ब्रसेल्स–बेल्जियमको प्रहरीले आक्रमणमो योजना बनाएको आरोपमा दुई जनालाई पक्राउ गरेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्।
संचार माध्यमका अनुसार शुक्रबार आक्रमणको योजना बनाउँदै गरेको सूचनाका आएपछि मोन्स क्षेत्रका ७ घरमा छापा मारिएको थियो । सो क्रममा एक घरबाट उनीहरुलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा ३३ वर्षीय नौरोद्धइन एच र उनका भाई हम्जा एच रहेका छन् ।प्रहरीले उनीहरुको साथबाट कुनै हातहतियार नभेटिएको र उनीहरुका बारेमा थप अनसुन्धान भैरहेको जनाएको छ ।
गत मार्चमा बेल्जियमको ब्रसेल्स विमानस्थल तथा मेट्रो स्टेशनमा भएको इस्लामीक स्टेट आइएसआइले गरेको भनिएको छृट्टा छुट्टै बम हमलामा ३२ जनाको ज्यान गएको थियो भने कयौ मानिसहरु घाइते भएका थिए।
प्रकाशित: १५ श्रावण २०७३ १०:२१ शनिबार