४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

गोकर्णेश्वरको पदयात्रा अभियान

काठमाडौं – गोकर्णेश्वर नगरपालिका– ९ ले आन्तरिक तथा बाह्य पर्यटन प्रबर्धन गर्ने उदेश्यले शनिबार आरुबारीदेखि शिवपुरी बागद्वारसम्मको पदयात्रा कार्यक्रम सम्पन्न गरे। शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्जभित्र रहेको बागमतीनदीको उद्गम बागद्वारमा हरेक वर्ष वैशाख १ गते मेला लाग्ने गर्दछ।

उक्त क्षेत्रमा रहेको धार्मिक प्राकृतिक सम्पदाको संरक्षण तथा प्रवर्धनमा सहयोग पुगोस् भन्ने हेतुले सो पदयात्रा गरिएको हो। गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख शान्ती नेपालले शुभारम्भ गरेको यात्रामा ७० भन्दा बढी स्थानीयको सहभागिता थियो।

यात्रामा नगरपालिकाका प्रवक्ता एवम् वडा नं ८ का अध्यक्ष मनोजकुमार थापा र नगरप्रमुख सन्तोष चालिसे, नगरपालिकाका सल्लाहकार दीपक रिसाललगायतको उपस्थिपति थियो। प्रकृति तथा वातावरण संरक्षण गर्न, स्वस्थ रहन समेत पदयात्राले सहयोग पु-याउनुको साथै नगरपालिकाभित्र पर्यटकीय गन्तव्यको सम्भावना रहेकाले त्यसलाई उजागर गर्न पदयात्रा गरिएको गोकर्णेश्वर वडा नं ९ का अध्यक्ष राजिब थापाले बताए। पदयात्रा आरुबारीबाट जगडोलहुँदै तारेभिरबाट बागद्वार पुगेको थियो।

प्रकाशित: १० चैत्र २०७५ ०४:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App