१५ वैशाख २०८१ शनिबार
image/svg+xml

कोरोना महामारीमा अनियमितता

संसद् भंग गरेर चुनाव घोषणा गरेको सरकारले कोरोना महामारीका बेला उचित भूमिका निर्वाह गर्न नसकेको र सार्वजनिक लेखा समितिले अनियमिततामा मुछिएको ठहर गरेका तत्कालीन स्वास्थ्यमन्त्री मन्त्री भानुभक्त ढकाललाई नयाँ जिम्मेवारी प्रदान गर्नुले उक्त अनियमिततामा प्रधानमन्त्रीस्तरकै मिलेमतो थियो कि भन्ने आशंका उत्पन्न भएको सरकारका उच्च अधिकारीहरूको टिप्पणी छ।

अमेरिकी बिहार : युनिभर्सल पिस सेन्टरका लागि मुठीदान अभियान

लुम्बिनीमा बन्न लागेको अमेरिकी गुम्बामास्थित सेन्चुरी फर युनिभर्सल पिस सेन्टरका लागि मुठी दान अभियान सुरु भएको छ। केन्द्र निर्माणकालागि मुठिदानअन्तर्गत विभिन्न क्षेत्रका उच्च ओहोदाका व्यक्तिहरूबाट एक रूपैयाँ दान कार्यक्रम अगाडि बढाइएको हो।

आर्थिक संकटसँगै फिल्म क्षेत्रबाट पलायन हुँदै प्राविधिक

विगत ४१ वर्षदेखि विभिन्न नेपाली फिल्मको कला तथा भेषभूषामा काम गरिसकेका उद्धवराज भट्टराई (जुडे) बैतडीको पाटनस्थित पुर्खौली थलो फर्किएर युवा पुस्तालाई सीप सिकाउन लागि परेका छन्।

जीवन्त छ योमरी

मंसिर शुक्ल पूर्णिमाको दिन बुधबार नेवार समुदायले घर घरमा योमरी पकाएर योमरी पुन्ही (पूर्णिमा) मनाए । संस्कृति महत्व बोकेको मिठो परिकार एक दिन मात्र हैन, वर्षभरीका चाडपर्व र संस्कृतिमा निकै महत्व रहेको संस्कृतविद ओम धौभडेलले बताए ।

कोरोनाले थलियो शैक्षिक गतिविधि

सन् २०२० सुरुवाती समयदेखिनै कोरोना भाइरसको महामारीको त्रासमै बित्यो । अझै पनि यो त्रास कहिले सकिने भन्ने अन्योल छ । यो भाइरसको अर्को नाम कोभिड–१९ पनि हो । कोरोना भाइरसको महामारीले शिक्षालगायत मानव जीवनको हरेक पक्षलाई उल्लेखनीय रूपमा बाधा पुर्‍यायो । भाइरसका कारण शैक्षिक प्रणाली ठप्प रह्यो । जसका कारण शैक्षिक संस्थानहरू आजसम्म पनि पूर्ण रूपमा सञ्चालन हुन सकेका छैनन् ।

कोरोनासँगै फेरिँदो सामाजिक व्यवहार

कोरोनासँगै महिनौं लकडाउनका कारण १० वर्षदेखि काठमाडौं बस्दै आएका म्याग्दीका सागर थापाले काठमाडौं छोडे ।

सम्झना २०२०: वैदेशिक रोजगारीमा अँध्यारो वर्ष

तनहुँ, खैरेनीटारका दिलबहादुर परियार ५ महिनादेखि समस्यामा छन् । कोरोना महामारीका कारण वैदेशिक रोजगारीबाट सात महिनामै घर फर्कन बाध्य उनी यतिखेर कर्जा तिर्न नसकेर समस्यामा परेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्