्द, संस्थापक पक्राउ

विश्वको सबैभन्दा ठूलो अनलाइन पाइरेसी साइटको रूपमा रहेको किकएस टोरेन्ट बन्द भएको छ । अमेरिकी सरकारले यो वेबसाइट बन्द गराउँदै वेबसाइटका संस्थापकलाई पक्राउ गरेको छ । किकएस टोरेन्टका संस्थापक युक्रेनी नागरिक आर्टेम भलिनलाई आपराधिक कार्यमा संलग्न भएको अभियोग लगाई पक्राउ गरिएको हो ।

राष्ट्रपतिलाई नियन्त्रणमा लिन खोज्ने सैनिकहरु पक्राउ

अंकारा— जुलाई १५ मा भएको सैनिक कुको प्रयासका क्रममा टर्कीका राष्ट्रपतिलाई उनी बसेको होटलबाट नियन्त्रणमा लिन खोज्ने सैनिक अधिकारीहरुलाई पक्राउ गरेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्। राष्ट्रपति रिसेफ तेययव एर्दोआन छुट्टी मनाइरहेको होटल नियन्त्रणमा लिन खोज्ने उनीहरुलाई उक्त होटल नजिक रहेको जंगलमा लुकिरहेको अवस्थामा नियन्त्रणमा लिइएको संचार माध्यमले जनाएका छन्।

नेपाल-भारत सीमा क्षेत्रबाट हतियारसहित चारजना पक्राउ

रौतहट–रौतहटमा सशस्त्र प्रहरीले हतियार सहित चारजनालाई पक्राउ गरेको छ। उनीहरुबाट दुई थान पेस्तोल वरामद भएको छ। रौतहट रामपुरखापका समेन्द्र पटेल, राकेश सिं, राकेश पटेल र कमलेश पटेलाई पक्राउ गरिएको हो।

ठगी गर्दै गरेको अवस्थामा कुमाल पक्राउ

काठमाडौँ-कागजको टुक्रालाई पैसा जस्तो बनाएर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। कागजको टुक्रालाई पैसा जस्तो बनाएर भारतीय रुपैयाँ छ साटेर ल्याउ भनी १० हजार रुपैयाँ ठगी गर्दै गरेको अवस्थामा रुपन्देही बुटवल एमलाल–७ घर भई हाल कलंकी बस्ने ३१ बर्षीय सोखे कुमाललाई प्रहरीले पक्राउ गरेको हो।

टर्की सरकारद्वारा पक्राउ गरिएका ७ सय ५८ जना रिहा

टर्की सरकारले जुलाई १५ मा भएको सैनिक ‘कू’ को प्रयासमा संलल्न भएको भन्दै पक्राउ गरेको ७ सय ५८ लाई रिहा गरेको सरकारी संचार माध्यमले जनाएको छ।

लागूऔषध ओसारपसार अभियोगमा रतन संघाई पक्राउ, पवन संघाई फरार

संघाई ग्रुपका अध्यक्ष पवन संघाईलाई प्रहरीले पक्राउ गरेको छ। लागूऔषध ओसारपसारको अभियोगमा संघाईलाइ पक्राउ गरेको लागूऔषध नियन्त्रण ब्युरोका एसएसपी गणेश केसीले जानकारी दिए। उनका अनुसार आजै पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्ने तयारी भइरहेको छ। संघाई एभरेष्ट इन्स्योरेन्सका अध्यक्षसमेत हुन्।संघाइ ग्रुपको गोदामबाट सयौँ किलो लागूऔषध बरामद

आक्रमण योजना बनाएको आरोपमा दुई पक्राउ

ब्रसेल्स–बेल्जियमको प्रहरीले आक्रमणमो योजना बनाएको आरोपमा दुई जनालाई पक्राउ गरेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्।

म्याद नाघेकाे औषधि खुवाउने चिकित्सक पक्राउ

गौशाला– महोत्तरीको श्रीपुर गाविसमा क्षयरोगका बिरामीलाई म्याद सकिएको औषधि खुवाउने एक चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा श्रीपुर स्वास्थ्य चौकी इन्चार्ज एवम् चिकित्सक जिल्लाकै सरपल्लो गाविस–२ बस्ने ५५ वर्षीय रामकिशोर साह रहेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए।

दुई लुटेरा पक्राउ

राजधानीको ठमेल आसपास क्षेत्रमा भएका विभिन्न लुटपाटमा संलग्न आरोपमा प्रहरीले २ जनालाई पक्राउ1 गरेको छ। लौनचौर प्रहरी प्रभागले लुटपाटको आरोपमा राज लामा र बलबहादुर तामाङलाई आज बिहान पक्राउ गरेको हो।

कन्सल्टेन्सी सञ्चालक पक्राउ

प्रहरीले बालाजुस्थित युरो फाउन्डेसन कन्सल्टेन्सीका सञ्चालक विनोद अधिकारीलाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाले कन्सल्टेन्सीको आवरणमा विदेश पठाउने र रोजगार दिने भन्दै ठगी गरेको आरोपमा अधिकारीलाई बुधबार पक्रेको हो।

अष्ट्रेलिया पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं– अष्ट्रेलियामा रोजगारीको लागि पठाइदिने भनी करिब ५ लाख रुपैयाँ ठगी गर्ने काठमाडौं बालाजु बस्ने एक युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोट काउली–१ घर भई काठमाडौंमा युरो फाउण्डेशन कन्सल्टेन्सीका संचालक २८ वर्षीय बिनोद अधिकारी रहेका छन्।

मादक पदार्थ सेवन गरी जेम्स स्कुलको बस हाक्ने चालक पक्राउ

काठमाडौं– एक निजी स्कुलका बालबालिका बोकेको बसका चालकले मादक पर्दाथले मातेर सडक दुर्घटना गराएका छन्। ललितपुरको धापाखेलस्थित जेम्स स्कुलका बालबालिकालाई मंगलबार नियमित घर छाड्ने क्रममा चालकको लापरवाहीले जावलाखेलमा दुर्घटना हुँदा मोटरसाइकल सवार दुई जना घाइते भएका छन्।

बालक अपहरण गरी पन्ध्र लाख फिरौती माग्ने पक्राउ

राजविराज– अाफ्नै भाइलाई अपहरण गर्ने दाइसहित तीन युवकलाई सप्तरी प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ। राजविराजस्थित जिल्ला प्रहरी कार्यालय सप्तरीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा सप्तरीको रौतहट गाविस– २ बस्ने गङ्गाई दासका आठवर्षीय छोरा सिकेन्द्रलाई अपहरण गर्ने सिकेन्द्रको ठूलो बुबाको छोरा (दाइ) १६ वर्षीय जितेन्द्रकुमार दास र १८ वर्षीय दिलीपकुमार दास तथा १५ वर्षीय अरविन्दकुमार दासलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।

पेट्रोल बम प्रहार गरेको अभियोगमा पक्राउ

सर्लाही-पेट्रोल बम प्रहार गरेको अभियोगमा महोत्तरी बर्दिबास नगरपालिका–३ बस्ने २१ वर्षीय राजन बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्