१२ मंसिर २०८१ बुधबार
image/svg+xml

लोकतन्त्रको वितरणमा प्रशासन

लेनिनले भनेका थिए— के के न हुन्छ भनेको त राज्य प्रक्रियाको साँचो कर्मचारीतन्त्रमा पो रहेछ । हाम्रा प्रधानमन्त्रीले राउटेका माग सम्बोधनका क्रममा भनेका थिए— मलाई तपाईंहरूलाई थुप्रै गर्ने मन थियो, तर कर्मचारीतन्त्रका कारण सकिनँ । भनाइहरूको साझा निष्कर्ष हो, प्रशासनले राजनैतिक चाहनाअनुरूप काम गर्न सकेन।

प्रधानमन्त्री देउवाको प्रश्न- ‘लोकतन्त्र रोज्ने कि अधिनायकवाद’

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको समृद्धि र विकास काँग्रेसले मात्रै गर्न सक्ने बताएका छन्।

लोकतन्त्र बलियो बनाउँदै कांग्रेस मास्ने होः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामगठबन्धनले लोकतन्त्र बलियो बनाउने तर नेपाली कांग्रेसको शासन मास्ने बताएका छन् ।

लोकतन्त्रका लागि अशुभ संकेत

प्रदेशसभा र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचनमा केही दिन सहिद भूमिका रूपमा परिचित ओखलढुंगाका केही गाउँ घुमेँ । ओखलढुंगामा दुई दर्जनभन्दा बढी सहिद भएका छन् । २०३१ मा ललितपुरको नख्खु जेल नजिक निर्दलीय निरंकुश सत्ताले हत्या गरेका चारजना होनहार सपुत लीला दाहाल, ठगीराज दाहाल, गोकर्ण कार्की र खगेन्द्र दाहालको जन्मभूमि रामपुर पनि पुगेँ ।

‘लोकतन्त्र सिध्याएर एकदलीय व्यवस्था ल्याउने वाम षड्यन्त्र’

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको रक्षा गर्न नेपाली कांग्रेसको जित अनिवार्य भएको बताएका छन् । वाम गठबन्धनका नाममा देशमा लोकतन्त्र सिध्याएर एकदलीय शासन व्यवस्था ल्याउने षड्यन्त्र भइरहेको बताउँदै कांग्रेस सभापति देउवाले यसपालिको निर्वाचनमा एकदलीय तानाशाही कम्युनिस्ट शासन कि जनतालाइ मालिक मान्ने लोकतान्त्रिक व्यवस्था कायम राख्ने भन्ने कुरामा सही निर्णय लिन मतदातालाई आग्रह गरे।

कांग्रेसले जितेमात्र लोकतन्त्र संस्थागत: नेता निधि

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनको साटो नेकपा एमाले, नेकपा माओवादी केन्द्रीसहितको बाम गठबन्धले मुलुकमा एकदलीय अधिनायकवादी स्थापना गरेर मुलुकलाई अस्थीरतातिर धकेल्न लागेको आरोप लगाएका छन्।

लोकतन्त्रलाई कम्युनिष्टले हरण गर्न सक्दैनन् : नेता श्रेष्ठ

नेपाली काँग्रेसका केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले कम्युनिष्टले लोकतन्त्र हरण गर्न नसक्ने भन्दै लोकतन्त्रवादी शक्ति आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्।  लोकतान्त्रिक गठबन्धनबाट गोरखा–१ प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका नेता श्रेष्ठले चुनावी घरदैलोका क्रममा गोरखा सदरमुकामको ठूलो आँगनमा भएको कार्यक्रममा भने, “लोकतन्त्रलाई कसैले पनि हरण गर्न सक्दैन। जनतालाई कसैले हराउन सक्दैन। जनतालाई हराउनु भनेको लोकतन्त्र समाप्त गर्नु हो। लोकतन्त्रलाई हराउनु भनेको जनतालाई समाप्त गर्नु हो।”

