४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कोकिनसहित दुई विदेशी महिला पक्राउ

लागुऔषध नियन्त्रण ब्युरोले कोकिन तस्करीमा संलग्न दुई विदेशी महिलालाई काठमाडौंबाट पक्रेको छ। लागुऔषध नियन्त्रण ब्युरो(एनसिबी) ले ३ केजी ५४.५ ग्राम अवैध लागुऔषध कोकिनसहित २ जना विदेशी महिलालाई बुधबार सार्वजनिक गरेको हो।

युवतीलाई जबर्जस्ती गर्ने साउदी नागरिक पक्राउ

युवतीलाई पैसा दिएर जबर्जस्ती गर्न खोज्ने एकजना विदेशी नागरिक मंगलबार मध्यरातमा ठमेलबाट पक्राउ परेका छन्। प्रहरीले एक साताअघि नेपाल आएर ठमेलको होटल टाइमामा बसेका साउदी अरबका नागरिक इब्राहिम हसन सिद्धिकीलाई पक्रेको हो। उनको पासपोर्ट नम्बर १७२१६८३ छ।

पक्राउ गर्नुअघि ‘अदालतबाट अनुमति'

कुनै पनि व्यक्तिलाई अनुसन्धानका लागि सुरुमै पक्राउ गरी हिरासतमा राख्न नपाउने व्यवस्था गर्न लागिएको छ। १ सय ६० वर्षे इतिहास बोकेको मुलुकी ऐन विस्थापित गरी निर्माण हुन लागेको फौजदारी तथा देवानी संहितामा आरोपित व्यक्तिलाई पक्राउ गर्नुपरे अदालतबाट अनुमति लिनुपर्ने वा पक्राउ गरेलगत्तै अदालतमा पेस गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

रेडपाण्डाको ९ थान छालासहित ४ जना पक्राउ

काठमाडौं– दुर्लभ वन्यजन्तु रेडपाण्डाको ९ थान छालासहित ४ जनालाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले बुधबार पक्राउ गरेको छ। बुढानिलकण्ठ नगरपालिका–१४ कपनस्थित जीवन गुरुङको कोठामा एक थानको ५ लाख ५० हजार रुपैयाँका दरले बिक्री गर्ने उद्देश्यले राखेको अवस्थामा उक्त छालासहित ४ पक्राउ परेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।

कोकिनसहित दुई विदेशी महिला पक्राउ

काठमाडौँ—नेपाल प्रहरीको लागुऔषध नियन्त्रण विभागले कोकिनसहित दुई विदेशी महिला पक्राउ गरेको छ। पक्राउ पर्नेमा थाई महिला ३२ वर्षीया वारानाय क्विपिकुल र बोलिभियाकी २९ वर्षीय रोशी ग्युडे टोलेडो आलेजोश रहेको डिआईजि जयबहादुर चन्दले बताए।

फेरि दुई नक्कली डाक्टर पक्राउ

प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सा पेसामा संलग्न थप दुई जनालाई नियन्त्रणमा लिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नक्कली चिकित्सकविरुद्ध सञ्चालन गरेको अप्रेसन क्वाकअन्तर्गत उनीहरू ललितपुर र काठमाडौंबाट पक्राउ परेका हुन्।

काभ्रेमा गुण्डागर्दी गर्ने लामा जाउलाखेलबाट पक्राउ

बनेपा—प्रहरीले काभ्रेपलाञ्चोकको भीमखोरी गाविस–२ निवासी २८ वर्षीय निमा लामालाई आज ललितपुरको जावलाखेलबाट पक्राउ गरेको छ।

स्पर्श अग्रवाल अपहरणमुक्त, अपहरणकारी पूर्वसांसद पुत्र पक्राउ

भारत, विहारको कटिहारबाट चार दिनअघि अपहरणमा परेकी ५ वर्षीया बालिका स्पर्श(छवि) अग्रवाललाई मोरङको पथरीबाट सोमबार विहान अपहरणमुक्त गराइएको छ। पूर्व क्षेत्र प्रहरी कार्यालय, विराटनगरको अनुसन्धान ब्यूरो र सुनसरी प्रहरीको संयुक्त अपरेशन टोलीले बालिका अग्रवाललाई पथरी–४ स्थित रिता साहको घरबाट अपहरण मुक्त गराइएको हो।

अष्ट्रेलिया क्रुजमा जागिर लगाउने भन्दै ठगी गरेर फरार गुरुङ पक्राउ

काठमाडौं-अष्ट्रेलिया क्रुजमा जागिर लगाइदिने भन्दै अनलाईन विज्ञापन गरी ठगी गर्ने फरार प्रतिवादी ललितपुर उपमहानगरपालिका–१४ नख्खीपोट बस्ने २८ वर्षीय राजन गुरुङ्गलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले ललितपुर नख्खीपोटबाट शुक्रबार पक्राउ गरेको हो।

अष्ट्रेलिया क्रुजमा जागिर लगाउने भन्दै ठगी गरेर फरार गुरुङ पक्राउ

काठमाडौं-अष्ट्रेलिया क्रुजमा जागिर लगाइदिने भन्दै अनलाईन विज्ञापन गरी ठगी गर्ने फरार प्रतिवादी ललितपुर उपमहानगरपालिका–१४ नख्खीपोट बस्ने २८ वर्षीय राजन गुरुङ्गलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले ललितपुर नख्खीपोटबाट शुक्रबार पक्राउ गरेको हो।

नबिल र हिमालयन बैंकको एटिमबाट पैसा झिक्ने पक्राउ

एटिम कार्ड चोरी गरी हिमालयन र नबिल बैंकबाट पैसा झिक्ने रोमानियाली नागरिक प्रेडा एयुरेलियनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले पक्राउ गरेको छ। अन्य व्यक्तिको पिन सहितको एटिम चोरी गरेर दरबारमार्ग, ठमेल, लाजिम्पाटबाट उनले पैसा निकाल्दै आएका थिए।

ड्रोन उडाउने दुई विदेशी नागरिक पक्राउ

महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी पिताम्बर अधिकारीले अनाधिकृत रुपमा ड्रोन उडाएका दुई विदेशी नागरिकलाई बुधबार नियन्त्रणमा लिएर नागरिक उड्डयन प्राधिकरणमा बुझाएको जानकारी दिए । उनका अनुसार अनाधिकृत ड्रोन उडाउनलाई प्रहरीले नियन्त्रणमा लिएपनि निर्देशिका अनुसार प्राधिकरणले कारवाही गर्दै आएको छ ।

पतिको लिङ काट्ने पत्नी पक्राउ

प्रहरीले आफ्नै पतिको लिङ काटेको आरोपमा एकजना महिलालाई पक्रेको छ । प्रहरीले पतिलाई हसियाँ प्रहार गरि घाईते बनाएको आरोपमा २६ बर्षीया सन्तमाया तामाङलाई पक्रेको हो । तामाङले अर्की पत्नीसँग मात्र सम्पर्क राखेको भन्दै पति कान्छामाया तामाङको लिङमा हसियाँ प्रहार गरेकी थिईन ।

चोरी गरेर भाग्दै गरेका दुई पक्राउ

काठमाडौँ- चोरी गरी भाग्दै गरेको दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जोरपाटी बस्ने सिन्धुपाल्चोक टिपेनी–४ घर भएका २१ बर्षीय टेन्सन लामा भन्ने छेसाङ थोकर र सिन्धुपाल्चोक थुङका–४ घर भएका २० बर्षीय सागर भन्ने लामा दोर्जे लामालाई प्रहरीले पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्