४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सिजनको पदयात्रा पनि कमजोर

नेपाल भित्रिएका करिब ६० प्रतिशत पाहुना पदयात्रामा जाने गरेको अनुमान रहे पनि यो पटक भने पदयात्राका विदेशीको आगमन पनि उत्साहजनक रुपमा बढ्न नसकेको पदमार्ग क्षेत्रका व्यवसायीको भनाइ

क्याराभान–थिन्ले पदयात्रा नामकरण गराउन साइकल यात्रा

क्याराभान–थिन्ले पदयात्रा नामकरण गराउन डोल्पामा साइकलयात्रा निकालिएको छ। क्याराभान–थिन्ले पदयात्रा नाम राख्न दबाबस्वरुप १७ जना साइकल यात्रीको टोली डोल्पा आइपुगेको छ।

राइनास साहित्य पदयात्रा

बडादशैँको शुभमकामना आदानप्रदान गर्नका लागि राइनास साहित्य पदयात्रा २०७६ गरिएको छ। राइनास नगरपालिकाको सहयोगमा राइनास वाङ्मय प्रतिष्ठान र सौभाग्यदेव पूर्वविद्यार्थी समाज राइनासले नगरपालिकाका बासिन्दालाई दशैँको शुभकामना दिँदै पदयात्रा गरेको हो।

१०० औं हाइकिङ

सेवक अभियानले धरानमा हाइकिङ जागरण ल्याएको छ। लाहुरेहरूको सहर धरानलाई ‘हाइकर्सहरूको सहर’ उपमा दिन मिल्ने भएको छ। अचेल धरानेहरू हरेक शनिबार हाइकिङ गर्छन्। वरपरका डाँडापाखा घुमेर आआफ्ना घरमा फर्कन्छन्। सामाजिक कामको अगुवाइ गर्दै आएको ‘सेवक अभियान’ले उनीहरूमा हाइकिङ जागरण ल्याएको हो।

एकीकरण पदयात्रा मार्ग बनाइँदै

पदयात्रा मार्ग विकास गर्न यसका लागि रक्षामन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यसम्पादन सम्झौता पनि गरिसकेका छन्।

हेलिकोप्टर कुर्दाकुर्दै जान्छ ज्यान

हेलिकोप्टर उद्धारबाट मात्र ज्यान जोगिने दुर्गम भेगका बासिन्दा र पदयात्रीले वर्षाैंदेखि यो समस्या भोग्दै आएका छन्। आपत् परेको अवस्थामा उद्धारका लागि हेलिकोप्टर बोलाउने गरिए पनि अर्धनिषेधित क्षेत्र पर्ने भन्दै गृह मन्त्रालयको स्वीकृति लिनुपर्ने बाध्यताले बिरामीले ज्यान गुमाउने गरेका छन्।

हाई अल्टिच्युडले पदयात्रीको ज्यान गयो

हिमाली जिल्ला मुस्ताङको सारेबुङ हिमाल (६३४६ मि) आरोहण र त्यस भेगको पदयात्राका लागि गएको टोलीका एक सदस्य इटालियन पदयात्रीको हाई अल्टिच्युडका कारण ज्यान गएको छ। टोलीमा रहेका अरू दुईजना नेपाली गाइड पनि बिरामी परेका छन्।

हाइकिङले बलियो बनाएको मन(फोटो फिचरसहित)

निस्पट्ट अँध्यारोमा मोबाइलको मधुरो उज्यालो। चन्द्रागिरीको घना जंगल। विहानै देखि पानी परेर चिप्लो बाटो। त्यसमाथि एक जना मात्र हिँड्न मिल्ने गोरेटो। थानकोट गोदामदेखि चित्लाङ पुग्ने मोटरबाटो बनाउँदै गरेकाले फर्कंदा पनि पुरानै ठाडो ओरालो झर्नुपर्ने भयो।

कहिले हट्छ छुवाछूत ?

जातीय छुवाछूतको अवस्था, परिर्वतनका बाधक तत्व एवं समाधानका उपाय खोजी गर्ने उद्देश्यसाथ हामी महाकाली–मेची पदयात्रामा छौँ। यस क्रममा हामीले जातीय विभेदलाई मलजल गर्ने अनेक पत्र, पात्र र प्रवृत्ति देख्यौँ। जातीय भेदभावको मुद्दा अन्तिम बिन्दुमा पु¥याउन ७९ वर्षदेखि जारी संघर्षले आंशिक परिर्वतन त ल्याएको देखियो तर सँगैसँगै विभेदका नयाँ स्वरूप पनि जन्मिँदै गएको पायौँ।

गणेशमानको सम्झनामा काठमाडौंमा पदयात्रा

जनआन्दोलन दिवसको सम्झनामा वीर गणेशमान सिंह फाउन्डेसनले काठमाडौंमा पदयात्रा आयोजना गरेको छ। मंगलबार बिहान बसन्तपुर दमकलबाट सुरु भएको पदयात्रा न्युरोड, वीर अस्पताल, रत्नपार्क, पुरानो बसपार्क, भद्रकाली हुँदै पुनः बसन्तपुर पुगेको थियो। सो पदयात्रालाई ‘डेमोक्र्याटिक वाकाथन’ नाम दिइएको थियो।

गुराँसे हाइकिङ

झलमल्ल हिमाल। तलतल काठमाडौं उपत्यकाको पूरा छवि। चारैतिर हरिया डाँडा, एउटा होइन, दुइटा होइन, अनगिन्ती आपसमा खप्टिएझै देखिने। कति सुन्दर प्रकृति ! जता हे-यो उतै हरियाली। त्यसमाथि पनि गुराँसको लालीले वनै राताम्मे। नयाँ दुलहीले रातो सारी लगाएझैं देखिने पहाडहरू।

एबिसीसम्मको पदयात्रा जोखिमपूर्ण

विदेशी पर्यटकले अधिक रुचाएको अन्नपूर्ण आधारशिविर (एबिसी) सम्मको पदयात्रा निकै नै जोखिमपूर्ण बनेको छ। लामो समयदेखि अवरुद्ध पदयात्रा केही दिनअघि खुले पनि आधारशिविरसम्मको आउजाउ अझै सहज नरहेको व्यवसायीले बताएका छन्।

गोकर्णेश्वरको पदयात्रा अभियान

गोकर्णेश्वर नगरपालिका– ९ ले आन्तरिक तथा बाह्य पर्यटन प्रबर्धन गर्ने उदेश्यले शनिबार आरुबारीदेखि शिवपुरी बागद्वारसम्मको पदयात्रा कार्यक्रम सम्पन्न गरे। शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्जभित्र रहेको बागमतीनदीको उद्गम बागद्वारमा हरेक वर्ष वैशाख १ गते मेला लाग्ने गर्दछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्