लोकतन्त्रका पक्षमा उभिन देउवा अपिल

नेपाली कांग्रेसले संविधानको कार्यान्वयनसहित उदार बहुदलीय राजनीतिक आर्थिक र सामाजिक प्रणालीका लागि मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा आफ्नो दललाई मतदान गर्न आह्वान गरेको छ।

मुलुकको अस्तित्व जोगाउन लोकतन्त्रवादीले जित्नुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले पासाङ ल्हमुलाई आफैँ सरकार प्रमुख हुँदा राष्ट्रिय विभूति घोषणा गरी शेर्पा समुदायको सम्मान गरेको बताएका छन् । आज बिहान सोलुखुम्बुको लुक्लामा आयोजित कांग्रेस कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालको ऐतिहासिक आदिवासी शेर्पा समुदायको नेपाली कांग्रेसले सधैँ कदर गर्ने बताए ।

जनता लोकतन्त्र बिरोधी छैनन, त्यस कारण साम्यवाद रोजाइमा पर्दैन: प्रधानमन्त्री

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो वाम गठबन्धन लोकतन्त्र विरोधी शक्ति भएको आरोप लगाएका छन्। उनले कम्युनिष्ट शासन स्थापना भएमा एकदलीय तानशाह जन्मने भन्दै त्यसो भएमा नेपाली जनताले डरत्रास पूर्ण दैनिकी बिताउन बाध्य हुनुपर्ने पनि बताए।

राजसंस्थासहितको लोकतन्त्र : थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्थासहितको लोकतान्त्रिक व्यवस्थाको पक्षमा आफूलाई उभ्याउँदै प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन घोषणापत्र, २०७४ सार्वजनिक गरेको छ । मंसिर १० र २१ गते दुई चरणमा प्रतिनिधि र प्रदेशसभा निर्वाचन तोकिएको छ।

लोकतन्त्र रक्षाका लागि उम्मेदवार भएको डन गणेश लामाको भनाइ

गुन्डा नाइके गणेश लामा नेपाली काँग्रेसको तर्फबाट काभ्रेमा उम्मेदवार बनेका छन्। काभ्रे- १ (ख) प्रदेश सभा सदस्यको लागि काँग्रेसको तर्फबाट उनी उम्मेदवार बनेका हुन्। बिहीबार निर्वाचन कार्यालयमा काँग्रेसका अरु नेताहरुसँगै आएर उनले उम्मेदवारी दर्ता गराए।

लोकतन्त्रको रक्षा गर्न काँग्रेसलाई बलियो बनाउनुपर्छ : गच्छदार

उपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले लोकतन्त्रको रक्षाका लागि नेपाली काँग्रेस बलियो हुनुपर्ने बताएका छन् ।

वाम तालमेल : लोकतन्त्रविरुद्ध षड्यन्त्र

देश र समाजको महत्वपूर्ण जिम्मेवारी लिएका र निर्णायक स्थानमा रहेका पाकाहरू प्रवेशिकाको तहमा हुँदा लेव निकोलाई टोल्सटोइको प्रसिद्ध कथा ‘थ्री क्वेसन्स्’सँग परिचित भएकै हुनुपर्छ । कथा बहुतै रमाइलो र चाखलाग्दो हुनाले सबैले सजिलै सम्झिने पनि हो । त्यस कथामा लेवले बडो छुने गरी वर्तमान समय नै सबभन्दा महत्वपूर्ण समय हुन्छ, किनभने हामीसँग केही गर्न सक्ने ताकत वर्तमान समयमै हुन्छ भनेका छन् ।

लोकतन्त्रको लय

संघीय संसद् र प्रदेशसभा निर्वाचनका लागि पहिलो चरणमा हिमाली र पहाडी ३२ जिल्लाको मनोनयन उल्लासपूर्वक आइतबार सम्पन्न भएको छ । दुई महान् पर्व दसैं र तिहार सम्पन्न भएको लगत्तै र अर्को महान् पर्व छठको तयारीमा रहेका बेला मुलुक भने निर्वाचनको अर्को उल्लासमा प्रवेश गरिसकेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्